22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मेयर सरावगीद्वारा महानगरका विभिन्न क्षेत्रको अनुगमन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरको विभिन्न क्षेत्रहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी समस्याहरुको बारेमा जानकारी लिएका छन् ।

मेयर सरावगीले आफ्नो नियमित कार्यक्रम अन्गर्त महानगरको विभिन्न क्षेत्रको अनुगमन तथा निरीक्षण गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । उनले आईतबार महानगरपालिकाको वडा नम्बर ९ मा अनुगमन गरेर विभिन्न समस्याहरुको बारेमा जानकारी लिएका हुन् ।

अनुगमनकाे क्रममा उनले नगरक्षेत्रमा जथाभावी फोहोर फालिएको पाईएको र त्यसलाई व्यावस्थापन गर्न समेत निर्देशन दिए । उनले वडा नम्बर ९ को ढलनाला खाली स्थानमा थुपारिएको फोहोर व्यावस्थापनका लागि सम्बन्धित निकायलाई सचेत समेत गराए ।

ढलनालामा जथाभावी फोहोरहरु फाल्ने गर्दा नाला जाम हुने र बर्षातमा पानी जमेर महानगरपालिका डुबानमा पर्ने गरेकोले त्यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताए ।

त्यस्तै महानगर प्रमुख सरावगीले आजै वडा नम्बर १८ भवानपुरमा रहेको विद्यालय र स्वास्थ्य चौकीमा पनि अनुगमन निरीक्षण गरे । अनुगमनका क्रममा उनले विद्यालयहरु समयमा खुल्छ कि खुल्दैन, पठनपाठन नियमित भएको छ कि छैन ? स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाहरु सहज ढंगबाट भएको छ कि छैन भन्नेबारेमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.154 sec. Memory consumption:81.46 mb