Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

मुलुककाे शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भएकाे छ : पूर्व प्रधानमन्त्री देउवा

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा संघीयता आएपछि जनताले आफ्नै गाउँ ठाउँमा स्वास्थ्य र शिक्षा पाइरहेकाे वताएका छन् । मंगलबार पर्साको पटेर्वा सुगौली-४ मा नवनिर्मित आधारभूत अस्पतालको उद्‍घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्ताे वताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्य अति आवश्यक कुरा भएको बताउँदै सरकारले पनि यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको वताए ।’ उनले पछिल्लो समय स्वास्थ्य र शिक्षामा क्षेत्रमा द्रुत गतिमा सुधार भइरहेकाे दाबी समेत गरे ।

यसका साथै स्वदेशी बिद्यार्थीले स्वदेशमै गुणस्तर शिक्षा प्राप्त गर्न सकेका छन र यो सबै संघीयता स्थापनाको उपलब्धि रहेका देउवाको भनाई छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति देउवाले नवनिर्मित अस्पतालले पनि यस क्षेत्रका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउने वताए ।

उद्घाटन समाराेहलाई नेपाली काग्रेसका संघीय सांसद एंव पूर्व मन्त्री रमेश रिजाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुगांना, संबिधान सभा सदस्य नगिना यादव, अनिल रुगंटा, सहमहामन्त्री तथा पूर्व मन्त्री उमाकान्त चौधरी, केशरजंग रायमाझी, मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव, मधेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री जनार्धन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले स्वागत मन्तव्य राखेकी थिईन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...