Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

रोटरी क्लबद्वारा जिराभवानीकाे विद्यालयमा स्टेशनरी सामग्री वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवान गाउँपालिका वडा नम्बर १ महादेवपट्टी स्थित श्री शिवशक्ति प्राथमिक विद्यालयमा रोटरी क्लब वीरगंज मेट्रोपोलिसले स्टेशनरी सामग्री वितरण गरेको छ ।

क्लबले ३५० थान नोटबुक, फुटबल र अन्य शिक्षण सामग्री प्रदान गरेको हो । कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष जगदीश प्रसाद शर्मा, अध्यक्ष अनिल जयसवाल र सचिव हरिओम साहको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रविमोहन सापकोटा र शिक्षकहरूको समेत कार्यक्रममा उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लबका अध्यक्ष अनिल जयसवालले भने, “विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पु-याउन पाउनु हाम्रो लागि गर्वको कुरा हो । शिक्षा नै सामाजिक रूपान्तरणको मूल आधार हो, र हामी आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”

विद्यालयका प्रधानाध्यापक रविमोहन सापकोटाले क्लबलाई धन्यवाद दिँदै भने, “रोटरी क्लबले गरेको सहयोगले हाम्रो विद्यालयका विद्यार्थीहरूलाई पढाइमा थप प्रोत्साहन मिल्नेछ । यो प्रयास प्रशंसनीय छ र हामी विद्यालयको तर्फबाट यसलाई उच्च कदर गर्छौं ।”

उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरूले पनि रोटरी क्लबको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...