22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज प्रिमियर लिग २०७६ मंसिर १४ देखी हुने

criket pratiyogita_kalikatimes

वीरगंज । वीरगंजमा टि २० बि.पि.एल. २०७६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । युनाईटेड क्रिकेट क्लब वीरगंजले आयोजना गर्न लागेको प्रतियोगिता बारे आज वीरगंजमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

नारायणी रंगशाला वीरगंजमा मंसिर १४ देखी २१ गते सम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

२० लाखको लागतमा आयोजना गर्न लागिएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रफुल सागर प्रधानले वताए । उनले प्रतियोगिताका विजेतालाई रु २ लाख ५० हजार, उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान गरिने जानकारी गराए ।

प्रतियोगिता मोफसलामा खेली रहेका खेलाडीहरुको लागि सुनौलो अवसर रहेको क्रिकेट एशोसियन प्रदेश २ का सदस्य मृत्युजा हवारीले वताए । मोफसलमा मात्र खेलाडीको खेल सिमित रहेका कारण यस प्रतियोगितामा सहभागि हुन सकिने उनले जानकारी गराए ।

वीरगंज स्थित रहेको नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको पत्रकार सम्मेलमा घनश्याम बाबु गुप्ता, हासिम अन्सारी, शतिश सिंह राजपुत, अजमत अली लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:215. Generation time:3.531 sec. Memory consumption:81.5 mb