26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छैटौं पर्सवा गोल्डकपकाे फाईनलमा सेढवा विजयी

वीरगंज, १८ कार्तिक ।

पर्साकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको छैटौं पर्सवा गोल्डकपको उपाधी साबिक बिजेता सेढवाले जितेको छ ।उसले फाइनलमा युनाइटेड बिरगंजलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो।

निकै रोमाञ्चक फाइनल खेलमा सेढवाले पहिलो गोल गरेर अग्रता कायम गरेपछि युनाइटेड दबाबमा परेको थियो । उसले लगातार खेललाई बराबरीमा ल्याउन प्रयास गरेको भएपनि सफल भने हुन सकेन । दबाबकै बीच जारी खेलमा सेढवाले अर्को गोल गरेपछि युनाइटेड थप दबाबमा पर्यो, र उसले एक गोल फर्काउन सफल भएपछि खेल २=१ को स्थितिमा चलिरहदा सेढवाले थप एक गोल गर्दै खेललाई ३=१ को स्थितिमा टुङ्ग्याे। यस संगै सेढवाले उपाधी यात्रामा दोस्रो पटक आफ्नो नाम लेख्न सफल भएको छ ।

याे जित संगै सेढवाले लगातार दोस्रो उपाधी चुमेको हो।सेढवाले नगद रु २ लाख र ट्रफी साथै युनाइटेड बिरगंजले नगद रु १ लाख र ट्रफी हात पारेको छ । बिजेता र उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महत्तो थारुले नगद र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमको समापन समारोहमा मावि विजयबस्तिका बिद्यार्थीहरुले समेत प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:217. Generation time:3.983 sec. Memory consumption:81.54 mb