Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

पटेर्वा सुगौलीमा नवनिर्मित आधारभुत अस्पतालको सभापति देउवाद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ मा नवनिर्मित आधारभुत अस्पतालको उद्घाटन पुर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गरेका छन् ।

रु ८ करोड १० लाखको लागतमा नवनिर्मित १० सैयाको अस्पतालको मंंगलबार भब्य समारोहको बिच उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

जिल्लाको पहिलो पटेर्वा सुगौली गाउँपालिकामा आधारभुत अस्पताल निर्माण भएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले वताए । 

उनका अनुसार, मंगलबारदेखि सञ्चालनमा आएकाे आधारभूत अस्पतालमा डिजिटल एक्सरे, अत्याधुनिक प्रयाेगशाला(ल्यब), इसिजी, अल्ट्रासाउन्ड(युसजी) र आफ्नै फार्मेसीकाे सेवा उपलब्ध छ । यस्तै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध छ ।

ग्रामिण भेगमा संंचालनमा आएको अस्पतालले पटेर्वा सुगौली सहित नजिकका दर्जन भन्दा बढी गाउँबासी लभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...