26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लैंगिक हिंसा तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धी कार्यक्रम सम्पन्न

वीरगंज, १६ कात्तिक ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई लैंगिक हिंसा तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धी एक दिने क्षमता विकास तालिम शुक्रबार पर्सागढी नगरपालिकामा सम्पन्न भएको छ । तालिममा शुन्य सहनशिलता कार्यक्रमको संक्षिप्त जानकारी, विद्यालयमा हुन सक्ने हिंसाका प्रकार र न्युनिकरणका उपाय, घटना व्यवस्थापनका चरण र सिद्धान्तहरु, विद्यालयको कार्य योजना, नयाँ गुनासो सुनुवाई कार्यविधि २०७४, लैंगिक मैत्री संरचना, विद्यालयको आचार संहिता, बालबालिका सम्बन्धी ऐन कानुन आदि विषयमा प्रशिक्षण दिइएको थियो ।

सामाजिक संस्था जिल्ला समन्वय समितिद्वारा पर्सा जिल्लाको ५० विद्यालयमा संचालित सम्भव शुन्य सहनशिलता कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको कार्यक्रम संयोज रामनारायण साहले वताए । सामाजिक संस्थाको आयोजनामा भएको तालिममा १७ विद्यालयका ३४ जनाको सहभागीता उनले वताए ।

जनता मा.वि. पकडिया बढनिहारमा भएको तालिममा रेस्टलेस डेभलपमेन्टबाट अर्जुन भटराई, विकास थापा र जिल्ला कानुनी सहायता समिति पर्साबाट अधिवक्ता प्रेम कुमार साहले प्रशिक्षण दिएका थिए । यस अघि आयोजक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा र पर्सागढी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत चेत प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उदघाटन सत्रमा उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रवेस साह लगायतकाको सहभागिता रहेको थियो ।

उदघाटन सत्र मै पर्सागढी नपामा अनुमोदन गर्नका लागि अध्यक्ष इब्राहिम देवानले प्रमुख प्रशासकिय अधिकृतलाई गुनासो सुनुवाई कार्य विधि २०७४ हस्तान्तरण गर्नु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:3.426 sec. Memory consumption:81.79 mb