Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमा निःशुल्क हेर्न पाइने

spot_img
spot_img

सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमार्फत् रिलिज हुने भएको छ। डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

मुकेश चाबराको डेब्यु निर्देशनमा बनेको ‘दिल बेचारा’ जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’को रिमेक हो।

‘माया, आशा र असंख्य सम्झनाहरूको कथा। सुशान्तसिंह राजपुतको सम्झना सधैं रहनेछ। दिल बेचारा यही जुलाई २४ देखि सबैका लागि सार्वजनिक हुनेछ,’ डिज्ने प्लस हटस्टारले ट्विट गरेको छ।

‘दिल बेचारा’ मा सुशान्तसँगै मुख्य भूमिकामा सन्जना सांगी पनि छन्। सुशान्तको निधनले आफूलाई चोट पुर्‍याएको बताउँदै उनले यो फिल्मलाई ‘हेर्न बाँकी रहेको एउटा उपहार’ भनेकी छन्।

डिज्ने प्लस हटस्टारको ट्विट सेयर गर्दै सन्जनाले यो फिल्म सबैले निःशुल्क हेर्न पाउने बताएकी छन्।

‘सुशान्त र उनको सिनेमाको मायाका लागि, यो फिल्म सबै डिज्ने प्लस हटस्टारका सबस्क्राइबरहरू र नहुनेहरू सबैले हेर्न पाउनेछन्,’ उनले लेखेकी छन्।

निर्देशक मुकेशले पनि एक विज्ञप्तिमा सुशान्त आफ्नो फिल्मको नायक मात्र नभएर आफ्नो साथी पनि भएको बताएका छन्।’

अभिनेता सुशान्तसिंहले गत जेठ ३२ गते मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। ३४ वर्षीय सुशान्त केही समययता डिप्रेसनमा थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...