Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

खानेपानीमन्त्री यादव र भुटानी ऊर्जा मन्त्री छिरिङबीच भेटवार्ता

काठमाडौँ । नेपालका खानेपानीमन्त्री प्रदीप यादवसँग भुटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो जेम छिरिङले बिहिबार शिष्टाचार भेट गरेका छन् । 

- Advertisement -

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्री स्तरीय शिखर सम्मेलनमा सहभागी हुन् नेपाल आइपुग्नु भएका मन्त्री छिरिङले खानेपानी मन्त्री यादवसँग सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै विभिन्न विषयमा विचार विमर्श गरेका हुन् ।

भेटका क्रममा मन्त्री यादवले नेपाल र भुटानबिच प्राचीन सामाजिक-सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूपरिवेष्टित हिमाली भूगोल, विकास चुनौती र जलवायु परिवर्तनका साझा मुद्दाहरूमा सहकार्यको सम्भावना औँल्याए । उनले भने, “दुवै देशले पानी प्रशोधन र ढल व्यवस्थापनको क्षेत्रमा प्रभावकारी अनुभव र प्रविधिहरू आदानप्रदान गर्न सक्छन् ।“ उनले दुवै देशले पानीको नोक्सानी घटाउने, पानी प्रशोधन प्लान्ट र ढल प्रणाली सञ्चालनमा प्राविधिक सीप आदानप्रदान गर्ने संयुक्त कार्यक्रमको महत्वमा जोड दिए ।

यसै सन्दर्भमा मन्त्री यादवले पानीको गुणस्तर अनुगमन र नदी तथा खोलामा प्रदूषकहरूको मूल्याङ्कन गर्ने संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न नेपाल र भुटानबिच सहकार्य हुनुपर्ने बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी प्रशोधन प्रणाली र गुरुत्वआधारित प्रविधिहरू जस्ता कम लागतका समाधानहरू प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव राखेका थिए ।

भुटानले वातावरणमैत्री ढल व्यवस्थापनमा गरेको प्रगति प्रशंसा गर्दै मन्त्री यादवले यस क्षेत्रका दिगो प्रविधिहरू नेपालमा पनि भित्र्याउन सकिने जिकिर गरे । उनले ढलबाट बायो ग्यास उत्पादन जस्ता विधिहरूबाट दुवै देशले नवीकरणीय ऊर्जामा योगदान गर्न सक्ने सम्भावना औँल्याए ।

भुटानी मन्त्री छिरिङले नेपाल र भुटानबिचको व्यापार सिधा हुनुपर्नेमा जोड दिँदै भारतको बाटो हुँदै व्यापार गर्दा भुटानी उत्पादन महँगो हुने गरेको उल्लेख गरे । उनले नेपालमा भुटानको चामल र आलु लोकप्रिय भएको तर महँगो पर्ने समस्या समाधानका लागि सिधा व्यापारको आवश्यकता औँल्याए । साथै, उनले धार्मिक पर्यटनमा भुटानी नागरिकलाई नेपाल भ्रमणका लागि सहजता प्रदान गर्नुपर्ने धारणा राखेका थिए ।

नेपालको जलविद्युत् विकास, पर्यापर्यटन, र स्वच्छ पानी व्यवस्थापनको क्षेत्रमा भुटानसँग सहकार्य गर्ने प्रस्ताव राख्दै मन्त्री यादवले भुटानी अनुभवबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्ने बताए । भेटका क्रममा भुटानी मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन र जलस्रोत क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए र भ्रमणको निम्तो पनि दिए । 

भुटानको अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिको सफल यात्राका लागि मन्त्री यादवले भुटानी समकक्षीलाई बधाई ज्ञापन गर्दै, भुटानको अनुभवले नेपाललाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१३ वर्षको प्रतीक्षा अन्त्य: वीरगंजमा मुख्य सडक विस्तार सुरु, २५/२५ मिटरभित्रका संरचना हटाइँदै

वीरगंज । लामो समयदेखि अन्योलमा रहेको त्रिभुवन राजपथअन्तर्गत वीरगंजकाे मुख्य सडक विस्तार कार्य अन्ततः आइतबार बिहानदेखि सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा...

वीरगंजकाे मेनरोड भत्काउने कार्यमा जेन जि पर्साको समर्थन

वीरगंज । वीरगंजको मेनरोडमा फराकिलो पार्ने कार्यप्रती जेन जि यूथ फोर्स पर्साले समर्थन जनाएको छ । संस्थाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभियानप्रति...

१३ वर्षपछि टुट्दै वीरगंजको मेनरोड, एकैसाथ ५ स्थानमा डोजर लगाउने सडक विभागको तयारी

वीरगंज । वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारकाे काम आजै (शनिबार) साँझ देखि सुरु गरिने भएको छ। सडक डिभिजन कार्यालय हेटाैंडाले त्रिभुवन राजपथ अन्तरगत पर्ने वीरगन्जको...