Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा कारभित्र प्रहरीकाे शव फेला

spot_img
spot_img

बारा । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव फेला परेकाे छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव फेला परेको हाे ।

बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । बारा प्रहरीका अनुसार फेला परेको शव प्रहरीकै रहेको खुलेको छ । फेला परेको उक्त शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए ।

उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज विहान मृत भेटिएका हुन ।’

हत्या गरिएको अनुमान रहेतापनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए ।

उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौं । सम्बन्धित सबैसंग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...