Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

नागरिकता विधेयककाे बिरुद्धमा प्रदर्शन जारी

spot_img
spot_img

वीरगंज । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले मंगलबार वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जको स्वीमिङ पुलबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले सरकारले फेरि पनि मधेशी समुदामाथि अन्याय लाद्न नागरिकता विधेयक ल्याएको आरोप लगाए । कोणसभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर एवं जसपा नेता विजय कुमार सरावगीले केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।

यस्तै विरोधसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधेयकले बुहारीमाथि अन्याय गर्ने बताए ।

संविधान सभा सदस्य एवं जसपा नेतृ करिमा बेगमले महिला तथा मधेसिका साथ सरकारले फेरि विभेद गर्ने गरि कानुन बनाउन लागेको प्रति आपत्ति जनाइन् ।

विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप छ ।

विरोध प्रदर्शनमा पार्टीका नेता शशीकपुर मियाँ, सिपू तिवारी, प्रेमबाबु पटेल, मुकेश द्विवेदी, रम्भा मिश्र, बैजुलाल श्वर्णकार, संताेष तिवारी, लियाकत अली, उमेशलाल सहनी, लक्ष्मीकांत तिवारी, फिरोज मन्सुर लगायतको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...