Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पकहाँ मैनपुरकाे १२ औं गाउँ सभा सम्पन्न, ३१ कराेड ५९ लाखकाे बजेट स्विकृत

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाकाे १२ औं गाउँ सभा बिहिबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे गाउँ सभाले रु ३१ कराेड ५९ लाख २९ हजार बराबरकाे बजेट सर्वसहमतले पारित गरेकाे छ ।

गाउँपालिकाकी उपाध्यक्ष सरफुल नेसाकाे तर्फबाट बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले चालु आर्थिक बर्ष २०८१/०८२ काे समाजिक सुरक्षा भत्ता सहितकाे अनुमानित बजेट रु ३९ कराेड ३९ लाख गाउँ सभाले सर्वसहमत स्विकृत गरेकाे जानकारी दिए ।

उनले समाजिक सुरक्षा भत्ता बाहेककाे बजेट रु ३१ कराेड ५९ लाख २९ हजार रहेकाे वताए । साे मध्ये चालुगत खर्च, पुंजिगत खर्च र सर्शत अनुदान समेत रहेकाे उनले वताए । जस मध्ये श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरकाे भवन निर्माणकाे लागि रु १ कराेड २० लाख बजेट छुट्याइएकाे छ भने साेही विद्यालयकाे भवन निर्माणकाे लागि संघिय सरकारबाट पनि रु एक कराेड २० लाख नै अनुदान प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिए । यसका साथै कृषि विधुतिकरणकाे लागि पनि एक कराेड बजेट छुट्याइएकाे छ । 

यसका साथै सम्पन्न गाउँ सभाले आर्थिक विधेयक २०८१ समेत पारित गर्नुकाे साथै प्रशासनिक कार्यविधि विधेयक २०८१ (प्रशासनिक ऐन) समेत स्विकृत गरेकाे छ । गाउँ सभाले न्यायिक समिति पुर्नगठन पनि गरेकाे छ । गाउँ सभाले उपभाेक्त समितिबाट गरिने विकास निर्माणकाे काममा १० प्रतिशतदेखि १२ प्रतिशत सम्म श्रम दान गर्नु पर्ने निर्णय समेत गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...