Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायन्स क्लबद्वारा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंजकाे आयाेजनामा बिहिबार वीरगंजस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएकाे छ ।

वीरगंज आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा भएकाे शिविरमा २५२ जना विद्यार्थीहरूकाे दाँत चेकजाँच भएकाे क्लबका अध्यक्ष लायन सुनिल गुप्ताले जानकारी दिए ।

शिविरमा वीरगंज आँखा अस्पतालका दन्त चिकित्सक डा. अजय कुमार अस्थानाले विद्यार्थीहरुकाे दाँत परिक्षण गरेका थिए । शिविरमा चेकजाँच गराएकाहरु मध्ये दाँतमा समस्या देखिएका केहि विद्यार्थीलाई अस्पतालले ५०% छुटमा उपचार गरिदिने व्यवस्था गरिएको क्लबका अध्यक्ष गुप्ताले बताए ।

क्लबका अध्यक्ष गुप्ताकाे अध्यक्षतामा भएकाे शिविरमा क्लबका सचिव दीपेन्द्र प्रसाद यादव, सदस्य विजय कुमार गुप्ता, गोविन्द प्रसाद कानु, लियो क्लबका कुनाल गुप्ता, सचिन गुप्ता, कुशल गुप्ता, स्कूलका शिक्षक शिक्षिका, अस्पतालकी स्वास्थ्यकर्मी सोनम तिवारी लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा क्लबले विद्यालयका विद्यार्थीहरूलाई दाँत माझ्ने ब्रश पनि वितरण गरेको क्लबले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...