Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

सनलाईट कलेजका नयाँ बिद्यार्थीहरुलाई स्वागत

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा रहेको सनलाइट प्लस २ कलेजको आयोजनामा शनिबार होटल भिस्वामा कक्षा ११ र बिबिएका विद्यार्थीहरुलाई स्वागत समारोह कार्यक्रम सम्पन्न भएको छ । 

सनलाइट कलेजका डाइरेक्टर डिके चौरसियाको अध्यक्षता भएकाे कार्यक्रमकाे उद्घाटन शिक्षा इकाई समिति पर्साका प्रमुख मोती प्रसाद भट्टले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख भट्टले निजी कलेजहरुले शिक्षा क्षेत्रमा पुर्याएकाे योगदानलाई सरकारले उच्च मुल्यांकन गरिरहेको बताए ।

सरकारी कलेजहरु भन्दा अहिले निजी कलेजहरुमा विद्यार्थीहरुको संख्या उल्लेखनीय मात्रामा बढीरहेको बताउँदै उनले यस कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुले उच्च  शिक्षा पाउने आशावादी आफू रहेको भट्टले बताए । यश कलेजका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने र त्यस कलेजका शिक्षक शिक्षिकाहरुबाट राम्रो शिक्षा पाउने आशा समेत आफुले लिएको भट्टले विश्वास व्यक्त गरे । 

कार्यक्रममा प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद, प्याब्सन पर्साका पुर्व अध्यक्ष पुरन प्रधान, प्याब्सन सल्लाहकार हरि श्याम ठाकुर, प्याब्सनका वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, प्राध्यापक उमेश चौरसिया, शिक्षकहरु दिनानाथ साह, कोडिनेटर राजन चौरसिया, वीर बहादुर पण्डित लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको स्वागत मनतब्य सनलाइट माविका प्रिन्सिपल आलोक चौरसियाले राखेका थिए भने सहजिकरण शिक्षक बलराम श्रेष्ठले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...