Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेकपा एस पर्साकाे अध्यक्षमा पुन: बालगाेपाल थापा निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजवादी) पर्साको अध्यक्षमा पुन: बालगोपाल थापा निर्विराेध निर्वाचित भएका छन् । पार्टीकाे ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिबार थापाकाे अध्यक्षतामा ७९ सदस्य जिल्ला कमिटी सर्वसहमत चयन भएकाे हाे ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा बिक्रम चौरसिया, शंकर कुमार कर्ण, सचिवमा गंगाबहादुर खड्का, उप सचिवमा मंजुर आलम, टेकनारायण महतो, योग माया तमांग रहेका छन् ।

त्यसैगरी नवनिर्वाचित कमिटीकाे सदस्यमा रमेश चाैधरी, मदन कुर्मी, रामनारायण महताे, रेविन्द्र कार्की, सुशिल हजारा, श्याम प्रसाद हजारा, शान्ता महर्जन, जयमती राम, शकुन्तला देवी पसावान, राधेश्याम सिंह, रामअयाेध्या राउत कुर्मी, प्रमाेद यादव, राजकुमार यादव, राजकुमार सर्राफ, उमेश ठाकुर, मनाेज पटेल, राजमहमद मियाँ, धमेन्द्र ठाकुर, अमरदेव पासवान, केशवर दास, रामस्वरुप राम लगायतका रहेका छन् । 

निर्वाचन कमिटीलाई शनिबार नै राधेमाई मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रममा बिच नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेशका ईन्चार्ज धर्मनाथ साहले सपथ खुवाएका थिए ।

यसअघि पुस २८ गते भएको अधिवेशनले राजनितिक तथा संगाठनिक प्रतिवेदन पारित गर्दै १२ गते निर्वाचन गर्ने मिति तोकेको थियोे । तर पर्तिका बहुसंख्यक सदस्यहरुले निर्वाचन अध्यक्ष मण्डललाई सर्वसहमती मै छान्ने जिम्मा दिएपछि सर्वसहमत रुपमै नेतृत्वको चयन भएकाे हो ।

राधेमाई मन्दिर स्थित भएकाे शपथ ग्रहण कार्यक्रममा पार्टीका स्थाई कमिटी सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज नागेन्द्र चाैधरी, मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव, मधेश प्रदेश सचिव सुधिर साह, केन्द्रीय सदस्य रामचन्द्र साह, मनाेन चाैधरी र मालती कुशवहा, लेखा समिति सदस्य किशाेरी कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नव निर्वाचित अध्यक्ष थापाले नेकपा एकिकृत समाजवादी पर्सालाई थप मजबुद बनाउँने तथा संगठन विस्तारको कार्यलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...