Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बारामा चट्याङ लागेर ४ महिलाकाे मृत्यु, ७ घाइते (अपडेट)

spot_img
spot_img

वीरगंज । बारामा बिहीबार बिहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

धान रोपाइ गर्न खेतमा गएकाे बेला चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका-१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बिहिबार विहान नै चट्याङ लागेर बाराकै फेंटा गाउँपालिका-१ त्रिवेणीकी ३० वर्षीय सेन्दु देवी महताे र ४० वर्षीय सुनरपती देवी महताेकाे मृत्यु भएको इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

उनका अनुसार चट्याङ लागेर फेंटा गाउँपालिका-१ कै बच्वा देवी, राजपती देवी, श्रीकान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी घाइते भएका छन् । घाइते बच्वाकाे अवस्था गम्भिर रहेकाे छ ।

खेत रोपाइँ गर्ने क्रममा चट्याङ लगेका महिलाहरुकाे घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतकहरुकाे मुचुल्का उठाउने कार्य भइरहेकाे र त्यसपछि शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइने फेटा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

फेटाका मृतकहरुलाई तत्कालकाे लागि  रु ५० हजारकाे दरले दिइने गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट पक्राउ गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप ४ दिन हिरासत

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...