Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

कांग्रेस र एमालेले संबिधान संशोधन दुई दलीय सिण्डीगेटकाे लागि गर्न खाेज्दै छन् : सिके राउत

spot_img
spot_img

वीरगंज । जनमत पार्टीका अध्यक्ष डा.सी.के. राउतले देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताएका छन । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको शुभकामना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक निकायका प्रमुखहरु पनि प्रत्यक्ष निर्वाचनबाट छानिनु पर्ने बताएका हुन् ।

उनले संबिधान संशोधन दुई दलीय सिण्डीगेट कायम गर्नका लागि केन्द्रीत हुने ठोकुवा गरे । संविधान संशोधन हाम्रा माँगहरु सम्बोधन गर्नलागि होइन उनले भने “ बन्दुकको शक्तिका आधारमा जारी गरिएको संबिधानमा आफ्ना मुद्धाहरु सम्बोधन हुने कुरामा बिश्वास गर्ने आधार छैन ” । उनले मुलुकमा बिषम परिस्थिति सृजना भएको बताए । कांग्रेस र एमालेको मिलनले मुलुकमा बिषम परिस्थिति उत्पन्न भएको उनले बताए ।

संसारमा प्रमुख दुई ठुला प्रतिस्पर्धी दल मिलेको इतिहास छैन तर यो देशमा के अवस्था आइलाग्यो की कांग्रेस कम्युनिष्ट मिलेका छन । उनले यो मिलनलाई अस्वभाविक रहेको बताए ।

उनले भने तर यो सरकार हाम्रा माँग पुरा गर्न होइन, मधेशी मुस्लिम आदिबासीको अधिकार दिनका लागि होइन दुई दलीय सिण्डीगेट निर्माणकालागि संबिधान संशोधन गर्ने प्रयास गरिरहेको बताए । उनले यस्तो खाले संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारे । आफनो पार्टी नागरिकको अधिकार बिपरितको संशोधनको बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले भने प्रान्तीय सरकारलाईए अधिकार बिहिन बनाइएको चर्चा गर्दै उनले भने प्रदेशलाई अधिकार दिन माँग गरे । प्रदेशलाई प्रहरी प्रशासन संचालन र परिचालनको अधिकार सहितको स्वायतता सहितको अधिकार दिनु पर्ने बताए ।

एक मधेश दुई प्रदेश कायम हुनु पर्ने बताउदै उनले संबिधान सशोधनमा यो माँगलाई समबोधन गर्न माँग गरे । उनले मधेशमा ५४ प्रतिशत जनसंख्या रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र पनि जनसंख्याको आधारमा गर्नु पर्ने बताए ।

उनले भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पूर्ननिर्धारण आफ्नो पार्टीको माँग रहेको बताए । उनले समानुपातिक समावेशीतालाई सुनिश्चित गर्न माँग गरे । सिंहदरवारमा खटपट हुने बित्तिकै प्रदेशमा सरकार संकटमा पर्ने अहिलेको ब्यवस्थाको चर्चा गर्दै अध्यक्ष राउतले देशको प्रधानमंत्री र प्रदेशका मुख्यमंत्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताए । 

पार्टीको राजनीतिमा प्रशिक्षणको महत्व ज्यादै रहेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी.के राउतले बताएका छन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्ला इन्चार्ज माधव सिहको अध्यक्षतामा भएको कार्यक्रममा संगठन बिभाग प्रमुख जयकान्त राउत कुर्मी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, राजनीति समिति सदस्य करिमा बेगम, पार्टीका नेताहरु  मुकेश द्विवेदी, सीपु तिवारी, शशीकपुर मियाँ, सिमा गुप्ता, रम्भा मिश्र लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...