Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नगरपालिकाकाे पांचाै नगर सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे पांचाै नगर सभा सम्पन्न भएकाे छ ।  नगर सभाबाट पारित आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम र बजेट साेमबार प्रस्तुत गरिएकाे छ ।

नगर प्रमुख नितेन्द्र साहकाे अध्यक्षतामा भएकाे सभामा उप प्रमुख गायत्री देवीले ४९ कराेड ९४ लाख २१ हजार दुई सय १० बराबरकाे नगरपालिकाकाे बजेट प्रस्तुत गरिन ।

उनले संघिय सरकारकाे सर्शत अनुदान १८ कराेड ८४ लाख, प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान ८० लाख, समाजिक सुरक्षा भत्ता वितरण ७ कराेड ६१ लाख ३० हजार, एलजिसिडिपी रु ५ लाख, सडक बाेर्डकाे सर्शत अनुदान ३२ लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम १४ लाख ८० हजार, प्रदेश सरकारबाट प्राप्त बिशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट प्राप्त सम्पूरक काेष २० लाख, दैविक प्रकाेप एंव विपद व्यवस्थापन एक कराेड २५ लाख ६० हजार, भाैतिक पूर्वधार विकास ९ कराेड ५३ लाख ८४ हजार ७ सय १०, आर्थिक बिकास एक कराेड ३० लाख २५ हजार ५ सय, समाजिक विकास ३ कराेड ३६ लाख ५० हजार ५ सय, प्रशासनिक खर्च ५ कराेड २० लाख ९० हजार ५ सय, सम्पुरक काेष एक कराेड गरी जम्मा ४९ कराेड ९४ लाख २१ हजार दुई सय १० बराबरकाे बजेट प्रस्तु गरिन ।

सभामा नगर प्रमुख साहले अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्र प्रस्तुत गर्दै  सबै वडा भित्रका पक्कि मोटरेवल बाटो तथा नाला निर्माणमा उच्च प्राथमिक्ता दिईने, एक घर एक धारा भन्ने नाराको साथ खानेपानी ब्यवस्थाको लागि उच्च प्राथमिक्ता दिईने,  नगरपालिका भित्रका स्वास्थ्य संस्था नभएको वडाहरुमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य संस्था निर्माण गरिने जनाए ।

उनले सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउदै स्वास्थ्य विमा कार्यक्रमलाई आकर्षित गराउदै विमा कार्यक्रमका लागि सम्बद्ध संस्थाहरुसंग सहकार्य गर्दै नागरिक स्वास्थ्य जोखिम बहनका लागि स्वास्थ्य विकास प्रर्वधन गर्ने नीति अवलम्बन गरिने वताए ।

यसका साथै उज्यालो नगरपालिका भन्ने नारालाई सार्थक बनाउन सौर्यबती ब्यवस्थापन सम्बन्धि योजना डिपिआर बमोजिम सौयबती जडान गर्दै लगिने, गुणस्तरीय शिक्षामा नागरिकहरुको सरल र सहज पहूंचका लागि शिक्षा सिकाईमा प्रविधिको प्रयोगमा जोड दिईने, विधार्थीहरुको सिकाई र उपलब्धी प्रति शिक्षकहरुलाई पुर्ण जिम्मेवारी बनाई दण्ड र पुरस्कारको ब्यवस्था गरिने समेत प्रमुख साहले जानकारी गराए ।

नगर कार्यपालिकाकाे कार्यालय बहुअरी पिडरीमा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पाैडेल, सबै वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र नगर सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन लेखापाल हरि राउत कुर्मीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...