Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

कर तथा राजस्व सम्बन्धी राय, सल्लाह र सुझाव प्रदान गर्न सिए नरेश पटेलसंग समझदारी

spot_img
spot_img

वीरगञ्ज । वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) र सिए नरेश पटेल बीच कर तथा राजस्व सम्बन्धी राय, सल्लाह र सुझाव प्रदान गर्नका लागि सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सम्पन्न सम्झाैता पत्रमा वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल र सिए पटेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अग्रवालले द्विपक्षीय सहकार्यबाट सङ्घका सदस्यहरूले कर, राजस्व तथा स्थानीय करसम्बन्धी नयाँ सूचना र परिपत्रको जानकारी प्राप्त गर्न सक्ने र राजस्व प्रशासनले प्रदान गर्ने सेवा सुविधाबाट लाभान्वित हुने विश्वास व्यक्त गरे। अध्यक्ष अग्रवालले यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका कर र राजस्व सम्बन्धी समस्याहरू कर प्रशासन समक्ष राख्न यो समझदारीले सहजता ल्याउने बताए ।

सिए पटेलले करसम्बन्धी राय, सल्लाह र परामर्श उपलब्ध गराउने अवसर प्रदान गरिएकाेमा खुसी व्यक्त गरे । उनले करसम्बन्धी समस्याहरूलाई सम्बन्धित सरोकारवालासमक्ष राखी समाधानको लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

हस्ताक्षरित सम्झौतामा निम्न बुँदाहरू समावेश गरिएका छन्: आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क सम्बन्धी आवश्यक सल्लाह र सुझाव सङ्घका सदस्य तथा बारा/पर्साका उद्योगी व्यवसायीलाई विद्युतीय माध्यमबाट उपलब्ध गराउने ।

आन्तरिक राजस्व कार्यालय वा विभागमा बुझाउनुपर्ने कर विवरण तयार पार्न तथा पेश गर्न कानुनी प्रावधानअनुसार सल्लाह सुझाव उपलब्ध गराउने । आन्तरिक राजस्व कार्यालय वा विभागद्वारा प्रदान गरिएका कर छुटका सुविधाहरू सम्बन्धित पक्ष र व्यवसायीहरूलाई जानकारी दिन विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्ने ।

कर कानुनमा भएका परिमार्जन, अनुपालनको म्याद तथा नियामक अपडेटहरू आवश्यकतानुसार जानकारी गराउने । उद्योगी व्यवसायीलाई सहजता यस समझदारीले उद्योगी व्यवसायीहरूलाई कर तथा राजस्वसम्बन्धी अस्पष्टता हटाउन, समस्या समाधान गर्न, र नयाँ परिपत्र तथा नीतिबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

सम्झौताले उद्योगी व्यवसायीहरू र कर प्रशासनबीच समन्वयलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कुनै पनि जिज्ञासा भएमा वाटसप नम्बर ‍ +९७७९८०२५९४७०० मा सम्पर्क गर्न सकिने छ । सेवाग्राहीले आफ्नाे जिज्ञासा टेक्स्ट, तस्बिर, भिडियो वा अडियो नोटको रूपमा साझा गर्न सक्छन् । साे चासो र जिज्ञासा २४ देखि ४८ घण्टाभित्र सम्बोधन गरिने सिए पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...