Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एस पर्साकाे अध्यक्षमा पुन: बालगाेपाल थापा निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजवादी) पर्साको अध्यक्षमा पुन: बालगोपाल थापा निर्विराेध निर्वाचित भएका छन् । पार्टीकाे ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिबार थापाकाे अध्यक्षतामा ७९ सदस्य जिल्ला कमिटी सर्वसहमत चयन भएकाे हाे ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा बिक्रम चौरसिया, शंकर कुमार कर्ण, सचिवमा गंगाबहादुर खड्का, उप सचिवमा मंजुर आलम, टेकनारायण महतो, योग माया तमांग रहेका छन् ।

त्यसैगरी नवनिर्वाचित कमिटीकाे सदस्यमा रमेश चाैधरी, मदन कुर्मी, रामनारायण महताे, रेविन्द्र कार्की, सुशिल हजारा, श्याम प्रसाद हजारा, शान्ता महर्जन, जयमती राम, शकुन्तला देवी पसावान, राधेश्याम सिंह, रामअयाेध्या राउत कुर्मी, प्रमाेद यादव, राजकुमार यादव, राजकुमार सर्राफ, उमेश ठाकुर, मनाेज पटेल, राजमहमद मियाँ, धमेन्द्र ठाकुर, अमरदेव पासवान, केशवर दास, रामस्वरुप राम लगायतका रहेका छन् । 

निर्वाचन कमिटीलाई शनिबार नै राधेमाई मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रममा बिच नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेशका ईन्चार्ज धर्मनाथ साहले सपथ खुवाएका थिए ।

यसअघि पुस २८ गते भएको अधिवेशनले राजनितिक तथा संगाठनिक प्रतिवेदन पारित गर्दै १२ गते निर्वाचन गर्ने मिति तोकेको थियोे । तर पर्तिका बहुसंख्यक सदस्यहरुले निर्वाचन अध्यक्ष मण्डललाई सर्वसहमती मै छान्ने जिम्मा दिएपछि सर्वसहमत रुपमै नेतृत्वको चयन भएकाे हो ।

राधेमाई मन्दिर स्थित भएकाे शपथ ग्रहण कार्यक्रममा पार्टीका स्थाई कमिटी सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज नागेन्द्र चाैधरी, मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव, मधेश प्रदेश सचिव सुधिर साह, केन्द्रीय सदस्य रामचन्द्र साह, मनाेन चाैधरी र मालती कुशवहा, लेखा समिति सदस्य किशाेरी कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नव निर्वाचित अध्यक्ष थापाले नेकपा एकिकृत समाजवादी पर्सालाई थप मजबुद बनाउँने तथा संगठन विस्तारको कार्यलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...