24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

सुन्द्र कुर्मीद्वारा जसपा परित्याग गरि नेकपा ओली समुह प्रबेश

बीरगन्ज । जनता समाजवादी पार्टीका नेता सुन्दर प्रसाद कुर्मी पार्टी परित्याग गरी नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

स्थानिय तहकाे निर्वाचन हुनु अघि तत्कालिन नेकपा एमाले परित्याग गरी तत्कालिन संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका कुर्मी अहिले आएर फेरि नेकपा प्रवेश गरेका छन् ।  

नेकपा ओली समुहले सोमबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरेको जिल्ला भेलामा नेता कुर्मीले नेकपा प्रवेश गरेका हुन् । यस अघि साेमबार विहान कुर्मीले आफ्नाे फेसबुकमा एक स्टेटस लेख्दै जसपा परित्याग गरेकाे घाेषणा गरेका थिए ।

भेलाका प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले नेता कुर्मीलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टीले संगठन निर्माण र निर्वाचनमा गरेको योगदानलाई उचित मुल्यांकन नगरेको भन्दै कुर्मीले जसपा परित्याग गरेको बताएका छन् ।

स्थानीय निर्वाचनभन्दा केहि दिन अगाडी तत्कालिन एमालेसँग असन्तुष्टि जनाउँदै उनले तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल प्रवेश गरेका थिए । त्यसबेला पार्टीको जिल्ला उपाध्यक्षको जिम्मेवारी पाएका कुर्मीलाई राजपासँगको पार्टी एकीकरण पछि कुनै पद दिइएको थिएन ।

आफुले स्थानीय र संसदीय निर्वाचनमा सङ्घीय समाजवादी फोरमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेपनि पार्टी सो योगदानको मुल्याकंन नगरेको कुर्मीले बताए ।

बारा जिल्लाका नेता बलबिर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लिला श्रेष्ठ, पार्टीका नेता रघुवीर महासेठ, केन्द्रीय सदस्य राजकुमार गुप्ता, सुमन प्याखुरेल, पर्सा अध्यक्ष प्रभु हजरा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.086 sec. Memory consumption:82.49 mb