Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 365

विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ईटियाहीमा अध्ययनरत्त विद्यार्थीहरुलाई आईतवार एक कार्यक्र बिच न्यानो कपडा र जुत्ता वितरण गरिएको छ ।

४१ क्लब नेपाल (४१ क्लब नं. ३) नेपालको सहयोगमा सो विद्यालयमा ध्ययनरत्त १३४ जना विद्यार्थीहरुलाई स्कूल ड्रेस स्विटर र जुत्ता वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी संस्थाका मनोज दास र सतिस अग्रवाल, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया लगायतकाले विद्यार्थीहरुलाई सो समग्रीहरु वितरण गरेका थिए ।

सो अवसरमा व्यवस्थापन समितिका सदस्यहरु पारस बैठा, शिवशंकर साह गोढ, उमा देवी, सबिता देवी, मिना देवी, शिक्षकहरु राकेश चौरसिया, कमलेश चौरसिया, ललन पाण्डेय, गिता बैठा, विद्यालयका कर्मचारी, अभिभावक, स्थानिय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

रोटर्याक्टकाे राष्ट्रिय सम्मेलन जनावरी १९ र २० काठमाडौंमा हुने

प्रहरीद्वारा पर्सा र बारामा लगाइएकाे ९ कठ्ठा गाँजा खेति नष्ट

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकामा अवैध रूपमा लगाइएकाे गाँजा खेती प्रहरीले नष्ट गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयको एलआरपी चेकिङ टोली तथा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं.५ स्थित ठोरी तथा सुवर्णपुर स्थितमा अवैध रूपमा लगाएको गाँजा खेती नष्ट गरेकाे हाे ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा आइतबार विहान खटिएकाे प्रहरी टाेलीले अवैधरूपमा लगाइएको २ कठ्ठामा ७ सय गाँजाको बोट फडानी तथा नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उक्त गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने प्रवक्ता थापाले वताए ।

यसैगरी बारामा लगाइएको ७ कट्ठा गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय नीजगढबाट खटिएको प्रहरीकाे टाेलीले दुई स्थानमा गरी ७ कठ्ठामा लगाइएको अन्दाजी ६ हजार गाजाको बोट फडानी गरी नष्ट गरेको हो ।

नीजगढ नगरपालिका वडा नम्बर १२ भक्तलालमा ४ कठ्ठा र कोलगाँउमा ४ कठ्ठा गरी ७ कट्ठा गाँजाखेती फडानी गरी नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजा खेती गर्नेहरुकाे पहिचान गरी उनिहरुलाई पनि पक्राउ गरिने उनले बताए ।

मुक्त हरवाचरवा सम्मेलन फागुन १२ देखि जनकपुरमा

वीरगंज ।  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा राष्ट्रिय सम्मेलनको आयोजना गर्नेगरी तयारीमा जुटेको जानकारी दिए ।

यसअघि नयाँ नेतृत्व चयनका लागि गत असोज २७ देखि यही पुस २० गतेसम्म प्रदेशका आठवटै जिल्लामा सम्मेलन सम्पन्न गरेपछि फागुनमा राष्ट्रिय सम्मेलनका लागि तयारी सुरु गरिएको उनले बताए । मञ्चले धनुषामा  असोज २७, सप्तरीमा मङ्सिर २९, सिराहमा यही पुस १२, पर्सामा १५, बारामा १६, रौतहटमा १८, सर्लाहीमा १९ र महोत्तरीमा २० गते जिल्ला सम्मेलनको आयोजना गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।

जिल्ला सम्मेलनअघि मुक्त हरवाचरवा बाहुल्य यहाँका ६० भन्दा बढी पालिकामा पालिकास्तरीय सम्मेलन सम्पन्न गरिएको मञ्चका अगुवा एवं धनुषा जिल्ला अध्यक्ष राजदेव मुखियाले जानकारी दिए । “पालिका तथा जिल्लामा सम्मेलन सम्पन्न भएपछि अब हामी राष्ट्रिय सम्मेलनमा जुटेका छौँ । जहाँ हजारौँ मुक्त हरवाचरवा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहने छ”, उनले भने।

अभियानमा सहयोग गरिरहेको संस्था राष्ट्रिय दलित नेटकर्व (आरडिएन)का कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीका अनुसार हरवाचरवाले यही सङ्गठनको सहयोगमा हरवाचरवा समस्याबाट मुक्तिका लागि आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यही आधारमा  सरकारले २०७९ साउन २ गते मुक्तिको घोषणा गरिसकेको छ । सरकारले हरवाचरवा प्रथालाई नेपालको संविधान तथा विद्यमान कानुन र मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रविपरीत भएको स्वीकार गर्दै उनीहरूको नाममा रहेको अनुचित ऋणको खारेजी, लगत सङ्कलन, भूमि उपलव्ध गराउने, कसैले हरवाचरवा राखेको भेटिएमा कानुनी कारबाही गरिने उल्लेख गर्दै हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । 

तर सरकारका नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवा पुनःस्थापनासम्बन्धी कुनै कार्यक्रम नल्याएको जनाउँदै सङङ्गठनको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ । यसैक्रममा गत वर्ष चैत २५ देखि २९ गतेसम्म राजविराज र वीरगञ्जबाट जनकपुरसम्म एकसाथ अधिकारयात्रा गर्दै सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यही दबाबमा मधेस प्रदेश सरकार र २५ भन्दा बढी स्थानीय पालिकाले हरवाचरवाको लगत सङ्कलन तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम घोषणा गरेका थिए । सो घोषणा पनि सार्थक ढङ्गले अघि नबढेको मञ्चले जनाएको छ ।

मुक्त गरिएका हरवाचरवाको लगत सङ्कलन, प्रमाणीकरण गरी परिचयपत्र वितरण, कम्तीमा पाँच कठ्ठा जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षासहित पुनःस्थापनाको एकीकृत ‘प्याकेज’ घोषणा हुनुपनुपर्नेलगायतका माग मुक्त हरवाचरवाले गरिरहेका छन् । सो कार्य गर्न प्रदेश सरकारले पुनःस्थापनासम्बन्धी निर्देशिका तथा कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने उनीहरूको मागअनुसार आवश्यक प्रक्रिया सुरु गरिसकेको भनेर प्रदेश सरकारका मन्त्रीहरूले जानकारी दिए पनि आफूहरू विश्वस्त हुन नसकेको मञ्चका महोत्तरी जिल्ला अध्यक्ष सावित्री सदाले बताइन्।

“सरकारका मन्त्रीले आवश्यक प्रक्रिया सुरु भइसकेको भन्नुहुन्छ । तर त्यसमा ठोस प्रगति नभएमा जनकपुरदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने योजनामा छौँ । त्यसको आधार तयार गर्न आगामी राष्ट्रिय सम्मेलन एक सशक्त माध्यम हुने हाम्रो विश्वास छ”, उनले भनिन् । रासस

सखुवा प्रसाैनीबाट ४२ किलाे गाँजाको धुलोसहित दुई जना पक्राउ

वीरगंज । प्रहरीले पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डबाट लागु औषध गाँजाकाे धुलाेसहित दुई जनालाई पक्राउ गरेकाे छ । 

बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले शनिबार राति ९:३० बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद रामलाई नियन्त्रणमा लिएकाे हाे । 

चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४०नं.को पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका ४२ किलो  फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखि निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले वताए ।

वीरगंज र बहुदरमाईका विद्यालयहरुमा जाडाे विदा

वीरगंज । चिसाे बढ्दै गएपछि पर्साकाे पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् ।

तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुँदै गएकाे छ । हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाले विद्यालयहरुमा विदा दिएकाे छ ।

वीरगंज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा साेमबारदेखि पुस १ गते सम्मकाे लागि ८ दिन जाडाे विदा दिएकाे छ ।

आइतबार बसेकाे महानगरकाे शिक्षा समितिकाे बैठकले साेमबारदेखी माघ १ गतेसम्म आठ दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेकाे शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुकाे हकमा भने परिक्षा नियमित राख्न अनुराेध गरिएको राउतले बताए ।

 

प्रहरी कै मिलाेमताेमा बलिरामपुर नाकाबाट व्यापक तस्करी

वीरगंज । बाराकाे बलिरामपुर नाकाबाट व्यापक तस्करी फस्टाएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतमा रहेको प्रहरी चौकी बलिरामपुर एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सशस्त्र प्रहरीको सहयोगमा तस्करी फस्टाएको हो ।

वीरगंज भन्सार क्षेत्रबाट तस्करीमा कडाई गरिएपछि तस्करहरु बलिरामपुर नाकालाई तस्करीको बाटो रोजेका छन् । प्रहरी चौकी बलिरामपुरका सई शिव यादव एवं सशस्त्र प्रहरी बलका सईलाई मासिक रकम बुझाई तस्करीको लाइन खुलाइएको बताइएको छ ।

बलिरामपुर नाकाबाट अहिले कपडा, काजु, हार्डवेयर, प्याज, कफीको दाना एवं धानको व्यापक तस्करी भइरहेको छ । रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भारतबाट तस्करीका यि सामानहरु खुलेयाम रुपमा नेपाल भित्रि रहेका छन् ।

तस्करहरु दुलारचन, सन्तोष, अनहोती, लालु यादव, विरेन्द्रको कपडा, काजु, हार्डवेयरका सामान, प्याज, कफीको दाना एवं धानको तस्करी भइरहेको छ ।

तस्करहरुले जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका प्रहरी चौकी बलिरामपुरका सई शिव यादवलाई मासिक रु ३५ हजार एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सईलाई मासिक २५ हजार, जिल्ला प्रहरी कार्यालय बाराका घुमुवालाई ४५ हजार, इलाका प्रहरी कार्यालय गण्डकका घुमुवालाई मासिक रु १५ हजार रकम बुझाई खुलेयाम रुपमा भारतीय सीमावर्ती सहर रक्सौलबाट तस्करीको सामान बलिरामपुर नाका हुँदै बारा एवं पर्साका विभिन्न ठाउँमा पुग्ने गरेको छ ।

भारतबाट तस्करीको सामान नेपाल भित्र्याउन बलिरामपुर नाका अहिले सजिलो भएको र त्यस क्षेत्रमा पर्ने प्रहरी चौकी एवं सशस्त्र प्रहरी बलका हाकिम पनि तस्करीको लाइन दिएको कारण रातिको समयमा तस्करीको सामान नेपाल भित्रि रहेको बताइएको छ ।

तस्करहरुले कपडा एवं काजु रक्सौलबाट सहदेवा, बलिरामपुर, इनर्वागाउँ, भुटनदेवी हुँदै वीरगंज बजारसम्म सहजै रुपमा पुर्‍याउने गरेका छन् । कपडा तथा काजु तस्करीमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा रहेका प्रहरी चौकी इनर्वाका इन्चार्ज, वडा प्रहरी कार्यालय वीर्ताका घुमुवा, टाइगर टोली एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका घुमुवाले पनि सघाउने गरेका छन् ।

यसैगरि धान, प्याज एवं कफीको दाना रक्सौलबाट सिर्सिया, महदेवा, फुदियाटोला, मुसहर्वा हुँदै बारा एवं पर्साको विभिन्न ठाउँमा तस्करीको सामान पुर्‍याउने गरिएको हो ।

नेकबाट १९२ जना विद्यार्थीकाे विदाई, विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् ।

विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको विकासमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याउँदै उत्पादित जनशक्तिहरुलाई स्वदेशमै बसेर काम गर्न सुझाए । इन्जिनियरिङका क्षेत्रमा नयाँ नयाँ अवसरहरु सृजना गर्नुपर्ने तथा स्वदेशमै स्नातक पछिको उच्च शिक्षा हासिल गर्ने वातावरण राज्यले बनाउनु पर्नेमा जोड दिए । राज्यले उत्पादित जनशक्ति ब्यवस्थापनमा चासो नदिँदा युवाहरु पलायन भइरहेको भन्दै वक्ताहरुले नेपालमा अब मेगा प्रोजेक्टहरु सञ्चालन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर राजेश ठकूराठीले विद्यार्थीहरुलाई इन्जिनियरिङका जुनसुकै पेशा व्यवसायमा आबद्ध हुँदा त्यो पेशा र व्यवसायको इथिक्स र मर्यादा राखेर काम गर्न सुझाए । ‘जुनजुन पेशा व्यवसायमा आबद्ध हुन जाँदै हुनुहुन्छ त्यो पेशा व्यवसायको इथिक्सलाई मेन्टेन गरिदिनु होला, अनुशासन मेन्टेन गरिदिनुहोला जसले गर्दा पहिलो नम्बरमा कलेज दोश्रो नम्बरमा विश्वविद्यालयको शानलाई उच्च राख्न तपाईहरुको योगदान हुन्छ ।’ पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरेका जनशक्तिहरु देश विदेशमा राम्रा संस्थाहरुमा काम गरेको, व्यवसाय गरेको, सफल भएको उदाहरणहरु रहेको डीन ठकूराठीले बताए ।
 
डीन ठकूराठीले नेपालको शिक्षा प्रणाली खासगरी विश्वविद्यालयका पाठ्यक्रमहरु समयानूकुल नभएको केही हदसम्म स्वीकार्दै कामै नलाग्ने भन्ने नभएको जिकीर गरे । ‘पाठ्यक्रम नराम्रो हैन । सुधार्न जरुरी छ ।’ पाठ्यक्रम सुधार गर्नुपर्ने, विद्यार्थी मैत्री बनाउनु पर्ने, अर्निङ र लर्निङ सँगसँगै लैजानु पर्ने भएपनि विश्वविद्यालयले सोचेअनुसार गर्न नसकेको डीन ठकूराठीको भनाई छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीले पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरु घट्दै जानुमा विद्यार्थीहरुको भन्दापनि राज्यको भूमिका बढी जिम्मेवार रहेको बताए । कक्षा एकमा सय जना विद्यार्थी भर्ना हुँदा १२ कक्षासम्म पुग्दा ६० जना मात्र हुन आउने बताउँदै उपाध्यक्ष अधिकारीले करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा ५० प्रतिशत उत्तिर्ण भएकोमा ती मध्ये अधिकांश विदेश पढ्न जानु चिन्ताजनक रहेको जिकीर गरे ।

‘४ लाखले परिक्षा दिँदा २ लाख उत्तिर्ण भए, ती मध्ये १ लाख २५ हजार विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेश जान तम्तयार भएर बसेका छन् ।’ ७५ हजार विद्यार्थी मध्ये २० हजार प्राविधिक शिक्षा लिन योग्य रहेकोमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार मात्रै रहेको उनको दावी छ । काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरुमा १० हजारको हाराहारीमा विद्यार्थी पढाउन अनुमति दिएपनि ५० प्रतिशत विद्यार्थीहरु मात्र उपलब्ध हुनुमा विद्यार्थीको भन्दापनि पोलिसी लेवलमै कमजोरी रहेको जनाए ।

उनले आम जनताको जीवनस्तर नै परिवर्तन गर्ने नयाँ पुस्ताले माग गरे अनुसारका ठूला प्रोजेक्टहरु नेपालमा बन्नुपर्र्नेेमा जोड दिए । ‘अब ठूल्ठूला सडक, जलश्रोत, कृषि र वनसम्बन्धी परियोजनाहरु बन्नुपर्छ । एउटै आयोजनामा ५ हजार इन्जिनियरहरुले एक साथ काम गर्नुपर्छ ।’ साथै उनले नेपालमा विद्यार्थी टिकाउन र विकाउन पोलिसी लेवलमा ठूलै सुधार गर्नुपर्ने बताए ।
 

कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरु नै कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै आ–आफ्नो विषयमा इमान्दार भएर काम गर्न आग्रह गरे । आचारसंहितामा रहेर व्यवसायिक जीवन अगाडी बढाए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भन्दै कलेजलाई समय–समयमा सल्लाह सुझाब दिन भने ।

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीहरुले कलेजमा हासिल गरेका ज्ञान, सीपलाई सबैभन्दा पहिला आफ्नै मातृभूमीमा प्रयोग गर्न सुझाए । कार्यक्रममा विद्यार्थी तानिया लामिछाने, संगीता रानाभाट, आस्था ढुङ्गाना, दिनेशकुमार यादव लगायतले कलेजमा अध्ययन गर्दाका अनुभवहरु सुनाएका थिए । कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख रमेश खनाल, सिभिल रुरल इन्जिनियरिङ विभागका प्रमुख अनिल श्रेष्ठ, एशोसिएट प्रोफेसर सचिन श्रेष्ठले इन्जिनियरिङ विषय, संभावना र अवसरका बारेमा बोलेका थिए ।

विदाई कार्यक्रममा संगीता रानाभाटलाई सिभिल एण्ड रुरल इन्जिनियरिङ, वाटर एण्ड स्टक्चर अवार्ड दिइएको थियो । भने, उनले नितिन कर्णसँग संयुक्त रुपमा सिभिल साइन्स अवार्ड पनि प्राप्त गरिन् ।  त्यस्तै, अञ्जली पाण्डेलाई चेयरमेन प्राइड गोल्ड अवार्ड, आस्था ढुंङ्गानालाई सिभिल प्रोगाम टपर अवार्ड, सुस्मी श्रेष्ठलाई सिभिल साइन्स अवार्ड तथा अजय कुमार यादवले जियो–टेक अवार्ड प्राप्त गरेका थिए ।

कान्तिपुर सहकारीकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

वीरगंज । सबैको लागि कान्तिपुर सहकारी भन्ने मुल नाराका साथ कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सत्यराम शर्मा काफ्लेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा हाेटल भिस्वामा भएकाे साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले अहिले देशमा आर्थिक तरलताको अवस्था रहेको बेला सहकारी संस्थाहरुमा पनि कोभिड पछि केही तरलता आएको बताए । उनले सरकारले जुन उद्देश्य लिएर अगाडि बढीरहेकाे छ सहकारीको पनि उहीँ उद्देश्य रहेकोले सरकार र सहकारी समन्वय गरेर जानु पर्नेमा जोड दिए ।

साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, सहकारी विकास बोर्डका पुर्व संचालक सदस्य शम्भु गुप्ता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)का पुर्व संचालक सदस्य हरेराम पटेल, को अपरेटि म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तवको अपरेटिभ म्यानेजर्स क्लबका पुर्व अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, वीरगंज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कर्ण, बिस्को अध्यक्ष डिल्ली बिक्रम कार्की, राष्ट्रिय सहकारी बैंकका संजय महतो, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुनका बीरगंज प्रमुख गौतम साह, गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह लगायतले शुभकामना राखेका थिए ।

संस्थाले उत्कृष्ट बचत गर्ने उत्कृष्ट काम गर्ने कर्मचारी उत्कृष्ट ऋण तिर्ने, जेष्ठ नागरिक, बाल बचत गर्ने जस्ता ब्यक्तिहरुलाई सम्मान समेत गरेको थियाे ।

संस्थाका कार्यकारी अधिकृत जिष्णु बरालले संस्थागत विकास संगै संस्थाले गरेको गतिविधि तथा शेयर पुजी १ करोड १६ लाख ५०० बचत तर्फ १८ करोड ४३ लाख,५१ हजार ,बचत संकलन १७ करोड ११ लाख५ हजार ,बचत तर्फ संस्थामा १० करोड ६५ लाख ९४ हजार निक्षेप गरेको छ भने कर्जा लगानी १४ करोड ४३ लाख८८ हजार र नाफा ३६ लाख ५६ हजार गरेको जानकारी दिए ।

आफ्नो संस्थाले बचत कर्ताहरुको रकम सुरक्षित राख्ने जिम्मेवारी आफुहरुले लिएको बताउँदै रकम बचत गर्दा संस्थाको संचालकहरुको बारेमा समेत चासो राख्न आग्रह गरे ।

बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिता शुरु

 
बहुअरी क्रिकेट ग्राउन्डमा सुरु भएकाे प्रतियाेगिताकाे बिजेता टिमलाई रु २५ हजार र उप विजेता टिमलाई रु १५ हजार प्रदान गरिने आयाेजक कमिटीले जनाएकाे छ ।