Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नागरिकता विधेयककाे बिराेधमा वीरगंजमा धर्ना

spot_img
spot_img

वीरगंज । नागरिकता विधेयककाे बिराेधमा साेमबार वीरगंजमा नागरिक समाजले धर्ना दिएकाे छ ।

वीरगंजकाे घण्टाघरमा नागरिक समाजले धर्ना दिदै सरकारद्वारा जारी नागरिकता विधेयक खारेजकाे माग गरेका छन् ।

धर्ना कार्यक्रममा सहभागिहरुले कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक जारी गरेकाेले फिर्ता गर्नु पर्ने माग गरेका हुन् । सरकारले विधेयक फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी उनीहरुकाे छ ।

कम्युनिष्ट सरकारले राष्ट्रवादकाे नाममा विभेदकारी नागरिकता विधेयक जारी गरी सदियाे देखीकाे भारत र नेपाल बिचकाे सम्बन्ध बिग्रान खाेजेकाे धर्नामा सहभागिहरुकाे आराेप छ ।

धर्ना कार्यक्रममा सहभागिता जनाउदै सांसद देखी विभिन्न पार्टीका नेताहरु पनि नागरिकता विधेयककाे बिराेध गरेका छन् ।

बिराेधकाे कार्यक्रममा नागरिक अभियान पर्सा, नेपाल कुशवाहा कल्याण समिति, वीरगंज राैनियार समाज, नेपाल ब्राहमण समाज, गाेपाल सेवा समिति पर्सा, मदर्सा अर्गनाइजेशन अफ नेपाल पर्सा, कवाड व्यवसायी संघ पर्सा लगायतका संघ/संस्थाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय सांसद प्रदिप यादव, नेपाली कांग्रेसका प्रदेश सांसद राजेशवर प्रसाद साह, ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव श्याम पटेल, नेता अनिल रुङ्गटा, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, ससिकपुर मियाँ, सिपु तिवारी, रामनरेश यादव, तबरेज अहमद, सुन्दरकुर्मी, ओमप्रकाश सरार्फ, मुकेश द्विवेदी, नागरिक समाजका डा. दिपक साक्य, प्रमाेद सरार्फ लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...