Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

स्थानिय अधिकार कार्यक्रमकाे बार्षिक समिक्षा सम्पन्न

spot_img
spot_img

वीरगंज । एश्क्सन एड नेपाल र दिब्य बिकास स्राेत केन्द्रको साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमकाे उपलब्धि तथा प्रभावकारिताकाे बारेमा बार्षिक समिक्षा कार्यक्रम बुधार वीरगंजमा सम्पन्न भएकाे छ ।

जिल्ला समन्वय समिती पर्साका प्रमुख निरन्जन सर्राफकाे सभापतित्वमा सम्पन कार्यक्रमममा वाेल्ने वक्ताहरुले कार्यक्रमकाे प्रभावकारिताकाे बारेमा चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख सर्राफले संस्थाले संचालन गरेकाे कार्यक्रमकाे उपलब्धि अनुगमनकाे क्रममा देखिएकाे वताए । उनले संस्थाकाे प्रशंसा गर्दै स्थानिय तहहरु भन्दा धेरै राम्राे काम गरेकाे वताए ।

प्रमुख सर्राफले जिल्ला समन्वय समिति दिव्य विकास स्राेत केन्द्र समन्वय र सहकार्य गर्न तयार रहेकाे वताए । उनले भने “हामीसंग पनि थाेरै बजेट छ । शिक्षा र स्वास्थ्यको सवालमा हामी पनि तपाईहरुसंग सहकार्य गर्न तयार छाैं । हामीले सहयाेग गर्नु पर्ने याेजना तपाईहरु लिएर आउनुस हामी सहयाेग गर्छाैं ।”

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रका खनालले शुशासनका पाटलाई पनि कार्यक्षेत्रका पालिकाहरुमा अगाडी बढाउनु पर्ने संस्थालाई सुझाव दिए । उनले शुशासन भए हाम्राे समाज छिटो विकास तिर अगाडी बढने बताए । ठुलो लगानी भए पनि शुशासन भएन भने बिकृती बढने भएकाे उनले सचेत समेत गराए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले निश्चित पालिकामा मात्र सिमित नरही बाकी पालिकाका बिभिन्न वडामा पनि कार्यक्रम संचालन गर्न जरुरी रहेकाे वताए । उनले अन्य पालिका पनि कार्यक्रम संचालन भए त्यहाँका गरीब, दलित, जनजाती तथा पछाडी पारिएको समुदायमा शिक्षा, स्वास्थ्य, राजनिती तथा आर्थिक सवालहरुमा सुधार हुने वताए ।

संस्थाले संचालन गरेकाे कार्यक्रमकाे उपलब्धि र प्रगती बारे स्थानिय अधिकार कार्यक्रमकी कार्यक्रम संयाेजक रिना चाैधरी प्रस्तुती गरेका थिइन । प्रस्तुती मार्फत उनले सडक बालबिालिकाहरुको लागी बालगृह संचालन लगायतका उल्लेखनिय कामहरु संस्थाले गरेकाे वताइन । चौधरीका अनुसार लैगिंक हिंसामा परेका ३३ जना मध्ये १७ जनालाई न्याय दिलाउन संस्था सफल भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख पुरन कुर्मी, दिब्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चौहान लगायतकाले पनि आ आफ्नाे सल्ला सुझाव सहितका मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजिकरण संस्थाका कार्यकारी निर्देशक रामाकान्त पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...