Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

मुलुककाे शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भएकाे छ : पूर्व प्रधानमन्त्री देउवा

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा संघीयता आएपछि जनताले आफ्नै गाउँ ठाउँमा स्वास्थ्य र शिक्षा पाइरहेकाे वताएका छन् । मंगलबार पर्साको पटेर्वा सुगौली-४ मा नवनिर्मित आधारभूत अस्पतालको उद्‍घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्ताे वताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्य अति आवश्यक कुरा भएको बताउँदै सरकारले पनि यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको वताए ।’ उनले पछिल्लो समय स्वास्थ्य र शिक्षामा क्षेत्रमा द्रुत गतिमा सुधार भइरहेकाे दाबी समेत गरे ।

यसका साथै स्वदेशी बिद्यार्थीले स्वदेशमै गुणस्तर शिक्षा प्राप्त गर्न सकेका छन र यो सबै संघीयता स्थापनाको उपलब्धि रहेका देउवाको भनाई छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति देउवाले नवनिर्मित अस्पतालले पनि यस क्षेत्रका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउने वताए ।

उद्घाटन समाराेहलाई नेपाली काग्रेसका संघीय सांसद एंव पूर्व मन्त्री रमेश रिजाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुगांना, संबिधान सभा सदस्य नगिना यादव, अनिल रुगंटा, सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी, केशरजंग रायमाझी, मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव, मधेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री जनार्धन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य राखेकी थिईन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...