Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

पटेर्वा सुगौलीमा नवनिर्मित आधारभुत अस्पतालको सभापति देउवाद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ मा नवनिर्मित आधारभुत अस्पतालको उद्घाटन पुर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गरेका छन् ।

रु ८ करोड १० लाखको लागतमा नवनिर्मित १० सैयाको अस्पतालको मंंगलबार भब्य समारोहको बिच उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

जिल्लाको पहिलो पटेर्वा सुगौली गाउँपालिकामा आधारभुत अस्पताल निर्माण भएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले वताए । 

उनका अनुसार, मंगलबारदेखि सञ्चालनमा आएकाे आधारभूत अस्पतालमा डिजिटल एक्सरे, अत्याधुनिक प्रयाेगशाला(ल्यब), इसिजी, अल्ट्रासाउन्ड(युसजी) र आफ्नै फार्मेसीकाे सेवा उपलब्ध छ । यस्तै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध छ ।

ग्रामिण भेगमा संंचालनमा आएको अस्पतालले पटेर्वा सुगौली सहित नजिकका दर्जन भन्दा बढी गाउँबासी लभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...