Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

‘आत्माराम ओझा-दुखा सहनी स्मृति भवन´ काे सभापति देउवाद्वारा उद्घाटन

spot_img
spot_img
वीरगंज । वीरगंजमा नवनिर्मित नेपाली कांग्रेस पर्साकाे कार्यालयकाे कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार समुद्घाटन गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ मा ‘आत्माराम ओेझा-दुखा सहनी स्मृति भवन´ काे नामले निर्माण गरिएकाे पार्टी कार्यालयकाे सभापति देउवाले उद्घाटन गरेका हुन् ।
 
पार्टी कार्यालयकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति देउवाले पर्सामा कांग्रेसका महान सपुतद्वय स्वं आत्माराम ओझा र दुखा सहनीकाे नाममा पार्टी कार्यालय भवन निर्माण गरेकाेमा पर्साकाे कांग्रेस नेतृत्वलाई धन्यवाद दिए ।
 
सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेकाे बताए । पर्सा जिल्ला देशकै महत्त्वपूर्ण जिल्ला भएकाे भन्दै उनले राणा र पञ्चायत विरुद्ध कांग्रेसले गरेकाे सशस्त्र संघर्ष पर्साकाे वीरगंजबाटै सुरु भएको स्मरण गर्दै उनले भने,`देशकाे अर्थतन्त्र धान्नेमापनि पर्साकै अहम याेगदान छ । विगतमा राणा र पञ्चायत विरुद्धको कांग्रेसले गरेकाे सशस्त्र संघर्षकाे बिगुलपनि पर्साकै वीरगंजबाटै फुकिएकाे थियाे ।´
 
सभापति देउवाले देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसकाे काँधमा आए आँफुले सफलतापूर्वक निर्वाह गर्ने बताए । उनले विगतमापनि उक्त जिम्मेवारी सफलतापूर्वक निभाएकाे र आउने दिनमापनि त्याे अवसर कांग्रेस र आफ्नाे काँधमा आए सफलतापूर्वक निभाउने बताए ।
 
एक कराेड २९ लाख रुपैयाँकाे लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले रहेकाे छ । वीरगंज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरुकाे सहयाेगमा सुविधा सम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका सह सचिव नविन सिंहले वताए ।
 

प्रदेशसभा सदस्य श्याम पटेलले कांग्रेस पर्साकाे पार्टी कार्यालय भवन देशका ७७ जिल्लामै सब भन्दा सुविधासम्पन्न भवन रहेकाे बताए ।

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चाैरसिया, केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल, केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, संविधान सभा सदस्य अनिल रुंगटा, उमेशजंग रायमाझी, नगिना यादव, पूर्वमन्त्री सुरेन्द्र चाैधरी, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेश सभा सदस्यहरु श्याम पटेल, शंकर चाैधरी, नेता शाेभाखर पराजुली, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशाेक गुप्ता, जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चाैधरी लगायतकाेपनि सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...