Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 348

म्यानेजमेन्ट स्किल एण्ड पाेजिटिभ गाेल सेटिङ तालिम सम्पन्न

वीरगंज । हेल्पिङ हेण्ड युथ साेसाइटी क्लैयाकाे आयाेजनामा शुक्रबार म्यानेजमेन्ट स्किल एण्ड पाेजिटिभ गाेल सेटिङ तालिम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित बिन्दवासिनी हाेटल एण्ड पार्टी प्यालेसमा भएकाे तालिमकाे उद्घाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए ।

तालिमकाे उद्घाटन गर्दै अध्यक्ष सर्राफले आजकाे आवश्यकता सिपमूलक शिक्षा रहेकाे वताए । उनले शिक्षाकाे साथै सिप सिकेर आफ्नै देशमा राेजगारीकाे अवसरहरु खाेज्नु पर्ने वताए । विदेशमा गएर दु:ख पाउनु भन्दा आफ्नै देशमा राेजगार गर्नु पर्ने उत्तम रहेकाे धारणा राखे ।

आयाेजक संस्थाका सल्लाहकार पुनम यादवकाे अध्यक्षतामा उद्घाटन कार्यक्रममा ओम्यान एण्ड चाइल्ड सेफकी अध्यक्ष अंजली गुप्ता, प्रगति एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक आकाश गुप्ता, मिनिल्याण्ड कलेजका दिपक पटेल, वीरगंज स्कुल अफ लवका चन्द्रिका पटेल, एक्सेल क्लेजका प्रबेज अन्सारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तालिममा डा. बासुदेव लाल कर्ण, प्रदिप कुमार साह, देव ज्यसवाल, रामबाबु बैठाले प्रशिक्षण दिएकाे कार्यक्रम संयाेजक राजकुमार गुप्ताले वताए । उनका अनुसार तालिम विभिन्न कलेजका २ सय छात्र/छात्राहरुकाे सहभागिता रहेकाे थियाे ।

  पढाईकाे गुणस्तरलाई व्यवस्थापन गर्ने र जिवनमा सकारात्मक क्षमताकाे विकास गरि एउटा राम्राे व्यक्तित्व बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएकाे कार्यक्रम संयाेजक गुप्ताले जानकारी दिए ।

स्वामी विवेकानन्द संस्कृतिक ज्ञान परिक्षा वीरगंजमा सम्पन्न, २३ सय विद्यार्थी भए सहभागि

0

वीरगंज । हिन्दु स्वयंसेवक संघकाे आयोजनामा स्वामी बिवेकानन्द सांस्कृतिक ज्ञान परिक्षा मंगलबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजकाे आदर्शनगरस्थित पुरानाे बसपार्कमा भएकाे परिक्षामा माइस्थान बिधापिठ माद्यमिक विद्यालयकाे कक्षा १० का विद्यार्थी सचिन प्रसाद पटेल प्रथम, साउथ जाेन माद्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थी सराेज पटेल दाेस्राे र नेशनल इन्फाेटेक कलेजका कक्षा ११ का विद्यार्थी जस्मन पाैडेल तेस्राे भएका हुन् ।

परिक्षामा प्रथम, दाेस्राे र तेस्राे भएकालाई क्रमश रु २२ हजार, रु १६ हजार ५ सय र रु १२ हजार ५ सय नगदसहित प्रमाण पत्रले पुस्कृति गरिएकाे थियाे । परिक्षामा ५८ वटा निजी तथा सामुदायिक विद्यालयका २३ सय छात्र/छात्राहरु भाग लिएका थिए । जस मध्ये टप ५० मा परेकाहरुलाई पनि रु एक हजार एक सयका दरले पुरस्कृत गरिएका थिए ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा कार्यक्रमका संयोजक मुनिलाल कर्णको अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन मधेश प्रदेशका बन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री कुर्मीले अहिले हिन्दु धर्म परिवर्तन गराउने संख्या बढिरहेको र हिन्दु धर्म प्रति आक्रमण भइरहेकोले आफ्नाे धर्म संस्कृति जोगाउन सबैले आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गरे । उनले हाम्रो धर्म संस्कृतिक परम्परा कालदेखि रहदै आइरहेकोले यसको संरक्षण गर्न युवा पुस्ता लाग्न सुझाव समेत दिए ।

कार्यक्रममा हिन्दु स्वयंसेवक संघका विभाग संघका संचालक ललन द्विवेदी, जिल्ला संघ संचालक माधवराजपाल, सहसंयोजक जियालाल गुप्ता, सम्भाग कार्यवाह रन्जित साह लगायतकाे सहभागीता रहेको थियो ।

अहिले विद्यालय स्तरमै हिन्दु धर्म संस्कृतिकको बारेमा विद्यार्थीहरुलाई जनचेतनामूलक कार्यक्रम मार्फत अगाडि बढाउने काम भइरहेको संघका जिल्ला कार्यवाहक कृष्ण चाैरसियाले जानकारी दिए ।

वीरगंजबाट हेल्मेटभित्र खैरो हिरोइन तस्करी गर्ने दुई जना पक्राउ

वीरगंज । प्रहरी चाैकी ईनर्वाले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । रौतहटकाे गुजरा नगरपालिका वडा नं. ३ कटानी निवासी ३२ बर्षिय भिम बहादुर वाईवा र साेही ठाउँ निवासी २५ बर्षिय मिलन तामाङ पक्राउ परेका हुन् । 

भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा साेमबार सांझ ५:३० बजेको समयमा संकाष्पदरूपमा हिँडिरहेका प्र.२-०३-००८ प १४३४ नम्बरको स्कुटीमा सवार दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा स्कुटी चालक भिम बहादुर वाईवाले लगाएको हेल्मेटभित्र लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेककाे १२ ग्राम २४० मि.ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

करोडौं क्षतिपुर्तीको मागसहित मितलको स्वीट मार्ट विरुद्ध उजुरी, कारवाही सुरु

वीरगंज । ट्रेड मार्क नक्कल गरी चुइगम उत्पादन गरेको भन्दै शंकर लाल मितल संचालक रहेको स्वीट मार्ट फुड प्रा.लि. वीरगंज उपर कारवाही सुरु भएको छ ।

सुजल फुड्स प्रा.लि. पोखराको उजुरीको आधारमा उद्योग विभागले ७ दिनको म्याद दिएर स्वीट मार्ट फुड प्रा.लि.लाई उपस्थित हुन म्याद जारी गरिएको समाचार बुझिन आएको छ ।

सुजल फुड्स प्रा.लि. पोखराले उद्योग विभागमा दिएको उजुरीमा आफ्नो ECLAIRs\ र BUBBLe\ fUn\ नामक ट्रेड मार्कको नक्कल गरी स्वीट मार्ट फुड प्रा.लि.ले उत्पादन गरेकोले हदै सम्मको कारवाहीको साथै कराेडौं रुपैया क्षतिपुर्ती समेत माग गरेको बुझिन आएको छ ।

मितलको स्वीट मार्ट फुड प्रा.लि.बाट क्षतिपुर्ती वापत एक ब्राण्डको मात्रै क्षतिपुर्ती वापत ४ करोड ७७ लाख ८७ हजार ८ सय ४० रुपैया सुजल फुड्स प्रा.लि.ले माग दावी गरेको छ ।

सुजल फुड्स प्रा.लि. को उजुरीको आधारमा मितलको स्वीट मार्ट फुड प्रा.लि.मा उद्योग विभागले मंगलवार सुचना समेत टांस गरेको बुझिन आएको छ ।

मितलले आफ्नो स्वीट मार्ट फुड प्रा.लि. मार्फत बहुराष्ट्रिय कम्पनीको उत्पादित सेन्टर फ्रुट नामक ब्राण्डको पनि नक्कल गरी चुइगम उत्पादन गर्दै आएको समाचार यस अघि पनि सार्वजनिक भइसकेको छ ।

यसरी मितलले पटक–पटक अर्काको ब्राण्ड चोरी गरी गुणस्तरहिन एवं नक्कली चुइगम/चकलेट उत्पादन गरी बालबालिकाको स्वास्थ्य संग खेलवाड गर्दै आएका छन ।

मितलले स्वीट मार्ट फुड प्रा.लि. मार्फत नक्कली र गुणस्तरहिन उत्पादन गरी रहेको प्रमाण सहित समाचार सार्वजनिक हुनुको साथै सम्बध निकायमा निज विरुद्ध उजुरी पर्दा पनि हाल सम्म कुनै किसिमको कारवाही भएको देखिंदैन ।

हुण्डी कारोबारमा सलंग्न ५ जना २१ लाख अवैध रकमसहित पक्राउ

वीरगंज । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका ५ जनालाई रु. २१ लाखको अवैध रकमसहित नियन्त्रणमा लिएकाे छ ।

भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा निवासी २९ बर्षिय रंजित सरार्फ, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर निवासी ४२ बर्षिय कृष्ण लाल प्रसाद, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा निवासी ४० बर्षिय रबि शंकर सिंह, बाराकाे कलैया उपमहानगरपालिका वडा न.७ मा बस्ने निवासी ३१ बर्षिय कलामुदिन अंसारी र महागढीमाई नगरपालिकाकाे वडा नं.१ निवासी ३९ बर्षिय मेराजुल हक अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

पक्राउ परेका कलामुदिन र मेराजुल कलैया उपमहानगरपालिकाकाे वडा नं.४ स्थित रहेकाे आसिफ मनि चेन्जर संचालक हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते शुक्रबारका दिन कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफलाई पक्राउ गरेकाे थियाे ।

कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा सर्राफ साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रु. ५ लाख फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

उक्त हुण्डी कारोबारमा संलग्न रहेका कलामुदिन र मेराजुललाई पनि पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए ।

त्यसै गरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय छत्वा, बाराबाट खटिएको प्रहरी टोलिले फागुन २० गते आइतबार दिउँसो ४:०० बजेको समयमा बारा कै विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कलयाणपुर सुलिगेट स्थितबाट अन्य दुई जना भारतिय नागरिकलाई पक्राउ गरिएकाे उनले वताए ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर०५एआर ३५०९ नम्बरकाे भारतीय माेटरसाइकलमा रहेका दुबै जनाकाे साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली रु १६ लाख ९ हजार रूपैया वरामद भएकाे प्रहरीले  जनाएकाे छ । त्यसपछी उनीहरुलाई पनि नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकलाई हाजिर नै गराउन मानेन पर्साका पालिकाहरु

वीरगंज । शिक्षक सेवा आयाेगकाे परिक्षा पास गरि स्थायी न्युक्ति लिएर गएका शिक्षकहरुलाई हाजिर गराउन पर्साका केही पालिकाहरु नमानेकाे गुनासाे प्राप्त भएकाे छ ।

शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय एकाई कार्यालय वीरगंज, पर्साले न्युक्ति दिएर पठाएका केही शिक्षकहरुलाई पर्साका ३ पालिकाहरुले हाजिर गराउन मानेका छैनन । पाेखरिया नगरपालिका, पटेर्वा सुगाैली गाउँपालिका र ठाेरी गाउँपालिकाले एकाई कार्यालयकाे पत्र नै बुझ्न नमानेकाे नवनियुक्त स्थायी शिक्षकहरुले वताएका छन् ।

एकाई कार्यालयबाट न्युक्ति लिएर पाेखरिया नगरपालिका पुग्दा नगरपालिकाका कर्मचारीले चिठी बुझ्न नमानेकाे गुनाेसाे नवनियुक्त निमावि स्थायी शिक्षक आनन्द कुमार माझीले वताए । उनले शिक्षा शाखा प्रमुख विजय कुमार झाले चिठी नै बुझ्न नमानेकाे गुनासाे गरे । 

अर्का निमावि कै शिक्षिका मनिषा यादवले शिक्षा एकाई कार्यालयबाट न्युक्ति पत्र लिएर नगरपालिका कार्यालय पुग्दा पत्र नै बुझ्न नमानेकाे गुनासाे गरिन । उनले शिक्षक सेवा आयाेगकाे परिक्षा पास गरि न्युक्ति लिएर नगरपालिका पुग्दा पनि फिर्ता पठाएकाे कारण आफुहरु मर्कामा परेकाे वताइन । 

यसैगरी ठाेरी गाउँपालिकाले पनि पदास्थापन गर्न नमानेकाे गुनासाे निमावि तह कै अर्का शिक्षक महेन्द्र काेइरालाले वताए । उनले ठाेरी गाउँपालिकामा खाली दरबन्दी नरहेकाे भन्दै गाउँपालिकाका कर्मचारीले एकाई कार्यालयबाट ठाेरीकाे चिठी नै नबुझ्न भनिरहेकाे वताए । न्युक्ति पत्र लिएर ठाेरी गाउँपालिका पुगेकाहरुलाई समेत फिर्ता पठाएकाे उनले वताए ।

यसैगरी पटेर्वा सुगाैली गाउँपालिकाकाे लागि न्युक्ति पत्र लिएर पुगेका शिक्षकहरुलाई पनि गाउँपालिकाले हाजिर र पदास्थापन गराउन नमानेकाे नवनियुक्त शिक्षकहरुले वताएका छन् । यस्ता समस्याहरु पर्सा कै अन्य पालिकामा पनि रहेकाे उनीहरुकाे भनाई छ ।  

पर्साका सबै पालिकाहरुमा शिक्षक अभाव छ । शिक्षककाे माग गर्दै पटक पटक अधिकांश पालिका अन्तर्गका विद्यालयका विद्यार्थीहरु आन्दाेलित समेत हुँदै आएका छन् । तर पनि शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकहरुलाई स्थानिय तहहरुले हाजिर नगराउनु नियत ठिक नभएकाे स्थानियहरुले वताएका छन् । 

पालिकाहरुले शिक्षक माग गरे अनुसार नै शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकहरुलाई न्युक्ति दिएर पदास्थापनकाे लागि विभिन्न पालिकामा शिक्षा एकाई कार्यालयले पठाएपनि पालिकाहरुले पदास्थापन गर्न नमानेका कारण नवनियुक्त शिक्षकहरु मर्कामा परेका छन् ।

लामाे समयकाे प्रयास र मेहनतपछि शिक्षक सेवा आयाेग उतिर्ण गरि सिफारिस भएका शिक्षकहरु न्युक्ति लिएर सम्बन्धित पालिका पुगेका दिन नै मनाेबाल खस्काउने काम भएकाे शिक्षकहरु वताउँछन् । यस्ताे कार्यले कसरी लथालिङ रहेकाे सामुदायिक विद्यालयकाे शिक्षाकाे स्तर सुधार हुने उनीहरुले प्रश्न समेत गरेका छन् ।

माउन्ट मकालु स्कुलको बार्षिकाेत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० अशाेकबाटिकामा रहेकाे माउन्ट मकालु इङलिस बोडिङ्ग स्कुलको २७ औं वार्षिकोत्स तथा सांस्कृति कार्यक्रम आइतबार भब्य रुपमा सम्पन्न भएको छ ।

स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै केन्द्रिय सदस्य लामाले नेपालको शिक्षा प्रणालीमा निजी विद्यालयकाे धेरै योगदान रहेको बताए । उनले निजी विद्यालयहरुले गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा समेत उतिकै महत्त्वपूर्ण भुमिका खेल्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका लामाले अभिभावकको भावनालाई निजी विद्यालयले राम्रो बुझेको र सोही अनुसार बालबालिकाहरुलाई हेरचाह गर्ने काम समेत गर्दै आएकाे वताए । उनले मुलुककाे शिक्षा निति मै त्रुटिहरु रहेको वताउँदै त्यसलाई सच्याउन पनि जरुरी रहेको वताए ।

समाजिक अभियान्ता एवम् जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले विद्यालयहरुले विद्यार्थीहरुलाई संस्कार र सीप मुलक शिक्षा दिनु पर्ने वताए । उनले अबको पुस्तालाई संस्कार सिकाउन जरुरी रहेको वताए । 

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिमका संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

वीरगंजस्थित क्लासिक बैंक्वैटमा भएकाे कार्यक्रममा कार्यक्रममा प्याब्सन मधेश प्रदेशका प्रमुख सल्लाहकार मणि पाख्रिन, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, प्रेस सेन्टरका केन्द्रिय सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, उपाध्यक्ष हरिशंक शर्मा, वीरगंज युवा समाजका कमल चाेलागाई, कञ्चनजंघा माविका प्रबन्ध निर्देशक मार्टिन मोक्तान, लिटल बडी प्रि स्कुलका प्रिन्सपल विजय बाल, सनसाइक स्कुलका प्रिन्सपल, अमित आलाेक, वीरगंज महानगरपालिकाका सुनिल कुर्मी, पत्रकार दिपु वर्णवाल, अर्जुन गुप्ता, अजित भुजेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकाे संचालन पत्रकार सुर्या नारायण विकेले गरेका थिए ।

समाजिक संस्थाकाे अध्यक्षमा पुन: देवान र उपाध्यक्षमा चाैहान निर्वाचित

0

वीरगंज । समाजिक संस्था जिल्ला समन्वय समिति पर्साकाे अध्यक्ष पुन: इब्राहिम देवान निर्वाचित भएका छन् । राैतहटकाे चन्द्रनिगाहपुरमा सम्पन्न संस्थाकाे २९ औं साधारण सभामा देवानकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

संस्थाकाे नयाँ कार्यसमितिकाे उपाध्यक्षमा चन्देश चाैहान, महासचिवमा कासी साह, सचिवमा निर्माला भण्डारी, काेषाध्यक्षमा विनाेद यादव, सदस्यमा मंजु यादव, हरि यादव, हरिशंकर साह, राम अयाेध्या प्रसाद यादव निर्वाचित भएकाे निर्वाचन अधिकृत बृजकिशाेर पटेलले जानकारी दिए ।

अध्यक्ष पदकाे लागि देवानसहित रामाकान्त पटेल र रामप्रबेश साहले उम्मेदवारी दिएका थिए । अन्य पदाधिकारीकाे लागि पनि दुई/दुई जनाकाे र ४ सदस्य पदका लागि १२ जनाकाे उम्मेदवारी परेकाे थियाे ।

चन्द्रनिगाहपुरस्थित हाेटल हिमालयनमा भएकाे साधारण सभाकाे उद्घाटन राैतहटकाे माैलापुर नगरपालिकाकी मेयर रिना साहले गरेकी थिइन । 

समाज परिवर्तन नेपालकाे कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंजकाे घण्टाघरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाज परिवर्तन नेपालले आयाेजना गरेकाे कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।

समाजका अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायतले रक्तदान गरेका हुन् । 

रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले गरेका थिए । 

कार्यक्रमकाे उद्घाटन गर्दै महासचिव बन्जाले रक्तदान जस्तो पूण्य काममा सरिक हुन सबैलाई आग्रह गरे । रक्तदान गरेर जीवनदान गर्न आग्रह गर्दै उनले पछिल्लो समय रगतको अभाव बढ्दै गएको हुँदा युवाहरु रगतको बढ्दो मागलाई परिपूर्ती गर्न अग्रसर हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचीव राहुल साह, कोषाध्यक्ष रोशन सर्राफ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आरडिएनकाे सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

0

वीरगंज । राष्ट्रिय दलित नेटवर्क (आरडिएन) द्वारा छुवाछूत बिनाको अर्को नेपाल संभव छ आउनुहोस निर्माण गरौ भन्ने मुल नाराका साथ २०८० फागुन ०५ गते दलित संसदको सन्दर्भमा काठमाण्डौमा आयोजित संगठनको पाँचौं राष्टिय सम्मेलन तथा १६ औं साधारण सभााबाट निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना कार्यक्रम शनिबार धनगढीमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनले संगठनका संस्थापक अध्यक्ष गणेशबहादुर बिश्वकर्मालाई संरक्षकको जिम्मेवारी प्रदान गरेको थियो भने मोहन ओडको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो । समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमसः श्याम सुनार, पार्वती आग्री, जंग बहादुर सुनार र गिता नेपालीलाई चयन गरेको थियो । समितिको सदस्यहरुमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की रहनु भएको छ ।

संगठनको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा गोपनियताको सपथ ग्रहण गराउदै संगठनका संस्थापक अध्यक्ष एवं संरक्षक गणेशबहादुर बिश्वकर्माले राष्ट्रिय दलित नेटवर्क एक गैरसरकारी संस्थाको नाम मात्र नभई यो आन्दोलनको रुपमा स्थापित भई सकेको बताए । साथै उनले अहिले मूलुकले संघीयता र समावेशी बिकासको अभ्यास गरिसकेको सन्दर्भमा दलितहरुको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापना गर्नका लागि संगठनले निरन्तर पैरवी र पहरेदारीको रुपमा काम गर्नुपर्ने कुरा औल्याए । उनले दिगो बिकास लक्ष्यको कसैलाई पछाडी नपारौ भन्ने मुल मर्म र भावना अनुरुप संगठनको अभियान त्यसतर्फ केन्द्रीत हुनुपर्ने जाेड दिए ।

राष्ट्रिय दलित नेटवर्कका नवनिर्वाचित केन्द्रीय अध्यक्ष मोहन ओडले संगठनले दिशा निर्देश गरेका मुख्य लक्ष्य, उद्देश्यहरु र रणनितीक योजनाहरु परिपुर्ति गर्नका लागि आफुहरु एकता र प्रतिबद्ध भएर अगाडी बढने वताए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीले गरेका थिए ।