Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

पेन्सन बञ्चित शिक्षक समुह पर्साले बुझायो ध्यानाकर्षण पत्र

spot_img
spot_img

वीरगंज । नेपाल सरकारले जारी गरेको अध्यादेशमा शिक्षकलाई योगदानमा आधारित निवृत्तभरण कोषमा सहभागी गराउने व्यवस्था खारेज गर्न माग गर्दै नेपाल शिक्षक महासंघ पर्सालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पेन्सन बञ्चित शिक्षक समूह जिल्ला संघर्ष समिति पर्साले शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवलाई आज ध्यानाकर्षण पत्र बुझाएको हो । पेन्सन बञ्चित शिक्षक समुह पर्साका संयोजक राम बालक यादवको नेतृत्वमा पर्साका पेन्सन बञ्चित शिक्षकहरूको समुहले उक्त ध्यानाकर्षण पत्र बुझाउदै अध्यादेशमा गरिएको व्यावस्था विभेदकारी भएको भन्दै खारेजीको माग गरेको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले सरकार र शिक्षक महासंघ बीच विगतमा भएका सबै सम्झौताहरु अक्षर:स ऐनमा नसमेटिए ठूलो आन्दोलन हुने चेतावनी दिँदै ऐन जारी भएको मितिभन्दा अगाडि नियुक्त भएका शिक्षकहरूलाई पुरानै पेन्सन प्रणाली अनुसार पेन्सन लागू गर्नु पर्ने भन्दै
अध्यक्ष यादवले शिक्षा मन्त्री विद्या भट्टाराईले मौखिक रूपमा भन्दैमा शिक्षकहरू विश्वास नगर्ने बताए ।

सरकारले पुष २९ गते जारी गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ का केहि बुँदा स्वागत योग्य भएपनि योगदानमा आधारित निवृत्तिभरण कोष ऐनको परिच्छेद ४ को ९ (क) मा ( क१) थप गरी “शिक्षक सेवा’ भन्ने विषय थप गरेको र सो प्रावधानले २०७५÷१२÷०४ पछि नियुक्त शिक्षकहरुलाई भूतप्रभावी कानून लागू गर्ने अध्यादेश जारी गर्नु आफैमा गलत, अन्यायपूर्ण र घोर आपत्तिजनक रहेको संघर्ष समितिका जिल्ला सचिव विन्दुभूषण साहले बताए ।

सेवा अवधि अपुग भइ पेन्सन बाट बन्चित हुने (अस्थाई, राहत, करार) शिक्षकहरूको समेत नपुग सेवा अवधि गणना गरि पुरानै प्रणाली अनुसार पेन्सनको व्यवस्था समेत लागु गर्न माग पनि गरेको छ । नयाँ संघीय शिक्षा ऐन जारी नहुँदाका बखतसम्म पुरानै निवृत्तिभरण प्रणाली लागू गर्न र नयाँ ऐन जारीपछि मात्र शिक्षकहरुका लागि योगदानमा आधारित निवृत्तिभरण कोष ऐन लागू गर्न माग गरेको छ ।

विद्यालय शिक्षा विधेयक २०८० संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परामर्श चरणमा छलफल भईरहेको अवस्थामा सम्बन्धित सरोकारवालाहरूसँग विना छलफल सरकारद्वारा अध्यादेश जारी गलत रहेको संघर्ष समितिका पर्सा जिल्ला संयोजक रामबालक प्रसाद यादवले बताउनुभयो ।

विगतमा शिक्षकहरुको साझा छाता सङ्गठन नेपाल शिक्षक महासङ्घसंग भएका बिभिन्न सम्झौताहरु अक्षरश सम्बोधन हुनुपर्ने पेन्शन पञ्चित शिक्षकहरुको माग रहेको छ । उक्त प्रावधान खारेजी नभए सशक्त रुपमा आन्दोलनमा उत्रिने सम्पूर्ण पेन्शन बञ्चित पर्साका शिक्षकहरुले चेतावनी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...