Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026
Home Blog Page 961

कर्मचारीहरुकाे आधिकारिक ट्रेड यूनियन पर्साद्वारा १७ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन

0

वीरगंज । निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन पर्साले बिहिबार १७ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

ट्रेड यूनियन पर्साका अध्यक्ष सुबदार प्रसाद यादवकाे नेतृत्वमा पर्सामा कार्यरत निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

निजामती कर्मचारीहरुले निजामती सेवा ऐन २०४९ को दफा ५३ मा भएको  सामाजिक संवाद र सामूहिक सौदावाजी गर्न पाउने गरी राष्ट्रियस्तरको ट्रेड युनियन सहितको आधिकारिक ट्रेड युनियनको व्यवस्था  यथावत कायम गरी ट्रेड युनियनहरुको संघ, प्रदेश र स्थानीय तह वीच अन्तर सम्बन्ध कायम हुने व्यबस्था गर्नुपर्ने, संविधानको धारा २३२ अनुसार सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा राज्यका तीनै तहबीच सहकार्य हुने गरी प्रदेश र स्थानीय तहमा खटाईने प्रमुख सचिव, प्रदेश सचिव, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख संघीय निजामती सेवाबाट खटाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

यस्तै आन्तरिक/खुला प्रतियोगितात्मक लिखित परीक्षाको सम्वन्धमा निजामती सेवा ऐन, २०४९ को दफा ६(क) बमोजिमको पदपूर्ति हुने व्यवस्था प्रस्तावित विधेयकमा देहाय बमोजिम सुनिश्चित गर्न ट्रेड यूनियनले माग गरेकाे छ ।

यसका साथै कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीको हकमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भए पश्चात निश्चित अवधिपछि संघ/प्रदेशमा सरुवा हुने कानुनी आधारको स्पष्ट व्यवस्था हुनुपर्ने,  निजामती कर्मचारीको परिभाषामा संघीय निजामती सेवामा कार्यरत निजामती कर्मचारी र संघीय कानून बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती सेवाका कर्मचारीहरुलाई बुझाउने छ  भन्ने उल्लेख गर्नुपर्ने, निजामती सेवाको पदमा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको खुला तथा आन्तरिक पदमा प्रतिष्पर्धा गर्दा उमेरको हद नलाग्ने एवं पदोन्ती भए पश्चात सो भन्दा अगाडिको सेवा अवधि जोडिने वर्तमान व्यवस्थालाई यथावत कायम गर्नुपर्ने, कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित, चक्रिय, पूर्वानुमानयोग्य र वैज्ञानिक बनाउनु पर्ने,  संघ, प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणीगत र तहगत प्रणालीमा एकरुपता ल्याउन कुनै एक प्रणाली लागू गर्नुपर्ने लगायतकाे माग गरेका छन् ।

निजामती कर्मचारीहरुसँग सम्वन्धित विषयमा आधिकारिक ट्रेड युनियनसँग छलफल तथा परामर्श हुनुपर्नेमा सो नगरी संविधानको धारा ३४ को उपधारा (३), श्रम ऐन, २०७४ को दफा १८० को उपदफा १ (ख) र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धीको विरुद्ध तथा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीकाे असहमति  एवं समितिका सदस्यहरुकाे फरक मतका बाबजुद संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट मिति २०७७ असार १५ गते संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्वन्धमा व्यबस्था गर्न बनेको विधेयक वहुमतको नाममा गणपुरक संख्या नै नरहेको अवस्थामा जबरजस्त रुपमा पारित गरेको विषयप्रति निजामति कर्मचारीहरुकाे आधिकारिक ट्रेड युनियन खेद प्रकट गरेकाे छ ।

ज्ञापन मार्फत ट्रेड यूनियनले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनमा उल्लेखित अलोकतान्त्रिक प्रावधानका विषयमा विभिन्न श्रेणी र तहमा कार्यरत निजामती कर्मचारीहरुको विभिन्न दबाब समूहबाट तमाम गुनासाहरु उठान भएका छन र ती बिषयहरु जायज रहेको कुरा आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनहरुको निष्कर्ष रहेको छ। ऐन कानून अनुसार राज्यका नीति तथा कार्यक्रम कार्यान्वयनमा इमान्दारितापूर्वक कार्यक्षेत्रमा खटिने आम कर्मचारीहरुलाई उत्प्रेरित र उच्च मनोवलयुक्त बनाउन निजामती सेवा ऐन, २०४९ (संशोधन २०६४) मा भएको ट्रेड युनियन अधिकार, सेवा शर्तको सुरक्षा, पदपूर्ति र वृत्ति विकास लगायतका व्यवस्थाहरुमा समयानुकुल बढोत्तरी गर्नुपर्नेमा प्राप्त अधिकार र सेवा सुविधाहरुसमेत कटौती गर्ने खालका प्रतिगामी प्रावधानहरु कदापि स्वीकार्य नहुने जनाएकाे छ ।

कर्मचारीहरुकाे आधिकारिक ट्रेड यूनियनले छिटो छरितो नागरिक सेवा प्रवाह  र कर्मचारीहरुको हकहितको प्रत्याभूति सहितको संघीय निजामती सेवा ऐन निर्माण गर्न राष्ट्रियस्तरका ट्रेड युनियनहरुसँग परामर्श गरी आधिकारिक ट्रेड युनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक पेश गरेका मागहरु सम्बोधन गर्नुको सट्टा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विभिन्न विभेदकारी र अन्यायपूर्ण प्रावधानहरु सहितको विधेयक पारित गरिएकोले विधेयकमा उल्लेखित त्यस्ता प्रावधानहरु खारेज गरी मागसहितकाे संघीय निजामती सेवा ऐन यथाशिघ्र जारी गर्ने व्यवस्था गर्न माग गरेकाे छ।

आधिकारिक ट्रेड यूनियनले मागहरु सम्वोधन नगरी ऐन जारी गरिएमा थप आन्दोलन गर्न बाध्य हुने अवगत समेत गराएकाे छ।

ज्ञापन पत्र बुझाउन नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, कर्मचारीहरुकाे आधिकारीक ट्रेड यूनियन पर्साका सचिव निरज चाैरसिया, कर्मचारी संगठनका जिल्ला सचिव सुनिल कुमार राैनियार, सखुवा प्रसाैनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, बिन्दवासिनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियार लगायतका पुगेका थिए ।

बारामा चट्याङ लागेर ४ महिलाकाे मृत्यु, ७ घाइते (अपडेट)

0

वीरगंज । बारामा बिहीबार बिहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

धान रोपाइ गर्न खेतमा गएकाे बेला चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका-१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बिहिबार विहान नै चट्याङ लागेर बाराकै फेंटा गाउँपालिका-१ त्रिवेणीकी ३० वर्षीय सेन्दु देवी महताे र ४० वर्षीय सुनरपती देवी महताेकाे मृत्यु भएको इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

उनका अनुसार चट्याङ लागेर फेंटा गाउँपालिका-१ कै बच्वा देवी, राजपती देवी, श्रीकान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी घाइते भएका छन् । घाइते बच्वाकाे अवस्था गम्भिर रहेकाे छ ।

खेत रोपाइँ गर्ने क्रममा चट्याङ लगेका महिलाहरुकाे घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतकहरुकाे मुचुल्का उठाउने कार्य भइरहेकाे र त्यसपछि शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइने फेटा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

फेटाका मृतकहरुलाई तत्कालकाे लागि  रु ५० हजारकाे दरले दिइने गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले वताए ।

बाराकाे फेटामा चट्यांग लागेर २ महिलाकाे मृत्यु, ५ घाइते

0

वीरगंज । बाराकाे फेटा गाउँपालिकामा चट्यांग लागेर २ महिलाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।

धान राेप्न गएका बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीकाे २ महिलाकाे मृत्यु भएकाे र ५ जना घाइते भएकाे इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

मृत्यु हुनेमा ३० बर्षिय सेन्दु देवी र ४० बर्षिय सुरपती देवी रहेकाे प्रहरी निरिक्षक यादवले जनाए ।

घटना स्थल प्रहरी निरिक्षक यादव कै नेतृत्वकाे प्रहरी टाेली पुगेकाे छ । घटना बारे थप विवरण संकलनकाे काम भइरहेकाे उनले जानकारी गराए ।

लायसन्स क्लबद्वारा रानिघाटमा वृक्षाराेपण

0

वीरगंज । लायन्स बर्षको उपलक्ष्यमा वीरगंज रानिघाट बस पार्कमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।

लायन्स क्लब आफ बिरगंज “परिवार” काे आयाेजना भएकाे कार्यक्रममा एक सय बिरुवा राेपिएकाे क्लबले जनाएकाे छ ।

क्लबका अध्यक्ष श्याम गुप्ताको अध्यक्षता भएकाे वृक्षाराेपण कार्यक्रममा चीफ बिनय वनसल, डिस्ट्रिक चिफ बासु तिमिल्सिना, चन्द्रशेखर पटेल, रिजनल चेयर प्रसन रिकेश साह, प्रकाश श्रिवास्तव, अशाेक बर्णवाल, सन्दिप गुप्ता, रबि सरार्फ लगायतकाे सहभागिता रहेकाे थियाे ।

स्राेत नखुलेकाे नेपाली रुपैयासहित युवक पक्राउ

0

वीरगंज । श्राेत नखुलेकाे नेपाली रुपैयासहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरबाट खटिएकाे प्रहरी टाेलीले जगरनापुर गाउँपालिकाकाे वडा नं. २ दसाैताबाट स्राेत नखुलेकाे रु २ लाखसहित एक युवकलाई पक्राउ परेका हाे।

भारतबाट ना २ प ९४३१ नम्बरकाे मोटरसाइकमा नेपालतर्फ आउँदै गरेको धोबिनी गाउँपालिका वडा नं. १ पिपरा बस्ने बर्ष २० को जय प्रकाश पटेललाई पक्राउ गरिएकाे सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरका प्रहरी निरिक्षक किशमान तमाङ्गले वताए ।

स्राेत नखुलेकाे रु ५० काे नाेट ४ हजार वटासहित निजलाई नियन्त्रणमा लिएकाे उनले जानकारी गराए ।

सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमा निःशुल्क हेर्न पाइने

0

सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमार्फत् रिलिज हुने भएको छ। डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

मुकेश चाबराको डेब्यु निर्देशनमा बनेको ‘दिल बेचारा’ जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’को रिमेक हो।

‘माया, आशा र असंख्य सम्झनाहरूको कथा। सुशान्तसिंह राजपुतको सम्झना सधैं रहनेछ। दिल बेचारा यही जुलाई २४ देखि सबैका लागि सार्वजनिक हुनेछ,’ डिज्ने प्लस हटस्टारले ट्विट गरेको छ।

‘दिल बेचारा’ मा सुशान्तसँगै मुख्य भूमिकामा सन्जना सांगी पनि छन्। सुशान्तको निधनले आफूलाई चोट पुर्‍याएको बताउँदै उनले यो फिल्मलाई ‘हेर्न बाँकी रहेको एउटा उपहार’ भनेकी छन्।

डिज्ने प्लस हटस्टारको ट्विट सेयर गर्दै सन्जनाले यो फिल्म सबैले निःशुल्क हेर्न पाउने बताएकी छन्।

‘सुशान्त र उनको सिनेमाको मायाका लागि, यो फिल्म सबै डिज्ने प्लस हटस्टारका सबस्क्राइबरहरू र नहुनेहरू सबैले हेर्न पाउनेछन्,’ उनले लेखेकी छन्।

निर्देशक मुकेशले पनि एक विज्ञप्तिमा सुशान्त आफ्नो फिल्मको नायक मात्र नभएर आफ्नो साथी पनि भएको बताएका छन्।’

अभिनेता सुशान्तसिंहले गत जेठ ३२ गते मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। ३४ वर्षीय सुशान्त केही समययता डिप्रेसनमा थिए।

नागरिकता विधेयककाे बिरुद्धमा प्रदर्शन जारी

0

वीरगंज । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले मंगलबार वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जको स्वीमिङ पुलबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले सरकारले फेरि पनि मधेशी समुदामाथि अन्याय लाद्न नागरिकता विधेयक ल्याएको आरोप लगाए । कोणसभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर एवं जसपा नेता विजय कुमार सरावगीले केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।

यस्तै विरोधसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधेयकले बुहारीमाथि अन्याय गर्ने बताए ।

संविधान सभा सदस्य एवं जसपा नेतृ करिमा बेगमले महिला तथा मधेसिका साथ सरकारले फेरि विभेद गर्ने गरि कानुन बनाउन लागेको प्रति आपत्ति जनाइन् ।

विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप छ ।

विरोध प्रदर्शनमा पार्टीका नेता शशीकपुर मियाँ, सिपू तिवारी, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, रम्भा मिश्र, बैजुलाल श्वर्णकार, संताेष तिवारी, लियाकत अली, उमेशलाल सहनी, लक्ष्मीकांत तिवारी, फिरोज मन्सुर लगायतको सहभागिता थियो ।

राेटरी क्लबद्वारा नारायणी काेराेना अस्पतालाई स्वास्थ्य सामग्री सहयाेग

0

वीरगंज । राेटरी क्लबले वीरगंजस्थित नारायणी अस्पताललाई पिपिई सेटसहितकाे स्वास्थ्य सुरक्षा सामग्री साेमबार सहयाेग गरेकाे छ ।

राेटरी क्लब वीरगंज र राेटरी क्लब अफ मेट्राेपाेलिस वीरगंजले संयुक्त रुपमा स्वास्थ्कर्मीहरुकाे लागि स्वास्थ्य सुरक्षा समाग्री सहयाेग गरेकाे नारायणी बिशेष काेराेना अस्पताल गण्डकका संयाेजक डा. उद्यनारायण सिंहले वताए ।

क्लबले पिपिइ सेट २० पिस, गगल २० पिस, गल्भस २० पिस, मास्क २० पिस र फेस लिड २० पिस सहयाे गरेकाे डा. सिंहले जानकारी गराए ।

अस्पताल मै पुगी राेटरी क्लब वीरगंजका अध्यक्ष डा. आनन्द कुमार झा, राेटरी क्लब अफ मेट्राेपाेलिसका सचिव अनिल जयसवाल, नन्दन चाैरसिया लगायतकाकाले संयाेजक डा. सिंहले सामग्री हस्तान्तरण गरेका थिए ।

काेराेना संक्रमितकाे उपचारकाे लागि आइसाेलेसमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुकाे लागि स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गरिएकाे राेटरी क्लब वीरगंजका अध्यक्ष डा. झाले वताए ।

बहुदरमाई नगरपालिकाकाे पांचाै नगर सभा सम्पन्न

0

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे पांचाै नगर सभा सम्पन्न भएकाे छ ।  नगर सभाबाट पारित आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम र बजेट साेमबार प्रस्तुत गरिएकाे छ ।

नगर प्रमुख नितेन्द्र साहकाे अध्यक्षतामा भएकाे सभामा उप प्रमुख गायत्री देवीले ४९ कराेड ९४ लाख २१ हजार दुई सय १० बराबरकाे नगरपालिकाकाे बजेट प्रस्तुत गरिन ।

उनले संघिय सरकारकाे सर्शत अनुदान १८ कराेड ८४ लाख, प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान ८० लाख, समाजिक सुरक्षा भत्ता वितरण ७ कराेड ६१ लाख ३० हजार, एलजिसिडिपी रु ५ लाख, सडक बाेर्डकाे सर्शत अनुदान ३२ लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम १४ लाख ८० हजार, प्रदेश सरकारबाट प्राप्त बिशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट प्राप्त सम्पूरक काेष २० लाख, दैविक प्रकाेप एंव विपद व्यवस्थापन एक कराेड २५ लाख ६० हजार, भाैतिक पूर्वधार विकास ९ कराेड ५३ लाख ८४ हजार ७ सय १०, आर्थिक बिकास एक कराेड ३० लाख २५ हजार ५ सय, समाजिक विकास ३ कराेड ३६ लाख ५० हजार ५ सय, प्रशासनिक खर्च ५ कराेड २० लाख ९० हजार ५ सय, सम्पुरक काेष एक कराेड गरी जम्मा ४९ कराेड ९४ लाख २१ हजार दुई सय १० बराबरकाे बजेट प्रस्तु गरिन ।

सभामा नगर प्रमुख साहले अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्र प्रस्तुत गर्दै  सबै वडा भित्रका पक्कि मोटरेवल बाटो तथा नाला निर्माणमा उच्च प्राथमिक्ता दिईने, एक घर एक धारा भन्ने नाराको साथ खानेपानी ब्यवस्थाको लागि उच्च प्राथमिक्ता दिईने,  नगरपालिका भित्रका स्वास्थ्य संस्था नभएको वडाहरुमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य संस्था निर्माण गरिने जनाए ।

उनले सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउदै स्वास्थ्य विमा कार्यक्रमलाई आकर्षित गराउदै विमा कार्यक्रमका लागि सम्बद्ध संस्थाहरुसंग सहकार्य गर्दै नागरिक स्वास्थ्य जोखिम बहनका लागि स्वास्थ्य विकास प्रर्वधन गर्ने नीति अवलम्बन गरिने वताए ।

यसका साथै उज्यालो नगरपालिका भन्ने नारालाई सार्थक बनाउन सौर्यबती ब्यवस्थापन सम्बन्धि योजना डिपिआर बमोजिम सौयबती जडान गर्दै लगिने, गुणस्तरीय शिक्षामा नागरिकहरुको सरल र सहज पहूंचका लागि शिक्षा सिकाईमा प्रविधिको प्रयोगमा जोड दिईने, विधार्थीहरुको सिकाई र उपलब्धी प्रति शिक्षकहरुलाई पुर्ण जिम्मेवारी बनाई दण्ड र पुरस्कारको ब्यवस्था गरिने समेत प्रमुख साहले जानकारी गराए ।

नगर कार्यपालिकाकाे कार्यालय बहुअरी पिडरीमा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पाैडेल, सबै वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र नगर सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन लेखापाल हरि राउत कुर्मीले गरेका थिए ।

नागरिकता विधेयककाे बिराेधमा वीरगंजमा धर्ना

0

वीरगंज । नागरिकता विधेयककाे बिराेधमा साेमबार वीरगंजमा नागरिक समाजले धर्ना दिएकाे छ ।

वीरगंजकाे घण्टाघरमा नागरिक समाजले धर्ना दिदै सरकारद्वारा जारी नागरिकता विधेयक खारेजकाे माग गरेका छन् ।

धर्ना कार्यक्रममा सहभागिहरुले कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक जारी गरेकाेले फिर्ता गर्नु पर्ने माग गरेका हुन् । सरकारले विधेयक फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी उनीहरुकाे छ ।

कम्युनिष्ट सरकारले राष्ट्रवादकाे नाममा विभेदकारी नागरिकता विधेयक जारी गरी सदियाे देखीकाे भारत र नेपाल बिचकाे सम्बन्ध बिग्रान खाेजेकाे धर्नामा सहभागिहरुकाे आराेप छ ।

धर्ना कार्यक्रममा सहभागिता जनाउदै सांसद देखी विभिन्न पार्टीका नेताहरु पनि नागरिकता विधेयककाे बिराेध गरेका छन् ।

बिराेधकाे कार्यक्रममा नागरिक अभियान पर्सा, नेपाल कुशवाहा कल्याण समिति, वीरगंज राैनियार समाज, नेपाल ब्राहमण समाज, गाेपाल सेवा समिति पर्सा, मदर्सा अर्गनाइजेशन अफ नेपाल पर्सा, कवाड व्यवसायी संघ पर्सा लगायतका संघ/संस्थाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय सांसद प्रदिप यादव, नेपाली कांग्रेसका प्रदेश सांसद राजेशवर प्रसाद साह, ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव श्याम पटेल, नेता अनिल रुङ्गटा, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, ससिकपुर मियाँ, सिपु तिवारी, रामनरेश यादव, तबरेज अहमद, सुन्दरकुर्मी, ओमप्रकाश सरार्फ, मुकेश द्विवेदी, नागरिक समाजका डा. दिपक साक्य, प्रमाेद सरार्फ लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे ।