आनन्द पटेल /
परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा शनिबार स्वच्छ समाज युवा क्लबद्वारा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष भूपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा टोलका समाज सेवी, युवा, राजनीतिक दल, बुद्धिजीवी, प्राध्यापक, शिक्षा विद, महिला, प्रोफेसर, प्रहरी प्रशासन, पाँच नम्बर वडाका वडा समिति सदस्य, सञ्चारकर्मी, क्लबका पदाधिकारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै समाज सेवी तथा खेलकुद प्रेमी शिवशंकर पटेलले यस क्लबको माध्यमले समाजका सम्पूर्ण व्यक्तिहरू आज एकठाउँमा बसेर शुभकामना आदानप्रदान गर्न वातावरण पाएको प्रति क्लबलाई धन्यवाद दिए । साथै समाजको कार्यक्रममा राजनीतिक मनस्थिति न राख्न उनले सबैलाई आग्रह गरे ।
यसैगरी अधिबक्ता रामचन्द्र सिंहले शुभकामना दिँदै हामी मनुष्य भएको नाताले समाजका हरेक व्यक्तिलाई साथ सहयोग गर्न आग्रह गरे । उनले स्वच्छ समाज युवा क्लबले निरन्तर रूपमा समाजलाई जगाउने कार्य गर्दै आएको र अझ आगामी दिनमा पनि सामाजिक कार्यक्रम गर्दै अगाडि बढने शुभकामना दिए ।
यसैगरी प्रोफेसर जितेन्द्र वर्माले शुभकामना दिँदै सामाजिक कार्यमा पनि क्लबको क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।
यसैगरी वडा सदस्य दारासिंह पटेलले शुभकामना दिँदै सबैमा दीपावली तथा छठ पर्वले सुख शान्ति समृद्धि प्राप्त होस भन्ने शुुुभकामना व्यक्त गरेका थिए । यसका साथै उनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी परवानीपुर गाउँपालिका प्रत्यासी सञ्जु साहले गाउँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर क्लबले सराहनीय कार्य गरेको प्रति धन्यवाद दिए । उनले समाजका सम्पूर्ण व्यक्तिहरू राजनीतिक, सामाजिक, र आर्थिक रूपमा पनि बलियो हुन कुरामा जोड दिए ।
यस्तै समाजसेवी भरत ठाकुरले शुभकामना व्यक्त गर्दै क्लबको सिफारिसमा प्रतेक बर्ष २५ जना असहाय व्यक्तिलाई आँखाको सल्यक्रिया आफ्नो खर्चमा गराउने उद्घोष गरे ।
कार्यक्रममा डाक्टर प्रमोद यादव, डाक्टर अर्जुन पटेल, माओवादी नेता रामेश्वर पटेल, टेजप्रताप सिंह,सरोज यादव, सुमित शाह, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष उमेश साह, सदस्य प्रमोद यादव, मन्दिप यादव,अखिल पटेल, रञ्जित साह, लालबाबु यादव, त्रिलोकी पटेल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य क्लबका कोष अध्यक्ष मुर्तुजा आलमले गरेका थिए भने सञ्चालन सचिव त्रिलोक प्रताप सिंहले गरेका थिए ।