Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 385

ममता र मानवताकाे महापर्व छठ पुजा

  • राजिव कुमार पटेल /

लाेक आस्थाकाे महान पर्व छठ पूजा भावना हो, यो एउटा माध्यम हो । आफसी मतभेद भुलाएर पुरै परिवारलाई एक जूट गर्ने । हरेक साल दिपावलीको छैटौ दिन अस्ताउँदै सूर्यको अगाडि नतमस्तक भइन्छ अनि अघिलाे दिन युग्दै गरेको सुर्यलाई अर्घ दिने गरिन्छ ।

छठ माताको हुन् ? यसको बारेमा अलग अलग धारणाहरु छन् । पुरानमा नौं रात्रमा पुजने माँ कतियागीलाई नै छठ माता भनिने गरिन्छ । अनि सनातन धर्ममा उनलाई भगवान विष्णुको मानस पुत्री मानिएको छ, यो पुजा कहिले सुरु भएको थियो ठीकठाक भन सकिन्दैन तर यस्तो उलेख भेटिन्छ कि महाभारत कालमा द्रोपती छठ माताको पूजा गर्ने गर्थिन् । सुर्य पुत्र कर्ण पनि छठ पुजा गर्ने गर्थें ।

यस्तो पढ्नमा आउँन्छ की कर्ण सूर्य कै पुत्र थिए । सूर्यको उपासना र पिताको उपासना कर्णकाे लागि एउटै अर्थ थियो । हामी पनि सुर्यलाई पिता नै मान्ने गर्छाैं । त्यसैले हाम्रो भित्रपनि एउटा कर्ण स्वास लिदै छ । म र तपाइँ पनी एउटा कर्ण कै छाया हौ । छठ पूजामा जब हामी सुर्यलाई आफ्नो प्रणाम नी बेतित गर्छौ तब त्यो आदर एउटा भक्त एउटा भगवानलाई मात्र दिराखेको छन, एउटा सन्तान आफ्नो पितालाई पनि दिराखेको छ । त्यसैले छठ पूजा मात्र एउटा उत्सव हैन हजारौं वर्ष पुरानो एउटा सम्बन्धकाे मनध घोसणा हो ।

यो संसार जानोस कि हामी सूर्यको जस्तो तपन पनि जान्छौ र सूर्यको जस्तो चम्कन पनि । जब बेलुका आमाको साथ टाउकोमा फलले सिंगारिएका दौरा लिएर जाँदै गर्दा येस्तो लाग्छ । छठ माता मूर्तिमा होइन आमाको अनुहारमा आएर बस्नु भएको छ । तपाई त्यो अनुभव गर्न सक्नु हुन्छ । यदि अनुभव गर्न सक्नु हुन्छ भने थाह हुन्छं छठ हो के ? यदि वास्तविक छठ देख्नु छ भने ४ दिनको लागि आउनु होस मधेश । जब छठ पूजा मनाइन्छ तपाईंलाई छठ के हो थाहुन्छ । जब बिहान ५ बजे आमा नदीमा उभेर सूर्य भगवानलाई अर्घ दिदै हुन्छिन् अनि उनको आँखा उनको छोराछोरीको पर्खाइमा घुम्दै बस्छ कि छोराछोरी आएर सुपली समाती हाल्छन ।

आमाको आँखामा आफ्नो सन्तान प्रतिको त्यो मर्म बुझ्न सक्नुहुन्छ । छठकाे ४ दिन के हुन्छ यो उहाँलाई बताउनु जरूरी छैन । जो आफ्नो जरसंग जुधनु भएको छ तर उनलाई जान्न जरुरी छ जसको जर टुटी सकेको छ । एक चोटि सोचौँ त अगाडि बढ्नुको अन्धो दौडमा हामी कति पछाडि गइसकेका छौ । आफ्नो सचलाई झूटो मान्छौ र अरुको झुटोलाई सच । मोडर्न हुनुको मतलब मुर्ख हुनु कतै पनि हैन् । विश्वास मनानुस आफ्नो संस्कृतिसँग, आफ्नो ग्रहन्थसंग, आफ्नो पूर्वजसँग अलग भयौं भनें हामीमा र एउटा किलामा बाँधिएको जनावरमा केही अन्तर हुँदैन ।

छठको परम्परा हो के अनि किन म भन्दैछु कि संसारमा येस्तो परम्परा छैन । सायद हजुर हरुको सुतेको जरा जागी हालोस । छठको पहिलाे दिनलाई भनिन्छ ‘नहाएखाए’ पुरै घरलाई सरसफाइ गरिन्छ अनी घरको सबै मान्छेलाई सुट्युक खाना दिइन्छ । छठको दाेस्राे दिनलाई ‘रसियाव भनिन्छ’ त्यो दिन प्रसाद बनाइन्छ ( रोटी, खिर, दुधपुवा) अनि तेस्राे दिन छठ हुन्छ ।

आमाको हातले बनाएको त्यो मधुरो आचमा ठेकुवा, बजारको कुनै पनी मिठाईसँग तुल्ना गर्न मिल्दैन, ठेकुवा हाम्रो लागी प्रसाद होईन, त्यो हाम्राे लागि अमृत समान हुन्छ । जहाँ पूरा संसार उग्दै गरेको सूर्यलाई मात्र पूजा गर्छन् त्यो संसारमा एउटा येस्तो समाज पनि छ जो छठमा अस्ताउँदै गरेको सुर्यलाई पनि पूजा गर्छन् ।

हाम्रो लागि पश्चिममा अस्तउँदै सूर्य त्यतिनै सरधा हुन्छ जति पूर्वमा उदय हुँदै गरेको सूर्य । किनकी सूर्य भगवान हुन् अनी दिसा बदली हाल्दा हाम्राे भगवान प्रतिको भाव बदलिहालदैन । आमा बेलुका आस्ताउँदै गरेको सूर्यलाई पूजा गर्दै बताउनु हुन्छ जीवनमा अस्ताउन नियती हो । अनि बिहान उदाउँदै गरेकाे सूर्यलाई अर्घ दिदै बताउनु हुन्छ जो डुब्छ त्यो उग्छ जरूर ।

त्यो छठको घाटमा आमाले गाएकाे त्यो छठको गित, दुनिया भरीको गित संगीत फिका परी हाल्छन जब आमाहरु आफनो सन्तानको लामाे उमेरको कामना गर्दै एकै सवरमा गाँउदै भन्छिन् “कि काचही बासके बहाङ्गिया बहाङ्गी लचकत जाए” । बिना कुनै ब्याकग्राउन्ड म्युजिककाे सबै भन्दा लाेकप्रिय गित हुने गर्छ, त्यो जतिको करुन, संवेदनशिल यति मनको छूने त्यति भावनासँग जुडेको गीत सायद नै कुनै होला हाम्रो लागि ।

छठ पूजाको लागि सानाे बच्चा देखि लिएर घरको बूढो मान्छे सबैमा त्यति नैं हर्स र उलास हुन्छ किनकि यो हाम्रो लागि पर्व होइन हाम्राे भावना हो, हाम्रो कानकानमा दौरिन्छ छठ । छठको घाटमा न कुनै आफ्नो हुन्छ न कुनै पराएँ, न कुनै जातपात न कुनै छुवाछुत, न कुनै उचनिच सबै मान्छे बेदि/छठी मातको मुर्ति माथि गएर प्रसाद चढाउने गर्छन्, प्रसाद माग्ने गर्छन् ।

छठ घाटमा सामजिक विभाजनको कुनै दृश्य देखिदैन । सबैको एउटै पहिचान हुन्छ, सबै छठ माताको सन्तान हुन्छन् । त्यो दिन यस्तो हुन्छ ना कुनै सानो ना कुनै ठुलो ना कुनै अमीर ना कुनै गरिब देखान्छन् । टाढा टाढासम्म मात्र एउटै कुरा देखिन्छ मानव र उनको मानवता । जति निस्पक्ष, भावुक र प्रेमसँग भरियको सम्ररस् जति छठको अन्तिम दिन हुन्छौ । त्यस्तै सालको ३६५ दिन रह्याे भने हामी मानिसलाई मानव बन् सँग कोही रोक्न सक्दैन ।

त्यसैले कुर्सीमा बसेको सबै त्यो मानुभवहरुसंग आग्रह छ कि यदि तपाई बिदा दिन सक्नु हुन्छ भने दीहल्नु आफ्नो अरब कमाउने चकरमा कसैको पर्व न छोडाउनुस् किनकी यो छठ मनाउने मान्छेहरुको लागि एउटा पर्व मात्र होइन उसको अनि पहिचान हो । सबैलाई छठ पूजाको हार्दिक मंगलमय शुभकामना मुस्कराउनुस् तपाई आफ्नो परिवार, आफ्नो मान्छेसंग हुनुहुन्छ । 

छठ ब्रतालुहरुलाई साडी र छ्ठ सामग्री वितरण

वीरगंज । हिन्दू धर्मावलम्बीहरुको महान पर्व छठको अवसरमा जरूरतमंदलाई वीरगंज १३ मुर्लीका नेता रुस्तम शेखले छठ सामग्री वितरण गरेका छन् ।

प्रत्येक बर्ष झै यस बर्ष पनि असहाय, विपन, एकल महिला लगायतका जरूरतमंदलाई युवा नेता शेखले साडी र आटा वितरण गरेका हुन् ।

नेता शेखले वीरगंज महानगरपालिका वडा नम्बर १३ का ५५ जना असहाय, विपिन, एकल महिला लगायत जरूरतमंदलाई साडी र आटा वितरण गरेकाे जानकारी दिए । उनले पर्वमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेकाे बताए ।

धाेरे मेला यस बर्ष पनि लाग्ने, कुस्ती प्रतियाेगिता पनि हुने

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर १ धोरेमा यस बर्ष पनि भब्य रुपमा मेला लाग्ने भएको छ ।

बिगत १० दशक भन्दा अगाडी देखी छठको भोली पल्ट लाग्दै आएको मेला यस बर्ष पनि भब्य रुपमा लाग्ने पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताका स्वकिय सचिव बिनोद मेहताले जानकारी दिए ।

उनका अनुसार धोरे मेला हुने कुस्ती (लडाई) प्रसिद्ध छ । मेलामा कुश्तीका लागी नेपाल र भारतका ६ वटा टिमलाई निमान्त्रण दिईएको छ ।

मेलामा नेपालका हरि थापाको टिम, नेपाल पुलिस टिम, भारतको राजधानी दिल्लीका टिम, हरियाणा, बनारस र गोरखपुरको टिम र बारा, पर्सा, रौतहट तथा नवलपरासीका स्थानिय पहलवानहरु पनि मेलामा आउने आयोजकले जनाएको छ ।

मेलाको लागी आज राघव मेहताको अध्यक्षतामा ७ सदस्यीय मेला समिती पनि चयन गरिएको गाउँपालिका अध्यक्ष सुरेश मेहताले बताए ।

प्रत्येक बर्ष झै यस बर्ष पनि हजाराैंकाे संख्यामा मेलामा दर्शक आउने बिश्वास रहेकाे उनले वताए । मेलामा बारा, पर्सा र रौतहट लगायत भारत बिहारको पुर्बी चम्पारण तथा पश्चिमी चम्पारणका दर्शकहरु आउने गरेका छन् ।

रविराजको छठ गीत दर्शकहरु रुचाउँदै (भिडियाेसहित)

वीरगंज । लोकप्रिय लोक गायक रविराज शाहको छठको दुई गीत सार्वजनिक भएको छ ।

मधेशी समुदायको महान पर्व छठको पूर्वसन्ध्यामा गायक शाहले छठको दुईवटा मन छुने गीत सार्वजनिक गरेका हुन् । ‘कवना घाटे’ र ‘हे छठी मैयाँ’ नामक दुई गीत शाहको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।

दुबै गीतमा संगीत पनि शाह आफैले भरेका छन् । दुई गीतमध्ये कवना घाटे गीत उमालाल यादवले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सदाम हुसेन, अनिता यादव लगायतको अभिनय छ ।

यस्तै, हे छठी मइया गीत नरेन्द्र साहले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सरोज शाह, अनिता यादव, जयन्ती यादव, सरीता यादव लगायतको अभिनय रहेको छ । दुबैमा भिडियो निर्देशन भने सदाम हुसेन अन्सारीले गरेका छन् ।

नेपाल टेलिकम प्रायोजक रहेको यी दुबै गीतको मधेशमा चौतर्फी प्रशंसा भइरहेको छ, चारैतिर सुनिदैँछ । यसमा पनि श्रोताले खासगरी कवना घाटे गीतलाई सर्वाधिक मन पराइरहेका छन् । त्यस गीतमा छठको महत्त्व र विधि-विधानलाई सरल शब्दमा बखान गरिएको छ ।

बजारमा जथाभावी उत्पादन हुने झुर गीतहरूका कारण लोकास्थाका पर्वहरूको महत्त्व ओझेलमा परिरहँदा यो गीतले भने पौराणिकता र मौलिकता महसुस गराउँछ । यसले नयाँ पुस्तालाई छठ पर्वप्रति अझ अपनत्व आभाष गराउने, आस्थवान अनि जानकार बनाउने प्रतिक्रिया श्रोताहरूको छ ।

विश्व चर्चित गायक उदितनारायण झाको झल्को दिने रविराजको मिठा स्वरका गीतले श्रोताहरूलाई त्यसै पनि कायल बनाउने गरेको छ । यो गीत सुनेपछि श्रोताहरूले टेलिकम कम्पनीहरूलाई यसलाई रिङब्याक टोनमा राख्न अनुरोध पनि गरेका छन् ।

नेपाली नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले नक्कली नोटसहित वीरगंजबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका ३ निवासी २५ वर्षीय उमेश कुमार रहेका छन् ।

प्रहरीले दुबै जनालाई कार्तिक २४ गते नै पक्राउ गरेपनि एक सत्ता पछि मात्र मंसिर १ गते सार्वजनिक गरेकाे हाे ।

नक्कली नोट प्रयोग गरेर किनमेल गरिरहेको अवस्थामा एक हजारकाे नक्कली नाेटसहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । उनीहरूको साथबाट ३८ वटा एक हजार दरको गरी कूल ३८ हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंज ८ स्थित सिटी मार्केटमा नक्कली नाेटबाट कपडा खरिद गर्न खोजीरहेको दुबै जनालाई पक्राउ गरिएकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले वताए ।

ऋषिलाल र उमेशले गत कार्तिक २४ गते शुक्रवारका दिन साँझ ८ बजेको समयमा सिटी मार्केटस्थित एक पसलबाट नक्कली नोट प्रयोग गरेर कपडा खरिद गर्न खोजेको डिएसपी थापाले बताए । सोही क्रममा पसलेले नक्कली नोट पहिचान गरी प्रहरीलाई खबर गरेका थिए । 

नक्कली नोटको विषयमा खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले ऋषिलाल र उमेशलाई कानुनी रीत पुर्‍याई खानतलासी गर्दा उनीहरूको साथबाट एक हजार दरको ३८ थान गरी ३८ हजार रुपैयाँको नक्कली नोट बरामद भएको डिएसपी थापाले जानकारी दिए । ऋषिलाल र उमेश हाल प्रहरी नियन्त्रणमा छन् र उनीहरूविरुद्ध खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाको भनाई छ ।

घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा

वीरगंज । छठ पूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजकाे घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ।

छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरि छठघाटकाे तयारी पुरा भएकाे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियो ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८, सरसफाइमा ६० हजार रुपैया खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए ।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार, छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ ।

यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

गत वर्षकाे छठमा छठघाट सजावट र ब्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएकाे र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचतपनि भएकाे समितिका काेषाध्यक्ष तिलक साह कानुले जानकारी गराए ।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु हिरा साह, प्रेम साह कानु, मदन प्रसाद कलवर, वीरगंज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साह कानु, घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु, सल्लाहकार गौरीशंकर गुप्ता लगायतको पनि सहभागीता थियो ।

मंसिर ५ गते पाेखरियामा हुने एमाले आम सभाकाे तयारी पुरा

आनन्द पटेल/

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकामा यही मंसिर ५ गते मंगलबारका दिन हुन गइरहेकाे नेकपा एमालेको बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रम तयारी पुरा भएकाे छ ।

एमाले पर्साले शुक्रबार वीरगंज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे तयारी पुरा भएकाे जनाएकाे हाे ।  

कार्यक्रममा करिब २५ हजारकाे उपस्थिती रहने र ५ हजारले पार्टी प्रवेश गर्ने पार्टीका पोलिट बूरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज अच्युत मैनालीले वताए । पत्रकार सम्मेलनमा वाेल्दै मैनालीले कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय तहका नेताहरु पार्टी प्रबेश गर्ने वताए ।

पूर्व प्रतिनिधि सभा सदस्य एवम् जसपाका नेता हरिनारायण रौनियार लगायतकाले पार्टी प्रबेश गर्ने निश्चित भइसकेकाे पोलीटब्युराे सदस्य सुमन प्याकुरेलले वताए ।

आम सभालाई पार्टीका अध्यक्ष ओलीसहित का शिर्ष नेताहरु सम्बोधन गर्ने जिल्ला संयोजक डा. विशम्बर शर्माले जानकारी दिए । सो आम सभा मिसन २०८४ को तयारी समेत रहेको उनले वताए ।

जिल्ला संयोजक डा. शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिक्षाने, युवा नेता अकलेश साह लगायतको उपस्थिति रहेको थियो । 

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनकाे सहजिकरण प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

छठ पर्वको उपलक्ष्यमा घडीअर्वामा ५७ जनाद्वारा रक्तदान

वीरगंज । छठ पर्वको उपलक्ष्यमा वीरगंजस्थित घडीअर्वा पोखरी छठ घाट परिसरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ५७ जनाले रगत दान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

कार्यक्रमको वीरगंज  महानगरपालिका  – १० का वडाध्यक्ष सुशील कुमार कानुले आफैले रक्तदान गरेर उद्घाटन गरेका थिए । रक्तदान पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष कानुले छठ पर्वको धार्मिक अवसरमा रक्तदान गरी समाज सेवाको अवसर पाउँदा गौरव महसुस गरेको बताए ।

आयोजक क्लबका अध्यक्ष लखनलाल गुप्ताले विगत डेढ दशकदेखि छठ पर्वकै अवसरमा क्लबले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी पनि दिए । धार्मिक अवसरमा समाज सेवा पनि होस् भन्ने उद्देश्यका साथ क्लब मार्फत आफूहरूले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।

वडाध्यक्ष कानुको प्रमुख आतिथ्यमा एवम् गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह साह कानु, पूर्व अध्यक्ष हिरा साह कानु, प्रेम साह कानु, उपाध्यक्ष राकेश साह, कोषाध्यक्ष तिलक साह, सह कोषाध्यक्ष कन्हैया गुप्ता, सुरक्षा उपसमितिका संयोजक मुन्ना साह, सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु, युवा अभियन्ता दिलीपराज कार्की लगायतकाे‍ उपस्थिती रहेकाे थियाे ।

वीरगंजकाे मुर्लीमा झडप, एक समुहकाे छुरा प्रहारबाट एक जना घाइते

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं.–१३ मुर्ली नयाँ टाेलमा आज दिउसाे छुरा प्रहारबाट एक जना घाइते भएका छन् । घरेलु हतियार (मासु काट्ने दाब) प्रहारबाट सोही ठाउँ निवासी २१ बर्षिय कलामुद्दिन हवारी घाइते हुन् ।

घाइते कलाउद्दीकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे छ । छुरा प्रहारले कलाउद्दीनकाे टाउकाे, बाँया काेखा, पिडिउँ र शरिरकाे विभिन्न भागमा घाउ भएकाे छ ।

स्थानिय ३६ बर्षिय आलम अन्सारी, ४० बर्षिय समसुदिन अन्सारी र १८ बर्षिय जले आलमले आफ्नाे भाई कलामुद्दिनलाई घरेलु हतियार (चक्कु) प्रहार गरि घाइते बनाएकाे पिडितका दाई जैनुदिन हवारीले वताए ।

उनले जले आलम र १६ बर्षिय जावेद आलम समेतका बच्चाहरू आफ्नाे घर अगाडीकाे ईदगाहा नजिक बसी बुधबार नसालु पदार्थ सेवन गर्दै गरेकोमा मैले जले आलमलाई यहाँ नसालु पदार्थ सेवन गरेको देखेर मेरो बालबच्चाले समेत तिमिहरुले खाएको देखी सिक्छन् त्यही भएर यहाँ नगर भन्दा जले आलमसहित तीनै जना एक जुट भई घरेलु हतियार चक्कु, दाव लिई मेरो घरमा आई मेराे भाईमाथि प्रहार गरि घाइते बनाएकाे वताए ।

उनले घरमा पुगेका तीनै जनाले बिरामी बुवालाई कुटपिट समेत गरेकाे वताए । उनले बुवालाई कुटपिट गर्ने र भाईलाई छुरा प्रहार गरि घाइते बनाउने माथि कारवाहीकाे माग गर्दै प्रहरीमा उजरी समेत दिएकाे वताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले छुरा प्रहारकाे घटना बारे आफुलाई केही थाहा नभएकाे वताए । डिएसपी थापाले प्रहरीमा उजरी समेत नआएकाे वताए । उनले झडप भएको हुन सक्ने वताए ।

टिकटक बन्द हुदाँँ मौसमी नेताहरूमा रुवाबासी चलेको छ : सांसद यादव

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द भएपछि सस्तो लोकप्रियताका लागि मौसमी राजनीति गर्ने केहि नेताहरुमा रुवाबासी चलेको टिप्पणी गरेका छन् ।

गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसंगै त्यसको समर्थन र विरोधमा राजनीतिक दलहरुबाटै फरक फरक प्रतिक्रिया आइरहेको छ । यसै सन्दर्भमा पूर्व वनमन्त्री समेत रहेका जसपाका प्रमुख सचेतक यादवले सरकारको उक्त निर्णयको समर्थन गर्दै बुधबार फेरि सामाजिक सञ्जाल फेसबुकमार्फत आफनो प्रतिक्रिया दिएका छन् ।

फेसबुकमा यादवले लेखेका छन् –नेपाल सरकारले चीनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’ लाई पचेको छैन । किनकी टिकटक कै कारण केही नेताहरू रातोरात जन्मेका छन् । अहिले टिकटक बन्द हुदाँ ती नेताहरूको निन्द्रानै हराम भएको छ । यहाँ सम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरुले पनि रोइलो गरिरहेका छन् ।साईबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनिहरूमा रूवाबासी चलेको छ।’

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयले फेक आइडी खोलेर सस्तो लोकप्रियता कमाउने टिकटक बिशेषज्ञ एवं राजनीतिक मौसमविदहरूको सपना नै चकनाचूर भएको टिप्पणी गरेका छन् ।

सरकारको तर्फबाट तिहारको ‘सर्प्राइज’ उपहार स्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको भन्दै यादवले लेखेका छन् ,‘ किनभने लामो समयदेखि टिकटक मार्फत भ्रम सृजना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ ।टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ।’

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय जायज मात्र नभइ समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्वपूर्णपनि रहेको यादवको बुझाई छ ।पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबिचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पु¥याउने काम भएको र त्यसका लागि टिकटकलाई नै सबै भन्दा बढी माध्यम बनाइएको यादवले बताएका छन् ।

उनले लेखेका छन्,‘ उदाहरणका लागि केही समय अगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौँ । त्यो बेला हिंसात्मक भाषण दिनेदेखि एक अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिने काम लगायतका अधिकांश हर्कतहरु टिकटककै माध्यमबाट भएका थिए । यद्यपि यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको पाइएको छैन । किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भाव भन्दा पनि आफ्नो सस्तो लोकप्रियता नै बढी प्यारो जस्तो देखियो ।

मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै बेला टिकटक जस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्नेमा उनको जोड छ ।टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत बर्षेनी अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको उल्लेख गर्दै यादवले लाइक, कमेन्ट र फ्लोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नै ज्यानै जाने किसिमको जोखिमपूर्ण काम समेत गरिरहेको थुप्रै घटना भइसकेको बताएका छन् ।

फेसबुक पोष्टमा यादवले लेखेका छन्,‘ टिकटक मार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङ लगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ । एक तथ्याङ्कअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन् । यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ ।

चिनिया प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको उनको भनाई छ ।

यस्तैखालका सुरक्षा जोखिमकै कारण छिमेकी मुलुक भारत, बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लात्भिया, नर्वे, न्यु जिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिका लगायतका कैंयन देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको उनले बताएका छन् ।

तसर्थ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा रहेको तर्क गर्दै यादवले लेखेका छन्,‘ समाज भित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन ।आफु स्वंयपनि टिकटक प्रयोगकर्ता भएपनि सरकारको यो जायज निर्णयको पुर्ण समर्थन गरेको उनको भनाई छ ।