Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 357

३५ लाख बराबरकाे लत्ताकपडा तथा खुद्रा सामानसहित ट्रक पक्राउ

वीरगंज । जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डकचोक स्थित सडकखण्डबाट ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगंज विराटनगरतर्फ जाँदै गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।

लोड रहेको मालबस्तुहरु विलमा उल्लेखित भन्दा बढी लोड रहेको आसंका रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।

उक्त मालवाहक ट्रकभित्र कपडा तथा खुद्रा समानहरू ३५ लाख बराबरको रहेकाे आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको हाे ।

मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

वीरगंज । निर्वाचन आयाेगले रिक्त भएकाे ठाउँमा उपनिर्वाचन गराउन तयारी थालेकाे छ । आयाेगले रिक्त रहेकाे ठाउँहरुमा उपनिर्वाचन गराउन तयारी अन्तर्गत मतदाता नमावलीमा नाम दर्ता गराउन आह्वान समेत गरेकाे छ ।

आयाेगले साेमबार प्रेस विज्ञप्ती जारि गर्दै वि.सं. २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २३ पदहरू रिक्त भएको जानकारी गराएकाे छ ।

आयाेगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ती जारि गर्दै रिक्त रहेकाे उक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको त्यसकाे लागि आन्तरिक तयारी थालिएकाे जानकारी गराएका छन् ।

आयाेगले जारि गरेकाे विज्ञप्तीमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ । साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ ।

मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ । उल्लेख गरिएकाे छ ।

मतदाता नामावलीमा आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्ने कार्यमा सरिक भई आफ्नो मताधिकार सुरक्षित गर्नुहुन आयोग सम्बन्धित सबैमा विज्ञप्ती मार्फत आग्रह समेत गरेकाे छ ।

मधेश प्रदेशकाे राैतहट जिल्लाकाे इशनाथ नगरपालिकाकाे वडा नं. ७ का वडाध्यक्ष र राैतहट कै राजपुर नगरपालिकाकाे वडा नं. ६ का वडाध्यक्षकाे पद रिक्त रहेकाे छ । 

यसैगरी काेशी प्रदेशकाे इलाम निर्वाचन क्षेत्र नं. २ काे प्रतिनिधि सभा सदस्य र सुनसरीकाे गढी गाउँपालिका वडा नं. ६ र उदयपुरकाे त्रियुगा नगरपालिकाकाे वडा नं. १२ का वडाध्यक्ष पद रिक्त रहेकाे छ ।

त्यसैगरी बागमती प्रदेशकाे काठमाडाैं जिल्लाकाे किर्तिपुर नगरपालिका ४, काठमाडाैं महानगरपालिकाकाे वडा नं. १६, नुवाकाेटकाे ककनी गाउँपालिकाकाे वडा नं. २, मकवानपुरकाे हेटाैडा उपमहानगरपालिकाकाे वडा नं. १२ का वडाध्यक्ष र दाेलखाकाे गाैरीशंकर गाउँपालिकाकाे उपाध्यक्ष लगायतका पद रिक्त रहेकाे  निर्वाचन आयाेगले जनाएकाे छ ।

यी पदहरु रिक्त रहेकाे सबै ठाउँमा मतदाता नमावलीमा नाम दर्ता गराउनकाे लागि निर्वाचन आयाेगले आह्वान गरेकाे हाे ।

जन्मदिनको अवसरमा बहिरा विद्यालयका विद्यार्थीहरुलाई खाना

वीरगंज । छोराको जन्मदिनको अवसरमा वीरगंजको बहिरा विधालयमा अध्ययनरत विधार्थीहरुलाई एक छाक खाना खुवाईएको छ । बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी निवासी विन्देश्वर पटेलका छोरा चार वर्षिय विशु पटेलको जन्मदिन यसपाली वीरगंज महानगरपालिका वडा नं १३ स्थित राधेमाई टोलमा रहेको बहिरा विद्यालयमा अध्ययन गरिरहेको २५ जना विधार्थीहरुलाई एक छाक खाना खुवाएर मनाईएको हो ।

छाेराकाे जन्मदिनकाे अवसरमा विद्यालयमा अध्ययन गरिरहेका २५ जना विधार्थीहरुलाई एक छाक खानाको ब्यवस्था बहुअरी निवासी विन्देश्वर पटेलले गरेको विद्यालयकी अर्चना कर्णले जानकारी दिईन । उनी भन्छिन “ जन्मदिन मनाउनु अगाडी विशु पटेलका बुवा विन्देश्वर पटेल विद्यालयमा आएर आफ्ना कुरा हामीलाई राख्नुभयो । वहाको कुराले विद्यालयका समपूर्ण सर, मिसहरु एकदमै खुःसी भए । वहाको यो सामाजीक सदभावले विद्यार्थीहरुमा एक किसिमको खुःसी छायाे ।”

बेलाबखतमा विभिन्न सामाजीक व्यक्तित्वहरु यस विद्यालयमा आएर सहयोग गरिराख्नु हुन्छ । यसबाट हामीलाई पनि विद्यालय चलाउनमा सहज भएको अर्चनाले बताईन । विशुका बुवा विन्देश्वर पटेलले छोराको जन्मदिन यस विद्यालयमा मनाउन पाउँदा आफु र आफ्नो परिवार धेरै खुसी भएको बताए ।

उनले भने“ धेरै दिनदेखी मेरो मनमा एउटा सोच थियो कि छोराको जन्म दिनमा कुनै सामाजीक कार्य गरौ । ठीक त्यही समयमा एकजना मेरा साथीले बहिरा विद्यालयकाे बारेमा सुनाउनुभयो । उनको कुरा मलाई एकदमै राम्रो लाग्यो र उनको सुझाव अनुसार नै हामी परिवारका सबै सदस्यहरु विद्यालयमा पुगी छोराको जन्मदिन बहिरा विद्यार्थी खाना खुवाएर केक पनि काटयौ ।”

सो अवसरमा बहुअरी निवासी सन्नी साह, संदिप पटेल, शुसिल पटेल, विशुका चाचा सागर पटेल, विद्यालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, शिक्षक, शिक्षिका लगायत विधार्थीहरुको उपस्थिति रहेको थियो ।

गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार एलनलाई

वीरगंज । झरना साहित्यिक परिवार, वकैया, मकवानपुरले यस वर्षको पत्रकारिता पुरस्कार रामकुमार एलनललाई प्रदान गर्ने भएको छ । सोमबार झरनाले हेटौँडामा पत्रकार सम्मेलन गर्दै ११ हजार १ सय ११ रुपैयाँ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८०, एलनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव एवम् मधेशदृष्टि राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक हुन् ।

यस्तै, झरनाले साहित्य विधाका विभिन्न पुरस्कारहरु पनि घोषणा गरेको छ । २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान काठमाडौँकी डा. गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान मोरङका बाबुराम पोखरेललाई प्रदान गरिने भएको छ ।

१५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान मकवानपुरका साम्ब ढकाललाई दिइने भएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान स्याङ्जाका मिलन समीरलाई दिइने भएको छ ।

७ हजार ७ सय ७७ रुपैयाँ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी गजलकार बिमला कार्की ‘सुसं’लाई दिइने बताइएको छ । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान भरत प्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।

वकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई दिइने भएको छ । वकैयामा कला क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित ७ हजार ७ सय ७७ रुपैयाँ राशिको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान बाँसुरी बादक विष्णु घतानीलाई दिइने भएको छ ।

पुरस्कार फागुन १२ गते वकैया–८ शिखरपुरमा हुने झरना साहित्यिक महोत्सवमा दिइने छ । फागुन ११ र १२ गते महोत्सव आयोजना साहित्य र अन्य विषयमा छलफलसमेत हुने बताइएको छ ।

कार्यक्रममा झरनाका अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिव मसान उपासक, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संरक्षक जनार्दन खनालको उपस्थिति थियो ।

वीरगंजकाे पिपरामा श्री सिताराम नाम संकीर्तन महायज्ञ हुने

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा यहि माघ २८ गतेदेखि हुन लागेको श्री सिताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवं ९ दिवसिय श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

आइतबार यज्ञ स्थल वीरगंजस्थित पशुपति मन्दिरमा पत्रकार सम्मेलन गरेर महायज्ञ व्यवस्थापन मूल समितिले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकाे हाे ।

वीरगंजकाे पिपरास्थित चिनीमिलकाे जग्गामा रहेकाे पशु हुने महायज्ञ महायज्ञको कलश यात्रा भने माघ २७ गते बिहान निकालिने र महायज्ञ माघ २८ गतेदेखि सुरु हुने पत्रकार सम्मेलनमा महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास जी महराज (पगला बाबा) ले जानकारी गराए ।

उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ । महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका रमाइलाे मेला पनि  लाग्ने छ ।

९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको समितिले जनाएको छ ।

महायज्ञ मुल समितिको अध्यक्ष मुर्लीधर रुङ्गटाकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा संविधानसभा सदस्य अनिल रुङ्गटा, वीरगंज महानगरका पूर्व मेयर विजय कुमार सरावगी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, यज्ञ सन्चालक समितिका अध्यक्ष रामप्रबेश प्रसाद कुर्मी, उपाध्यक्ष रन्जन मिश्रा, सदस्य जितेन्द्र पटेल लगायतको उपस्थिति रहेकाे थियाे भने पत्रकार सम्मेलनकाे सहजिकरण महायज्ञ व्यवस्थापन समितिका सह काेषाध्यक्ष श्याम पटेलले गरेका थिए ।

महायज्ञकाे उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा गरिने भनिए पनि हाल सम्म राष्ट्रपति आउने कार्यक्रम कन्फर्म नभएकाे पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नेता एवम् संविधान सभा सदस्य रुंगटाले वताए ।

कानु समाज पर्साको बैठक सम्पन्न

अंकुश दैनिकले २५ बर्ष पुरा गरेकाे अवसरमा रजत महाेत्सव सम्पन्न

वीरगंज । अहिलेको लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । अहिलेको व्यवस्थामाथि विभिन्न प्रश्न उठीरहेको प्रति इङ्गित गर्दै उनले अहिलेको नेपालको व्यवस्था संसारकै उत्कृष्ट व्यस्था भएको दाबी गरेका हुन् । 

वीरगंजस्थित क्लासिक बैंक्वेटमा आयोजित अंकुश दैनिकको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै आफैले ल्याएको व्यवस्थाभित्र पनि विभिन्न निराशा छाएको बताए । उनले भने, अहिले देशमा कुनै खालको युद्ध पनि छैन, कसैले आक्रमण गरेको छैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो हुँदैछ, जलविद्युत, पर्यटनको क्षेत्र पनि सुधार हुँदैछ । युवामा जोश र जाँगरसँगै केही गर्ने हुटहुटी हुँदाहुँदै पनि निराशा छ, आत्मविश्वास गुमेको छ ।’

निराशालाई हटाउने र वास्तविक समस्याको पहिचान गर्ने उद्देश्यले नै नागरिकसँग भेट्न, संवाद गर्नका लागि मेची महाकाली यात्रामा निस्किएको थापाले बताए ।

सोही अवसरमा अंकुश दैनिकले पत्रिका सञ्चालनका लागि महत्वपूर्ण सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरेको छ । राम सर्राफ, ओमप्रकाश खनाल, अनिल तिवारी, केसी लामिछाने, गोबिन्द देवकोटा, बिजय चौहान, शत्रुघन नेपाल, तुलसी भण्डारी, छठु साह, मुकुन्द आचार्य, शिव पटेल, सन्तोष रन्जितकार, अर्जुन गुप्ता, राजन रौनियार लगायत २५ जना सम्मानित भएका हुन् ।

 त्यस्तै कबिर राणा, हरिहर बिरही र ईश्वरचन्द्र्र गौतमलाई दोसल्ला र सम्मान पत्रमार्फत सम्मान गरिएको थियो । 

अंकुश दैनिकका प्रधान सम्पादक तथा अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएकाे कार्यक्रममा रजत महोत्सवलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य एवम् जसपाका प्रमुख सचेतक प्रदीप यादव, क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, प्रेस काउन्सिलका पूर्व सभापति हरिहर बिरही लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

पत्रिकाले २५ बर्ष पुरा गरेकाे अवसरमा आयाेजित रजत महाेत्सव समाराेहकाे सहजीकरण माधुरी महतोले गरेकी थिइन् । 

लोककल्याणकारी विज्ञापनकाे रकम दोब्बर बढाउन समाजवादी प्रेस संगठनकाे माग

काठमाडौँ ।  स्वतन्त्र सञ्चारकर्मको घाँटी थिच्ने प्रावधानसहित कुनै पनि विधेयक अघि बढाइए समाजवादी प्रेस संगठन नेपालले आन्दोलनमा उत्रने चेतावनी दिएको छ । 

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकका विषयमा गम्भीर प्रश्नहरू उठेको बताउँदै संगठनले अहिले भइरहेको स्वतन्त्रता, स्वायत्तता र पाइरहेको सुविधालाई निश्चित गर्ने कानुनी आधार र संरचनाबिना विधेयकलाई अघि नबढाउन सरकारसमक्ष माग गरेको हो ।

संगठनका अध्यक्ष विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिकासहितका सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे मौन बसेको छ । अन्य सञ्चार विधेयकका मस्यौदामा समेत त्यसबारे प्रष्ट व्यवस्था नगरिएकोमा समाजवादी प्रेस संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकारले कुनै पनि बहानामा हाल सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन र त्यसबापतको रकम खारेज गर्न नहुने सुवेदीको भनाई छ । ‘प्रेस काउन्सिल ऐन विस्थापन गर्ने नाममा पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको रकम सुविधा खोस्न लागिएको भनी हालै सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई मात्र होइन, त्यस्तो सुविधा अनलाइन सञ्चारमाध्यमले समेत पाउनुपर्छ भन्ने हाम्रो संगठनको प्रष्ट मान्यता छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘विज्ञापन बजार फितलो भई मिडिया संकटमा परेको बेला राज्यले अपनत्व लिई सञ्चारमाध्यमलाई अनुदान बढाउनुपर्नेमा कानुन ल्याएर भइरहेकै सुविधा पनि खोस्न खोज्नु गलत र मूर्खतापूर्ण निर्णय हुनेछ । प्रेस काउन्सिलमा रहेको पत्रपत्रिका वितरण सम्परीक्षण समितिलाई सबै सञ्चारमाध्यम समेट्ने गरी संशोधन गर्नुपर्छ । र, हाल सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकमलाई दोब्बर बढाउनुपर्छ भन्ने हाम्रो माग छ ।’

नेपाली सञ्चार माध्यम र सांसदहरूको सुझाव समेतलाई बेवास्ता गर्दै हतार हतार सञ्चार मन्त्रालयले मिडिया काउन्सिल, आमसञ्चार, सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउन खोज्नु प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको संगठनको ठहर छ । त्यसमाथि हाल भइरहेको कानुनी संरचना र त्यसका आधारमा पाइरहेको सुविधा खोस्न प्रेस काउन्सिल ऐन नै खारेज गर्न खोज्नु आपत्तिजनक भएको संगठनको भनाई छ । 

‘पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउँदै सरकार र प्रेसबिचको बलियो पुल हुने खालको काउन्सिल हुनुपर्ने हाम्रो मान्यता हो । यस विपरीत सरकारै हाबी हुने खालको मिडिया काउन्सिल विधेयक कुनै हालतमा स्वीकार्य हुने छैन । विश्वव्यापी मान्यताविपरित ल्याउन खोजिएको यो विधेयकले नेपाल विश्व मै स्वतन्त्र प्रेसविरोधी देशको रूपमा चिनिने खतरा हुन्छ । यही मिडिया काउन्सिल विधेयकलाई लिएर डाबोस सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय जगतमै प्रश्न उठाइएको स्मरणीय छ,’ विज्ञप्तिमा उल्लेख छ ।

रामजानकी मठ भेडिहारीका पुजारी भगतकाे निधन

वीरगंज । श्री रामजानकी मठ भेडिहारीका पुजारी बिरा राम भगतकाे निधन भएकाे छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी दलित पुजारी ६८ बर्षिय भगतकाे बुधबार विहान निधन भएकाे हाे ।

दुई दशक अगाडीदेखी नै श्री रामजानकी मठ भेडिहारीको पुजारी भई पुजाआजा गर्दै आएका भगतको बुधबार विहान मृत्यु भएको स्थानिय ताजिन्द्र साह कलवारले बताए ।

हाम्राे समाजमा छुवाछुतको भावना बिद्धमान हुँदा हुँदै भगत भेडिहारीस्थित मन्दिरका पुजारी दुई दशकदेखि थिए । पुजारी भगत केही दिन देखी क्यान्सर पिडीत थिए । गरीब परिवारका भगतकाे भरतपुर अस्पतालमा उपचार भएपनि क्यान्सर निकाे हुन सकेकाे थिएन ।

भगतकाे आफनै गाउँस्थित आर्यघाटमा दाहसंस्कार भएको परिवारिक स्राेतले जनाएकाे छ ।

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्नेहरुलाई कारबाही गर्न माग

वीरगंज । हिन्दु समाज वीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमा हिन्दु धर्मलाई लक्षित गरेर अश्लिल शब्द प्रयाेग गरी गाली बेइज्जती गरेर धार्मिक सद्भभाव भड्काउने तत्वहरुलाइ कारबाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएकाे छ।

सदियाैंदेखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्ने नियतले केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै हिन्दु युवा सामजले चिन्ता व्यक्त गरेको छ।

सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने, हिन्दु धर्मलाई निसाना बनाई गाली बेइज्जती गर्ने कार्य भइरहेकाे भन्दै हिन्दु समाजले त्यस्ता व्याक्तिहरुकाे पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको टाेलीमा हिन्दु समाजका राजा गुप्ता, सागर सरार्फ, श्याम रौनियार, सौरभ पटेल, ओमप्रकाश गुप्ता, प्रज्वल डंगोल, विशाल गुप्ता, सोनु पटेल, राजन साह, विजय साह लगायतकाे सहभागीता रहेको थियो ।