30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

महिला माथी हुने सबै खाले हिंसाको विरुद्धमा महिला अधिकारकर्मीहरु

mahila hinsa-kalikatimes
वीरगंजको घण्टाघरमा भएको महिला हिंसा विरुद्धको कार्यक्रम । तस्वीर : जाकीर हुसेन

वीरगंज, २१ मंसिर ।
रिकभरिङ्ग ओमैन प्रदेश नं. २ को आयोजनामा शुक्रबार वीरगंजमा प्ले कार्ड सहितको प्रदर्शन गरिएको छ । महिला माथी हुने सबै खाले हिंसाको विरुद्धमा महिला अधिकारकर्मीहरुले विभिन्न नारा लेखिएको प्ले कार्ड सहितको वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन ।

वालविवाह रौकौं, महिला एब्रस रोकौं, पुरुषहरुबाट हुने बलात्कार रौकौं, महिला हिंसा विरुद्ध हामी पनि छौं लगायतको नारा लेखिएको प्ले कार्ड सहित अधिकारकर्मीहरु घण्टाघरमा कार्यक्रम गरेका हुन ।

सविता लामाको संयोजकत्वमा भएको कार्यक्रममा महिला हिंसा तथा लैङ्गिक हिंसा माथी कोपिला चौलागाई साहले प्रकाश पारेका थिइन भने कार्यक्रमको सहजिकरण संतोष थापाले गरेका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.663 sec. Memory consumption:81.49 mb