Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लिटिल बडी प्री स्कुलको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । लिटिल बडी प्री स्कुलको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । लिटिल बडी प्री स्कुलका डाइरेक्टर बिजय बलको अध्यक्षमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत हरि राउत कुर्मीले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकृत कुर्मीले शिक्षा क्षेत्रको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकृत कुर्मीले बार्षिकाेत्सकाे अवसरमा आयाेजना गरिने कार्यक्रममा विद्यालयले वर्षभरि गरेका गतिविधिको बारेमा आफ्नो नानीहरूले के गरेका छन् भन्ने बारेमा अभिभावकले जानकारी लिने अवसर भएकाे बताए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले कार्यक्रममा विद्यालयका बालबालिकाहरुले गरेकाे प्रस्तुतीकाे प्रशंसा गरे । उनले अहिले विद्यालयले आफ्नो विद्यार्थीहरु मार्फत अभिभावकहरुलाई विभिन्न नृत्य नाटक गरेर सबैलाई हर्षित गर्ने काम विद्यार्थीहरुबाट भएको भन्दै खुशी समेत ब्यक्त गरे । 

वीरगंजस्थित क्लासिक ब्यांकेटमा भएकाे कार्यक्रममा प्याब्सन पर्साका पुर्व अध्यक्ष पुरन प्रधान, पुर्व उपाध्यक्ष शिवजी गुप्ता, वीरगंज महानगर अध्यक्ष एवम् लिटिल बडी प्री स्कुलका संचालक राहुल श्रीवास्तव, प्याब्सन नगर कोषाध्यक्ष सुरजबावु पटेल, प्याब्सन मधेस प्रदेशका सल्लाहकार लालबाबु कुर्मी, सल्लाहकार हरि श्याम ठाकुर, एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, प्याब्सन महानगर पुर्व अध्यक्ष आलोक चौरसिया, डिएभी आरबी केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्र, लिटिल बडी प्री स्कुलका डाइरेक्टर शम्या गङगाधरण, प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिङ्ग लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृतिक तथा नृत्य प्रस्तुति गरेका थिए । कार्यक्रममा स्वागत मनतब्य लिटिल बडी प्री स्कुलका संचालिका सिर्जना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमकाे संचालन संचारकर्मी निलिमा पाैडेलले गरेकी थिइन ।

पूर्वप्राथमिक तहको विद्यालयको रुपमा सञ्चालित लिटिल बडीले आगामी शैक्षिक सत्र २०८२ देखि कक्षा–१ पनि सञ्चालन गर्ने जनाएको छ । अभिभावकको माग अनुसार कक्षा–१ सञ्चालन गर्न लागिएको लिटिल बडीका प्रिन्सीपल विजय कुमार बलले जानकारी दिए । नेपालसँगै भारत, भुटान, बंगलादेशसहित १० देशमा लिटिल बडी प्रि–स्कूल स्थापित छ ।

लिटिल वडीकी शैक्षिक निर्देशक रामेया गंगाधरणले लिटिल बडीले उच्चस्तरीय सिकाई वातावरण प्रदान गर्ने प्रयास गरेको जानकारी दिए । उनले शैक्षिक निर्देशक गंगाधरणले कक्षा–१ को पाठ्यक्रमले विद्यार्थीलाई आगामी दिनमा सक्षम बनाउने दावी समेत गरे ।

क्याम्ब्रिज विश्वविद्यालयले तयार पारेका पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराइने जानकारी दिदै उनले भने, ‘विद्यार्थीलाई प्रभावकारी सिकाईका लागि परियोजनामा आधारित क्रियाकलाप गराउँछौं ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...