Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

बारामा कारभित्र प्रहरीकाे शव फेला

spot_img
spot_img

बारा । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव फेला परेकाे छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव फेला परेको हाे ।

बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । बारा प्रहरीका अनुसार फेला परेको शव प्रहरीकै रहेको खुलेको छ । फेला परेको उक्त शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए ।

उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज विहान मृत भेटिएका हुन ।’

हत्या गरिएको अनुमान रहेतापनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए ।

उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौं । सम्बन्धित सबैसंग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...