30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रारम्भिक कक्षा पढाई कार्यक्रमले प्रारम्भिक कक्षाकाे पढाइसिपमा परिवर्तन

पर्सा, १३ पुस ।

पर्सामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ई.जि.आर.पी) ले प्रारम्भिक पढाइसिपमा परिवर्तन ल्याएको छ । कार्यक्रमले कक्षा १, २ र ३ का वालवालिकाहरुको अक्षर चिन्ने, गति, यति र लय मिलाएर शब्द, वाक्य तथा परिच्छेद पढने, पढेको कुरा बुझ्ने लगायतको पढाइसिपमा परिवर्तन ल्याएको कार्यक्रका समुदाय परिचालन अधिकृत मित्रदेव यादवले वताए ।

पहिला प्रारम्भिक कक्षामा अध्ययनरत पढाइसिप सम्बन्धी आधारभुत उपलब्धि अत्यन्तैं न्यून रहेको र कार्यक्रम संचालन भए पछि अहिले आएर सुधार हुदै गएको अधिकृत यादवले वताए । यसका साथै अभिभावकहरु विद्यालयमा गएर आफ्ना वालवालिकाहरुको पढाई अवस्थाको बारेमा बुझन थालेको उनले वताए ।

यस्तै घरमा अभिभावकहरुले पढाई कुनाको व्यवस्था समेत गरेका कारण पढाइसिपमा सुधार आएको पटेर्वा सुगौलीका अभिभावक पुष्पा चौधरीले वताइन । कार्यक्रमले कक्षा १ देखी ३ सम्मका पाठ्य सामग्रीहरु पढ्न र बुझन सक्ने विद्यार्थीहरुको संख्यामा वृधि समेत भएको यादवले दाबी गरे ।

यू.एस.ए.आई.डी. को सहयोमा र नेपाल सरकार मार्फत सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साले पर्साको सबै विद्यालयहरुमा प्रारम्भिक कक्षा पढाई कार्यक्र संचालनमा रहेको छ । ६ महिना देखी संचालनमा रहेको कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका बावालिकाका अभिभावकहरुलाई दौतरी शिक्षा तालिम दिइएको छ ।

यस्तै कार्यक्रम संचालनमा रहेको १ सय १५ विद्यालयहरुलाई रु २ लाखका दरले विद्यालय व्यवस्थापन अनुदान समेत आउने कार्यक्रम व्यवस्थापक अनुरोध साहले वताए । त्यस मध्ये ४८ विद्यालयहरुमा पहिलो किस्ता रु १ लाख ४० हजारका दरले रु ६७ लाख २० हजार आइसकेको साहले जानकारी गराए ।

कक्षा १ देखी ३ भित्रै पढाइसिप हाँसिल गरिसकेका विद्यार्थीहरुको माध्यमिक तहमा उर्तिण हुने सम्भावना ४ गुणाले बढने र पढाइमा राम्रो नतिजा ल्याउने सम्भावना बढेर जाने साहको भनाई थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:2.373 sec. Memory consumption:81.48 mb