Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 358

साउथ जोनले उचाल्यो प्याब्सन जुनियर फुटबलको उपाधि

वीरगंज । प्याब्सन अन्तर विद्यालय जुयियर फुटबल प्रतियोगिताको उपाधि साउथ जोन माध्यमिक विद्यलयले उचालेको छ । बुधबार मधेश प्रदेश विपद व्यवस्थापन गुल्मको खेल मैदानमा प्याब्सन बीरगंजकाे आयोजनामा सम्पन्न फाईनल खेलमा लिटिल फ्लावर माविलाई २–१ ले स्तब्ध पार्दै. साउथ जोनले उपाधि उचालेको हो ।

साउथ जोनलाई उपाधि जिताउन खेलको पहिलो हाफमा कप्तान रितिक चौधरी र दोस्रो हाफको अन्त्यतिर आयुष चौरसियाले एक/एक गोलको योगदान दिए । पहिलो हाफमा एक गोल गरेको साउथ जोनले दोस्रो हाफमा अग्रता जोगाउन सकेको थिएन । दोस्रो हाफमा लिटिल फ्लावरका साहिल आलमले एक गोल फर्काएपछि खेलमा प्रतिस्पर्धा रोमान्चक भएको थियो ।

दोस्रो हाफमा साउथ जोनमा चौरसियाले एक गोल गरेपछि जित सुनिश्चित भएको हो । फाईनल खेलको म्यान अफ द म्याच साउथ जोनका राहुल पन्जियार भए । प्रतियोगिताको तेस्रो स्थानको उपाधि मनकामना माविले पाएको छ ।

बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा सफल एकेडेमीलाई १–० ले पराजित गर्दै मनकामना तेस्रो भएको हो । यस खेलको म्यान अफ द म्याच मनकामनाका प्रिन्स मगर भए ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका साउथ जोनका अंकित महतो बेस्ट डिफेन्डर, सफल एकेडेमी विकेन्द्र चौधरी बेस्ट गोलकिपर, लिटल फ्लायरका सवियो मगर बेस्ट मिड फिल्डर र साउथ जोनका रितिक चौधरी सर्वाधिक गोलकर्ता घोषित भए ।

विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई सो खेलको समापन समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, विशिष्ट अतिथि मधेश प्रदेश विपद् व्यवस्थापन गुल्मकी प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ, खेलप्रेमी दिनानाथ रौनियार, प्रेस सेन्टरका केन्द्रिय सदस्यद्वय निरज पिठाकोटे र कृष्ण उदास खनाल, प्रेस चौतारीका पर्सा अध्यक्ष तुलसी भण्डारी, एन प्याब्सन पर्सा अध्यक्ष राम राज श्रेष्ठ लगायतले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए ।

प्याब्सनका उपाध्यक्ष शिव गुप्ताको संयोकत्वमा भएको सो प्रतियोगिताको समापन समारोहमा भुतपूर्व फुटबल खेलाडी दिनानाथ रौनियार र मनोज भट्टराईलाइृ दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

खेलको समापन समारोह प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसिया र प्याब्सन पर्साका अध्यक्ष पूरण प्रधानको संयुक्त सभापतित्वमा सम्पन्न भएको थियो ।

नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

वीरगन्ज । नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी (विशेषज्ञ) सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।

अध्ययनका लागि मेडिकल कलेजले होस्टल बस्नैपर्ने बाध्यता गरेकोलाई हटाउनुपर्ने, अध्ययनपछिको इन्टर्नसिपमा दिईने पारिश्रमिक वृद्धि गर्नुपर्ने, कलेजको क्यान्टिनको मेस हटाउनु पर्ने र इन्टरनेटको वाईफाई हटाउनुपर्ने लगायतका माग गरेर मूल गेटमै धर्ना बसेर विद्यार्थीहरु आन्दोलन गरेका छन् । उनीहरुले कलेजका प्रशासन प्रमुख आविद हुसैन अन्सारी (चाँद) को राजिनामा समेत माग गरेका छन् ।

कलेजमा अध्ययन सकिएपछि गरिने इन्टर्नशीपमा दिईदै आएको १० हजार पारिश्रमिक बढाएर १५ हजार गर्नुपर्ने माग राखेको एक विद्यार्थीले बताए । चार दिनदेखि आन्दोलन गरेपनि कलेज प्रशासनले अहिलेसम्म कुनै सुनुवाई नगरेको आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । प्रशासन प्रमुख चाँदले विद्यार्थीहरुलाई राम्रो व्यवहार नगरेकोले राजिनामा माग गरेका हुन् ।

चार दिनदेखि विद्यार्थीहरुले गरेको आन्दोलनले पठनपाठन ठप्प भएपनि आधिकारिक कोही पनि व्यक्ति विद्यार्थीहरुको माग सम्बोधनको विषयमा भन्न नआएको आन्दोलन विद्यार्थीले बताएका छन् ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित भएको जानकारी पाएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्ष इश्क कुमारले संगठनको ध्यानाकर्षण भएकाे बताए ।

उनले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा बुझेको र मागहरु जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताए । कलेज प्रशासनले होस्टेल, तथा इन्टरनेट लगायतका सेवाहरुमा शुल्क वृद्धि गर्ने तर बर्षौदेखि त्यहि इन्टर्नशीपमा कार्यरत विद्यार्थीहरुको पारिश्रमिक नबढाउनु न्यायोचित नभएको उनले बताए ।

बारामा लागू औषध गाँजासहित १ जना पक्राउ

वीरगंज । बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी टोलिले मंगलबार विहान ८:४५ बजे बाराकाे जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट गिरीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए । 

टेढा रोडदेखि पर्साकाे मिलन चौक तर्फ जादै गरेको पैदल यात्री गिरीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको २ वटा झोला भित्र ५/५ किलोको दरले १० किलो लागू औषध गाँजा वरामद भएकाे प्रवक्ता न्याैपानले जानकारी दिए ।

फेला परेकाे लागु औषधसहित गिरीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

कृष्णा पटेल जनमत पार्टीमा प्रवेश

वीरगंज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्साका नेता कृष्णा पटेल जनमत पार्टीमा प्रवेश गरेका छन् ।

मधेस आन्दोलनका योद्धा, तत्कालीन नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पटेल मंगलबारदेखी बिधिवत रुपमा जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

पटेललाई एक कार्यक्रमका बिच जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफ, राजनीति समितिका सदस्य सिपु तिवारीले सदस्यता प्रदान गरेका हुन ।

साे अवसरमा जनमत पार्टीका केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, वीरगंजका युवा अध्यक्ष संजय सिंह, युवा नेताहरु लोकेश कर्ण, मनोज साह लगायतकाे उपस्थित रहेको थियो ।

पटेलकाे आबद्धताले पकहाँ मैनपुर गाउँपालिका तथा सम्पुर्ण पर्सा जिल्लामा जनमत पार्टी झनै बलियो एवं सुदृढ हुने अध्यक्ष सर्राफले बिश्वास व्यक्त गरे ।

नवजान र चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार महत, ठाकुर र पाेखरेललाई

वीरगंज । बाराकाे सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारा सहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ ।

बुधबार कृपा दैनिकको वीरगन्ज स्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले रु. ५० हजारको धनराशी रहेको नवजान स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका कृयाशिल पत्रकार फणी महत तथा सर्लाहीमा कृयाशिल पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महत र ठाकुरलाई सम्मान पत्र सहित रु. २५,२५ हजारका दरले नगद रकम सहित पुरस्कृत गर्ने निर्णय गरेको कृपा दैनिकका कार्यकारी सम्पादक एवम् पुरस्कार छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिए ।

यसरी नै कार्यकारी सम्पादक खनालकै पिता चन्द्रप्रसाद खनालको नाउँमा बिगत १६ बर्ष अगाडि स्थापना गरिएको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बाराकी कृयाशिल पत्रकार महिला शारदा पोखरेललाई नगद रु १० हजार सहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले जानकारी दिए ।

बिगत दुई बर्ष कोरोना सहित कृपा दैनिकका प्रधान सम्पादक नवराज उपाध्यायको निधन भएकाले स्थगित भएको पुरस्कार बितरण कार्यक्रम अब भने कृपा दैनिकको बार्षिकोत्सवमा हरेक बर्ष बितरण गरिने कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक एवम् पुरस्कार छनौट समितिका संरक्षक कमल कुमार उपाध्यायले बताए ।

आगामी फागुन ५ गते बाराको निजगढमा आयोजना गरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवका अवसरमा यी पुरस्कारहरु बितरण गरिने पनि उपाध्यायले जानकारी दिए । कृपा दैनिकले आफ्नो २० औं बार्षिकोत्सव यही फागुन ५ गते निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिरहेको छ ।

कृपा दैनिकले पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा(जानकी)देवी उपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादक नवराज उपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदान गर्न लागेको हो भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ ।

वीरगंजबाट खैरो हिरोईनसहित ३ जना पक्राउ

वीरगंज । प्रहरीले वीरगंजबाट खैराे हिराेइनसहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ का ६१ बर्षिय राजबली महतो, ४५ बर्षिय मनाेहर महताे र बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ का ३७ बर्षिय अबधेश प्रसाद पटेल रहेका छन् ।
 
बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले माघ १२ गते दउसाे १२ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थितबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए ।
 
उनका अनुसार चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित सडकखण्डमा तिनै जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै थिए ।
संकाष्पद देखिएका निजहरूलाई खानतलासी गर्दा राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम, मनोहर महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम र अबधेश प्रसाद पटेलकाे साथबाट १०० ग्राम खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेकाे हाे ।
 
लागु औषध सहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले जानकारी दिए ।

नेपालको पहिचान धेरै माथि गएको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगंज । परिवर्तनको क्रान्ति ल्याउने संकल्पसहित अघि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । वीरगंजस्थित नगर सभा गृहमा आयोजित प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट र नीति तथा कार्यक्रमलाई लोकतान्त्री बनाउने कार्यमा सरकार लागेको बताए । 

नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया लोकतन्त्रको पक्षमा सामेल नभएको बताउँदै उनले अर्काे आर्थिक बर्षदेखि सुधार गर्ने गरी गृहकार्य भइरहेको जानकारी गराए । बजेटको सिलिङ् तोक्ने विषयमा देखिएका अन्यौलतालाई चिर्दै सबै मन्त्रालयसँग सामुहिक बहस गरी सामुहिक हितमा सिलिङ् तोक्ने परिपाटीको विकास गर्ने प्रचण्डको भनाई छ । 

पूराना परियोजना पूरा नगर्ने र नयाँ नयाँ थप्दा समस्या भइरहेको हुँदा अब सबै आयोजना र परियोजनालाई पूरा गर्नेतर्फ सरकारले ध्यान केन्द्रीत गरेको उनले बताए । ‘केही समयदेखि विभिन्न देशहरुमा जाँदा नेपालको पहिचान धेरै माथि गएको छ भन्ने कुरा आफुले देखेर, भोगेर आएको छु । यसको पछि जनमत बनाउने कार्य तपाईको हो’ उनले भने । 

आजको  डिजिटलाइज्ड युगमा आईटीका विशेषताहरुलाई बुझ्नुपर्नेमा जोड दिँदै अहिलेको समयमा सूचना प्रविधिको क्षेत्रमा युग नै परिवर्तन भएको प्रचण्डको दावी छ । शान्ति, प्रगति र स्थिरताका विरुद्ध सामाजिक सञ्जालमा एउटा तत्व सक्रिय रहेको हुँदा त्यस्ता तत्वहरुको विरुद्ध जनतालाई जागरुप बनाउन पनि उनले आग्रह गरे । लामो समय, त्याग, योगदान र लामो बैचारिक बहसपछिको उपलब्धीमाथि प्रहार हुँदै आएको बताउँदै प्रचण्डले भने, ‘यो उपलब्धीलाई जोगाइराख्ने र सरकारले गरेका कामप्रति जनमत बनाउने जिम्मा प्रेस सेन्टरको हो । यो जिम्मेवारीलाई तपाईले पूरा गरीरहनुभएको छ । अझै खरो ढंगले उत्रिनुहोस् ।’

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विकास निर्माणका काम समयमै नसक्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सिंहले कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग यस्ताे आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै मेयर सिंहले भने,` ठेक्का सम्झाैता गरेर समयमा विकास निर्माणका काम नगर्ने ठेकेदारकाे प्रवृत्ति स्थानीय तहका लागि ठूलाे चुनाैती भएकाे छ । त्यसकारण कानून संशाेधन गरेर भएपनि समयमा काम नसक्ने ठेकेदारलाई कानूनी कारबाहीको दायरामा सरकारले ल्याउनु पर्छ ।´

फरक प्रसंगमा मेयर सिंहले पत्रकारीतामा सुधारकाे आवश्यकता रहेकाे पनि बताए । पित पत्रकारिता बढेकाेमा चिन्ता व्यक्त गर्दै उनले भने, पत्रकार आफैं अदालत,आफैं न्यायाधीश, आफैं अख्तियार बनेर समाचार लेख्ने गरेका छन् । याे गम्भीर चिन्ताकाे विषय हाे । यसमा पत्रकारले ध्यान दिनुपर्ने आवश्यक छ ।

स्थानीय तहमा पाँच वर्ष काम गर्नका लागि जनप्रतिनिधिहरु निर्वाचित भएकाे भए पनि दुई वर्ष वितिसक्दा समेत आवश्यक कर्मचारी अभावमा काम गर्न नसकिएको भन्दै तत्काल कर्मचारी पूर्तिको व्यवस्था मिलाइदिन आग्रह गरे ।

वीरगंजका श्रमजीवी पत्रकारहरुका लागि वीरगन्ज महानगरपालिकाले थुप्रै काम गरिरहेकाे उनले जानकारी गराए । वीरगन्ज महानगरपालिकाले आमसञ्चार प्राधिकरण गठन गर्नुका साथै लाेक कल्याणकारी विज्ञापन वितरण , ज्येष्ठ पत्रकारका लागि पेन्शनकाे व्यवस्था, पत्रकारका लागि आपतकालीन् काेष स्थापना लगायतका काम गरेकाे उनले सुनाए ।

प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव मातृका यादव, सचिव लिलामणी पाेखरेल, मधेश प्रदेशका उद्योग वाणिज्य मन्त्री सुनिता यादव, वन तथा वातावरण राज्य मन्त्री रहबर अन्सारी, प्रदेश सभा सदस्यहरु लगायतले सम्बोधन गरेका थिए । 

प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष, मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

सोही अवसरमा विधिन्न विधागत पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ । जसमध्ये उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कारबाट रुकुम पश्चिमका मनिष खड्का पुरस्कृत भएका छन् । त्यस्तै महोत्तरीकी भाग्यरेखा ठाकुर, वीरगंजका निरज पिठाकोटे मगर, दिपक गौतम, मकवानपुरकी भावना रिजाल लगायतलाई पुरस्कृत गरिएको हो । 

विद्युतीय चुलो प्रयोगकाे फाइदा सम्बन्धि अभिमुखिकरण सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. ३१ मा विद्युतीय खाना पकाउने स्टोभ प्रयोग गर्न र यसका फाइदाहरूलाई जानकारी गराउन छनौट गरिएको घरपरिवार र समुदायलाई सचेतनामुलक अभिमुखीकरण कार्यक्रम एंव विद्युतीय खाना पकाउने चुलो प्रयोग सम्बन्धि खुला प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरणका लागी विधुतिय चुलाको प्रयोग बढाउने नेपाल सरकारको लक्ष्यलाई टेवा पुर्याउने उदेश्य अनुरुप दिव्य विकास स्राेत केन्द्र, पर्सा र क्लिन कुकिङ्ग एलाइन्स (सिसिए) को साझेदारीमा वीरगंज महानगरपालिका क्षेत्र भित्र विद्युतीय चुलो प्रबर्धन तथा कार्बन उत्सर्जन न्यूनिकरण परिक्षण परियोजना अन्तर्गत मागमा आधारित विद्युतीय चुलो उपलब्ध गराउने र प्राइभेट सेक्टर इंगेजमेन्ट/विजनेश माेडलकाे अवधारणा अनुशार परिक्षण चरणमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा विरगंज महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादव, वीरगंज महानगरपालिका कै वडा नं. २७ का वडाध्यक्ष नारायण प्रसाद कुर्मी, सिसिएका नेपाल प्रतिनिधि करुणा बज्राचार्य, वडा प्रतिनिधि, बुद्धिजिवी, विभिन्न कार्यलयको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले कार्यक्रमको उदेश्य, लक्ष्य एंव आगामी रणनितिको वारेमा प्रस्तुतिकरण मार्फत जानकारी गराएका थिए ।

कार्यक्रमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुले ४ जना दाउरा प्रयोगकर्तालाई विधुतिय चुला हस्तान्त्रण गरेका थिए भने परियोजना संग सम्बन्धित प्राविधिक टोलीहरुले विधुतिय चुला संचालन एंव अन्य प्राविधिक कुराहरुको सहजिकरण गरेका थिए । कार्यक्रम संचालन दिव्य विकास स्रोत केन्द्रका सामाजिक परिचालक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए ।

वीरगंजका लागि पर्याप्त बजेट दिन प्रधानमन्त्री प्रचण्डसँग मेयर सिंहको माग

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेका छन् ।

सोमबार वीरगंजमा प्रधानमन्त्री प्रचण्डसंग पर्सा–बाराका स्थानीय तहका प्रमुखहरुको संवाद कार्यक्रममा वीरगंज महानगरका मेयर सिंहले वीरगंजलाई आर्थिक नगरी भनेर चिनिने भए पनि यहाँको विकासका लागि संघ सरकारले बजेट दिन सँधै उपेक्षा गर्ने गरेको वताए ।

उनले वीरगंज महानगरपालिका भए पनि महानगरको मापदण्ड अनुसारको न्यूनतम शहरी सुविधाबाट समेत बञ्चित रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डलाई सुनाउँदै मेयर सिंहले भने, ‘वीरगंजसंग विभेद गरिदिनु भएन । भरतपुर, ललितपुर महानगरको जस्तै वीरगंजलाई पनि सरकारले हेरिदिन पर्यो ।’

उनले सर्वोच्च अदालतमा वर्षौदेखि अड्किएको वीरगंजको मुख्य सडक विस्तार सम्बन्धी मुद्धा छिट्टै टुङ्ग्याइ दिन पनि प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरे । ‘सर्वोच्चमा वीरगंजको मुख्य सडक विस्तारको मुद्धाको पेशी २३ औं पटक सरिसकेको छ । अब अर्को पेशी फागुनमा परेको छ । उक्त मुद्धाको किनारा लगाउन सरकारले पहल गरिदिनु पर्यो ।’ उनले भने ।

यस्तै देशकै दोश्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्वार र विस्तारलाई राष्ट्रिय गौरबको योजनामा समावेश गरिदिन पनि प्रधानमन्त्री प्रचण्डसंग मेयर सिंहले माग गरे ।

मेयर सिंहले वीरगंजका लागि केहि ठूला परियोजना सहितको योजना सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न आग्रहसहितको पत्र पनि प्रधानमन्त्री प्रचण्डलाई बुझाए । जसमा अबको १/२ महिनामै फेरि वीरगंजमा चापकाल सुक्ने समस्या दोहोरिने सम्भावना भएकाले खानेपानी समस्या समाधानका लागि आवश्यक संख्यामा ओभरहेड ट्यांकी निर्माणका लागि आगामी बजेटमा ब्यवस्थापन गरिदिन माग गरे ।

यस्तै वीरगंज १७ र १९ मा अतिक्रमण मुक्त बनाइएको करीब ३५ बिघा जग्गामा पर्यटकीय स्थलका रुपमा आधुनीक ताल निर्माणको प्रकृया अगाडि बढाइएकाले त्यसका लागि आवश्यक बजेट विनियोजन गरिदिन पनि मेयर सिंहको आग्रह छ ।

यस्तै वीरगंजमा व्यवस्थीत ट्रान्सपोर्ट भिलेज, १३५ वर्ष पुरानो पुरातात्वीक तथा धार्मिक महत्व सहितको नृसिंह मन्दिर जिर्णोद्वार तथा सौन्दर्यकरण, घण्टाघर छेउको खाली जग्गामा पार्क निर्माण, सिर्सिया नदिको दुवैतर्फ तटबन्ध गरि १० किलोमिटरको कालोपत्रे सडक निर्माण, विन्दवासिनी मन्दिरको सौन्दर्यकरणका लागि आगामी नीति कार्यक्रममा बजेट विनियोजन गरिदिन आग्रह गरे ।

मेयर सिंहको आग्रहसहितको पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले वीरगंज महानगरका लागि मेयर सिंहले लिखित रुपमा पेश गरेका माग आगामी नीति कार्यक्रममा समेट्ने गरि बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । उनले भने, ‘स्थानीय तहका मुद्धा र समस्या सम्बोधन गर्ने गरी नै नयाँ नीति, कार्यक्रम तथा बजेट सरकारले बनाउदैँछ ।’ त्यसैका लागि सरकारले अहिलेदेखि नै काम थालिसकेको पनि उनले जानकारी गराए ।

तीन तहका सरकारबीच देखिको असन्तुलनलाई निराकरण हुने गरी नयाँ नीति, कार्यक्रम तथा बजेट ल्याउन सरकारले ध्यान केन्द्रित गरेको पनि उनले बताए । उक्त संवाद कार्यक्रममा पर्साका १४ र बाराका १६ पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता थियो ।

सेन्ट जेभियर्समा हाजरि जवाफ प्रतियाेगिता सम्पन्न

वीरगंज । वीरगंजस्थित सेन्ट जेभियर्स क्लेज शनिबार हाजरि जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ ।

चितवनकाे एमस एकाउन्ट उर्जाडस संस्थाकाे आयाेजना भएकाे प्रतियाेगितामा मिनिलैण्ड क्लेजका पवन कुमार कमकर प्रथम, साेही क्लेजका साहेब पण्डित द्वितिय भएकाे क्लेजका संयोजक दिपक कुमार पटेलले जानकारी दिए ।

प्रतियोगितामा मिनिलैण्ड क्लेज, वीरगंज पब्लिक क्लेज, ग्लोबल क्लेज, वीरगंज पब्लिक स्कूल, सेन्ट जेभियर्स क्लेज लगायतका वीरगंजका बिभिन्न म्यानेजमेन्ट पढाउने क्लेजका विद्यार्थीहरु सहभागि भएका थिए ।