Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपा पर्साद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रबि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिबेदन विपरित धरपकड गरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकाे छ । मंगलबार रास्वपा पर्साले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाउँदै सभापति लामिक्षानेलाई धरपकड नगर्न आग्रह गरेकाे हाे ।

पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगरबाट निस्केको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर साहयक प्रमुख जिल्ला अधिकारी सानू बाबू अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको थियाे । ज्ञापन पत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकारी सानुबाबुले मंगलबार नै उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।

रबि निर्दोष छन, राजनीति पुर्बाग्रह नसाँध । ८७ अर्ब ठग्ने असली सहकारी ठगहरुलाई कार्बाही गर भन्ने प्लेकार्ड बोकेको जुलुसले ज्ञापनपत्र बुझाएर माइस्थानमा पुगेर कोणसभा समेत गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन खबरदारी गर्दै यसो भएमा नेपाली जनताले श्रीलंका र बाङ्लादेशझै ८४ अघिनै सत्ता कब्जा गर्ने बताए ।

उनले सत्ता स्थाइ नहुने र नेपाली जनताले सबै गतिविधि नजिकबाट नियालिरहेकोले यसको हिसाब किताब पनि चाडै गर्ने बताए ।

काेण सभालाई केन्द्रिय सदस्य डा नन्दन यादब र पुर्ब जिल्ला संयाेजक दिलिप कुर्मीले सम्बोधन गरेका थिए । उक्त काेण सभामा रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार बिभागका प्रदेश प्रमुख राम शरार्फ, संगठन र शिक्षा बिभागका प्रमुख राम प्रमोद रायमाझी, राम आर्य, सोनालाल पटेल, पालिका सभापति माधब बस्नेत, उमेश यादब, चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...