Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 364

रुपेश स्वर्णकारकाे हत्यामा संलग्न ७ जना पुर्पक्षका लागि कारागार चलान

कलैया । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जना कारागार चलान भएका छन् ।

स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकै प्रेमि भनिने राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मोलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी कृष्ण प्रसाद दहालले जानकारी दिए ।

उनका अनुसार हत्या प्रकरणमा जिल्ला अदालत बारामा पुस १६ गते ११ जना विरुद्ध कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएकोमा पुस १७ गतेदेखि लगातार पेशीको क्रममा मंगलबार ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । बारा जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले आरोपितहरू ११ जनामध्ये ७ जनालाई कारागार पठाउने आदेश दिएको हो भने बाँकी ४ जना हालसम्म फरार रहेको सूचना अधिकारी दहालले जानकारी दिए ।

फरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव रहेका छन् । उनीहरु विरुद्ध अदालतले कानुन बमोजिम म्याद जारी गरेको उनले बताए । यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन् भने घटनाको मुख्य सुटर भनिएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंह अस्पतालमा उपचारार्थ छन् । उनलाई बारा प्रहरीले गत पुस १२ गते राति नेपाल भारत सीमा क्षेत्रबाट खुट्टामा गोली हानी पक्राउ गरेको थियो ।

रुपेशको हत्या भएकै दिन प्रहरीले उनका प्रेमिका भनिएकी राधा सहित केहीलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो तर मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार थिए । प्रहरीको करिब २ महिनाको प्रयासपछि बारा प्रहरीले पुस १२ गते राति बाराको बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईट स्थित गोली चलाएर मुख्य सुटर भनिएका सिंहलाई पक्राउ गरेको थियो । उनी अहिलेपनि उपचारार्थ छन् ।

बारा प्रहरीलाई कडा चुनौति दिदै कात्तिक १३ गते दिनदहाडै सदरमुकाम कलैयामा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफ (स्वणर्कार) लाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

वीरगंज महानगरको १४ औँ अधिवेशन : चालु आ.ब.को बजेट २५ करोड बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकाको नगरसभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जनपनि गरेको छ ।

बुधबारदेखि सुरु १४ औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो ।

अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोडबाट बढाएर ३ अर्ब ४६ करोड पु¥याएको हो । अधिवेशनले खानेपानीका लागि महानगरबासीको ४ हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप छुट्याएको नगरभामा मेयर राजेशमान सिंहले बताए ।

भारतीय दूतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको महानगरका मेयर सिंहले बताए । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरि धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरेको उनले बताए ।

यस्तै बुधबारदेखि सुरु नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरु पनि पेश गरे ।वीरगन्ज महानगर सभाको कार्य संचालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्बद्र्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेश गरिएको हो ।
साथै वस्ति विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयकपनि पेश भएको छ ।

आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । बुधबारदेखि सुरु नगरसभामा उपमेयर इम्तियाज आलम तथा नगरसभा सदस्यहरुको सहभागिता रहेको छ ।

युवाद्वारा वीरगंजमा सञ्चालित ‘यूथ एक्सेस’ परियोजनाको अनुगमन

वीरगंज । गैरसरकारी संस्था ‘युवा’ द्वारा वीरगंजमा तिन वर्षदेखि सञ्चालित यूथ एक्सेस परियोजनाको अनुगमन गरिएको छ । 

दातृ तथा सहयोगी संस्था अमेरिकाको वाशिङटन राज्यस्थित सियाटल सहरमा प्रधान कार्यालय रहेको प्लान्ड प्यारेनहुड अफ ग्रेट नर्थवैस्ट हवाई, अलास्का, इन्डियाना क्यान्टकी (पिपिजिएनएचएआईके) नामक संस्थाका ग्लोबल कार्यक्रमहरूका निर्देशक डायन बुस्लि र संस्थाका क्षमता अभिवृद्धि विशेषज्ञ अनुपा ज्ञवालीले परियोजनाको अनुगमन गरेका हुन् । उनीहरूसँगै युवाका कोषाध्यक्ष रितेन्द्र बडूले पनि परियोजनाको अनुगमनमा आएका थिए । 

शनिवार वीरगंज आइपुगेको अनुगमन टोलीले वीरगंजका तिन वर्षका यूथ च्याम्पियनहरूसँग छलफल गरेको थियो । यूथ च्याम्पियनले गरेका कामसँगै उनीहरूले सिकेका कुराको कार्यान्वयनका विषयमा छलफल भएको यूथ एक्सेस परियोजनाका वीरगंज संयोजक आशु कुमार सर्राफले बताए । उनकाअनुसार यूथ च्याम्पियनले युवासँग आबद्ध भएर सिकेका कुरा तथा भोगाइसँगै काम गर्दा आइपर्ने चुनौतीका बारेमा पनि चर्चा भएको थियो । 

यस्तै आइतबार यूथ च्याम्पियनहरूले गर्ने कामको अनुगमन गर्न उक्त टोली वीरगंज महानगरपालिका – २६ बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा पुगेको थियो । सुरक्षित गर्भपतन सेवा प्रवाह गर्ने वीरगंजस्थित मेरि सर्भिस सेन्टरको पनि टोलीले भ्रमण गरेको थियो । भेटघाटका क्रममा सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवा प्रवाहका बारेमा जानकारी दिएका थिए ।

सोमवार वीरगंजस्थित ममता विद्या मन्दिरमा पुगेर यूथ च्याम्पियनले सुरक्षित गर्भपतन र लैङ्गिक तटस्थ भाषा, लैङ्गिक समानता, एलजिबिटीक्युआईए प्लसका सम्बन्धमा प्रस्तुति दिएका थिए । उक्त सत्रको पनि अनुगमन टोलीले अनुगमन गरेको थियो । 

वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल यादव र प्रतिनिधि अनिशकान्त कुशवाहसँग पनि भेटघाट गरेको सर्राफले जानकारी दिए । भेटघाटका दौरान परियोजनालाई अझै प्रभावकारी बनाउने र एकआपसमा समन्वय तथा सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । युवाले बृहत्तर यौनिकता शिक्षा बारेमा १ देखि १२ कक्षा सम्मको लागि तयार पारेको पाठ्यक्रम वीरगंज महानगरले पनि आफ्नो पाठ्यक्रममा समावेश गर्ने बारेमा समेत छलफल भएको थियो ।

साथै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्‍जन साहसँग नारायणी अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा छलफल भएको थियो । बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका बारेमा पाठ्यक्रममा समावेश गर्न डा. साहले आग्रह गरे । शिक्षकहरूलाई पनि बृहत्तर यौनिकता शिक्षाका बारेमा प्रशिक्षण दिएर अध्यापनमा सहज बनाउनुपर्ने डा. साहको सुझाव थियो । 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुरेन्द्र चौधरी, ओसीएमसी प्रमुख हेमा थापा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृति अग्रवालसँग पनि टोलीले भेटघाट गरेको थियो । 

सुरक्षित गर्भपतनसँगै स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालासँगको भेटघाट तथा छलफलपश्चात् प्राप्त सुझावहरूलाई आगामी दिनमा आत्मसाथ गर्ने युवाका कोषाध्यक्ष रितेन्द्र बडूले बताए । 

अनुगमनका क्रममा परियोजना प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै निर्देशक डायन बुस्लिले खुशी व्यक्त गरिन् । यस परियोजनाको पहुँचलाई ग्रामीण क्षेत्रमा पनि बिस्तार गर्न आग्रह गर्दै उनले युवामैत्री स्वास्थ्य सेवाको लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

पर्सामा एक शिक्षककाे कुटपिटबाट विद्यार्थी घाइते, शिक्षक प्रहरी नियन्त्रणमा

वीरगंज । विद्यार्थीलाई कुटपिट गरेकाे आराेपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ मा रहेकाे गाेल्डेन गल्ब बाेर्डिङ्ग स्कुलका शिक्षक शशि यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे

शिक्षक यादवकाे कुटपिटबाट गाेल्डेन गल्ब स्कुलका कक्षा ३ का विद्यार्थी १२ बर्षिय प्रितम साह घाइते भएका छन् । घाइते प्रितमकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे आँखा र शरिरकाे विभिन्न भागमा गम्भिर चाेट लागेकाे छ ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएकाे भन्दै शशि सरले पाइपले कुटेकाे घाइते बालिका प्रितमले वताए । उनले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए, सरले विद्यालयमा किन नआएकाे भन्दै चाैथाे घण्टीमा पाइपले जाेड जाेडले हान्नु भयाे । मे घाइते भएपनि मेराे उपचार समेत गराउनु भएन “

बहुदरमाई नगरपालिकाकाे वडा नं. ६ गम्हरिया निवासी घाइते विद्यार्थी त्यहाँबाट बिन्दवासिनी पढन आउने गर्छन् । शिक्षककाे कुटपिटबाट दिउसाे १ बजे घाइते भएका प्रितम अपरान्ह ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएकाे घाइते विद्यार्थीका काका मुकेश साहले वताए । त्यसपछि घाइते विद्यार्थीकाे उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजरी दिने वताए । 

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक यादव प्रहरीकाे नियन्त्रणमा रहेकाे अस्थायी प्रहरी पाेष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक (असई) रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पाेष्ट बिन्दवासिनीकाे नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेकाे असई गुप्ताले जानकारी दिए ।

हाल वीरगंज महानगरपालिकाले नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा जाडाे विदा दिएकाे छ । तर केही निजी विद्यालयहरुले महानगरपालिकाकाे निर्देशनलाई अवज्ञा गर्दै विद्यालयहरु संचालन गर्दै आएका छन् । 

सशस्त्र प्रहरीद्वारा १६८ किलो गाँजा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगंजबाट १६८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअपमा फल्स बटम बनाई लुकाएर राखिएको १६ पोकामा रहेको १६८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल न. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगभ श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार बरामद गाँजालाई बलेरो पिकअपसहित चालक, सहचालकलाई नेपाल प्रहरीलाई बुझाइएको छ । उनीहरुको साथबाट ७८ हजार ५ सय नगद र २ थान मोवाइल पनि बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

वीरगंजबाट खैराे हिराेइनसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको टोलीले साेमबार सांझ वीरगंजबाट लागु औषध खैराे हिराेइनसिहत २ जनालाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ८ स्थित सडकखण्डबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय बिनोद प्रसाद गुप्ता र सोही ठाउँका ३८ वर्षीय फिरोज चौधरी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

शंकास्पद अवस्थामा भेटिएपछि चेकजाँच गर्दा बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए । 

बरामद १ सय २ ग्राम खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थसहित निजहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए । 

पुर्व राजा ज्ञानेन्द्रको सिमरामा भव्य स्वागत

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको बाराको स्थित सिमरामा सोमबार भव्य स्वागत गरिएको छ ।

भैरहवाबाट स्थल मार्ग हुंदै सोमवार अप्रहान्न सिमरा पुगेका शाहलाई नागरिक अभिनन्दन मुल समिति वीरगंजको नेतृत्वमा भव्य स्वागत गरिएको हो ।

निकट भविष्यमा वीरगंजमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दनका लागी नेपाली कांग्रेसका वरिष्ट नेता अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा गठित मुल समितिले स्वागत गरेको हो ।

वीरगंजमा हुने नागरिक अभिनन्दनका साथै बारा र रौतहट जिल्लामा धार्मिक भ्रमणका लागी सिमरा स्थित प्रभुवासमा आएका पुर्व राजा शाहलाई मुल समितिका महासचिव हिरा बहादुर चन्द, कोषाध्यक्ष राजकुमार सिंधी, प्रचार प्रसार उप–समिति संयोजक मानव सेवक लगायतको नेतृत्वमा रहेका हजारौ सर्वसाधारणले स्वागत गरेका हुन् ।

चिसाे बढ्दै गएपछि पर्साका विद्यालयहरु बन्द हुँदै

वीरगंज । चिसाे बढ्दै गएपछि पर्साकाे पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् ।

तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएकाे छ । हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी पालिकाहरुले विद्यालयमा विदा दिन्न थालेका हुन् ।

पर्साकाे पोखरिया नगरपालिकाले विद्यालयहरुमा ६ दिन जाडाे विदा दिएकाे छ । बढदो अत्याधिक सितलहरको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पुस २४ गते मंगलबारदेखि पुस २९ गते आइतवार सम्म नगरपालिका अन्तर्गतका विद्यालयहरु बन्द रहने पाेखरिया नगरपालिकाका निमित प्रमुख प्रमाशकिय अधिकृत अजय कुमार श्रीवास्तवले वताए ।

शौक्षिक क्यालेन्डर अनुसार नगरपालिका अन्तर्गतका बाल बिकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

यसैगरी पर्सा कै छिपहरमाई गाउँपालिकाले विद्यालयहरुमा ३ दिन हिउँदे विदा दिएकाे छ  |

केहि दिनदेखि चिसो बढ्दै गईरहेको हुँदा विधार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस २४ देखि पुस २६ गते सम्म वर्षे विदाबाट कट्टा हुने गरी छिपहरमाई गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विधालयमा जाडो विदा दिईएको निमित प्रमुख प्रसाशकिय अधिकृत शम्भु साहले जानकारी दिए ।

यसैगरी पर्सा कै धोबीनी गाउँपालिकाले पनि विद्यालयहरुमा ७ दिन हिउदे बिदा दिएकाे छ ।

केही दिनदेखि मौसम प्रतिकुल रहेको र अत्यधिक जाडो भई रहेकोमा शिक्षा नियमावली २०५९ (संशोधन सहितको) नियम ८५ को उपनियम ३ मा व्यवस्था भए अनुसार हिउदो विदाबाट कट्टा हुने गरि पुस २४ गतेदेखि माघ १ गते सम्म आदेश विधालय बन्द रहने धाेबिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले जानकारी दिए ।

यसैगरी पर्सा कै जगरनाथपुर गाउँपालिकाले विद्यालयहरुमा ६ दिन जाडो विदा दिएकाे छ ।

बढदो अत्याधिक सितलहरको कारण बालबाललिकाहरूको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पुस २४ गते मंगलवारदेखि पुस २९ गते आईतवार सम्म शैक्षिक क्यालेन्डर अनुसार जगरनाथपुर गाउँपालिका अन्तर्गतका वालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विधालयहरु बन्द रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशाेक कुमार सिंहले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीमा वीरगंजका सयाैं जनाले गरे प्रबेश

वीरगंज । नेकपा (एकिकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएकाे बताएका छन् । वीरगंजमा आयाेजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले भने, “याे देश राजामहाराजाकाे देश हाेइन । जनताकाे देश हाे । अब राजा आउने कल्पना नगरे हुन्छ ।”
 
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेकाे जिकिर पनि गरे । उनले देशमा भ्रष्टाचारका विरुद्ध नेकपा  एकिकृत समाजवादी अगाडि बढेकाे बताए । उनले भने,`देशलाई समृद्धिकाे बाटाेमा लैजान नेताहरु भ्रष्टचारबाट बाहिर निस्कनु पर्छ, मुलुक भ्रष्टाचार मुक्त हुनु पर्छ ।”
 
नेपालले युवाकाे विदेश पलायन राेक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जाेड दिए । यसका साथै नेपालसित पैसाको कमी भएका कारण विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने उनकाे भनाई थियाे । 
 
नेपालमा खनिज पदार्थको उत्खन्न गर्न सके देशमै नयाँ नयाँ उद्योगधन्दा बिस्तार गर्न सकिने नेपालले वताए । ‘धेरै–धेरै खनिज पदार्थ उत्खन्न गर्नुभयो भने खनिज पदार्थबाट पनि नयाँ–नयाँ उद्योग धन्दा खेल्न सकिन्छ,’ उनले भने, ‘हामीकहाँ बरु पैसा कम छ, विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छ।’
 
एकीकृत समाजवादी पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा विभिन्न दलबाट सायाैं जनाले एकीकृत समाजवादीमा प्रबेश गरेका थिए ।
 
कार्यक्रममा वीरगंजका व्यवसायी कुन्दन राैनियारकाे नेतृत्वमा विनाेद गुप्ता, संताेष गुप्ता, रुपक सर्राफ, रवि राैनियार, मदन राैनियार, राजु साह, लक्की राैनियार, अरमेन्द्र चाैरसिया, रणजित कर्ण, विकाश राैनियार, राकेश केशरी लगायतले एकीकृत समाजवादीमा प्रबेश गरेका थिए ।
 
यसैगरी वीरगंज २९ का मधु प्रसाद महताे, अविनाश महताे, पवन कुमार मण्डल, सूर्य महताे, वीरगंज १६ का रंजित साह कलवार, संदिप पटेल, विकी पटेल, वीरगंज २१ का हेमन्त चाैहान, विवेक मुखिया, विजय यादव, वीरगंज ११ का अर्जुन जयसवाल, उदय सर्राफ लगायतकाले पार्टीमा प्रबेश गरेका थिए ।
 
एकीकृत समाजवादी पर्सा जिल्ला अध्यक्ष बाल गाेपाल थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री नागेन्द्र चाैधरी, प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ, पार्टीका पाेलिट ब्यूराे सदस्य रामचन्द्र साह, सरला यादव, पुष्पा कर्ण, चिरन्जीवी अचार्य, दिनेश राई, लेखा समिति सदस्य किशाेरी कुशवाहा, पर्सा जिल्ला उपाध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवनान लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन पर्सा जिल्ला सचिव बिक्रम चाैरसियाले गरेका थिए । 
 

यस अघि बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा पनि नेकपा एकीकृत समाजवादीकाे पार्टी प्रबेश कार्यक्रम भएकाे थियाे । कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।

नेकपा एकिकृत समाजवादीका परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममै अनिल कुमार साहकाे अध्यक्षतामा नेपाल रिटर्नी एशाेसियसनकाे बारा जिल्ला कमिटी गठन पनि गरिएको थियाे ।

स्व. गोपाल गिरी पत्रकारिता पुरस्कार बृजलाल पासवालाई प्रदान गरिने

वीरगंज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार बृजलाल पासवाने पाउने भएका छन् । नेपाल पत्रकार महासंघको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे ।

पासवान समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् । 

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकमा उपाध्यक्ष सुष्मा शर्मा, सचिव भुषण यादव, कोषाध्यक्ष सञ्जिव मिश्रा लगायत कार्य समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ । 

गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगंज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको छ ।  गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केशरी र गया यादव पुरस्कृत भइसकेका छन् ।