Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

स्थानिय अधिकार कार्यक्रमकाे बार्षिक समिक्षा सम्पन्न

spot_img
spot_img

वीरगंज । एश्क्सन एड नेपाल र दिब्य बिकास स्राेत केन्द्रको साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमकाे उपलब्धि तथा प्रभावकारिताकाे बारेमा बार्षिक समिक्षा कार्यक्रम बुधार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिती पर्साका प्रमुख निरन्जन सर्राफकाे सभापतित्वमा सम्पन कार्यक्रमममा वाेल्ने वक्ताहरुले कार्यक्रमकाे प्रभावकारिताकाे बारेमा चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख सर्राफले संस्थाले संचालन गरेकाे कार्यक्रमकाे उपलब्धि अनुगमनकाे क्रममा देखिएकाे वताए । उनले संस्थाकाे प्रशंसा गर्दै स्थानिय तहहरु भन्दा धेरै राम्राे काम गरेकाे वताए ।

प्रमुख सर्राफले जिल्ला समन्वय समिति दिव्य विकास स्राेत केन्द्र समन्वय र सहकार्य गर्न तयार रहेकाे वताए । उनले भने “हामीसंग पनि थाेरै बजेट छ । शिक्षा र स्वास्थ्यको सवालमा हामी पनि तपाईहरुसंग सहकार्य गर्न तयार छाैं । हामीले सहयाेग गर्नु पर्ने याेजना तपाईहरु लिएर आउनुस हामी सहयाेग गर्छाैं ।”

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रका खनालले शुशासनका पाटलाई पनि कार्यक्षेत्रका पालिकाहरुमा अगाडी बढाउनु पर्ने संस्थालाई सुझाव दिए । उनले शुशासन भए हाम्राे समाज छिटो विकास तिर अगाडी बढने बताए । ठुलो लगानी भए पनि शुशासन भएन भने बिकृती बढने भएकाे उनले सचेत समेत गराए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले निश्चित पालिकामा मात्र सिमित नरही बाकी पालिकाका बिभिन्न वडामा पनि कार्यक्रम संचालन गर्न जरुरी रहेकाे वताए । उनले अन्य पालिका पनि कार्यक्रम संचालन भए त्यहाँका गरीब, दलित, जनजाती तथा पछाडी पारिएको समुदायमा शिक्षा, स्वास्थ्य, राजनिती तथा आर्थिक सवालहरुमा सुधार हुने वताए ।

संस्थाले संचालन गरेकाे कार्यक्रमकाे उपलब्धि र प्रगती बारे स्थानिय अधिकार कार्यक्रमकी कार्यक्रम संयाेजक रिना चाैधरी प्रस्तुती गरेका थिइन । प्रस्तुती मार्फत उनले सडक बालबिालिकाहरुको लागी बालगृह संचालन लगायतका उल्लेखनिय कामहरु संस्थाले गरेकाे वताइन । चौधरीका अनुसार लैगिंक हिंसामा परेका ३३ जना मध्ये १७ जनालाई न्याय दिलाउन संस्था सफल भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख पुरन कुर्मी, दिब्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चौहान लगायतकाले पनि आ आफ्नाे सल्ला सुझाव सहितका मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजिकरण संस्थाका कार्यकारी निर्देशक रामाकान्त पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...