Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

जीराभवानी मन्दिरमा भाेली (बुधबार)देखि दश दिनसम्म मेला लाग्दै

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेका जिराभवानी मन्दिरमा भोली महाशिवरात्रिदेखि एक साताका लागि मेला लाग्दै छ । जिराभवानी गाँउपालिकामा यो मन्दिर वडा नं १ र २ को दोसाँधमा पर्दछ ।

ग्रामीण भेगका थारु समुदाय लगायत अन्य समूदायबिचको ब्यापारिक, सामाजिक तथा अन्य पक्षको सम्बन्धमा यो धार्मिक स्थलले राम्रो भूमिकाहरु खेल्दै आएका छन साथै हरेक समुदायले यो मन्दिरमा भएका देबीदेवताप्रति आस्था र विस्वाश राख्दै आएका छन ।

यो मेलाका प्रचिन किमदन्तीलाई हेर्ने हो भने यो मन्दिरको उत्पति आज भन्दा झन्डै ४०० बर्षभन्दा पहिले समान्य मठबाट थालिनी भएका हुन । तत्कालिन अवस्थामा मन्दिर आसपास पर्ने सेढवा, महादेवपट्टी, पिपडाढी, परस्वा, जीतपुर लगायतका गाउँहरुकाे जंगलभित्रै अवस्थित रहेका थिए ।

सो गाँउहरुमा आदिवासी थारु समुदायको मात्रै बसोबास रहेका थिए । थारु समूदायमा अहिलेपनि खोलामा माछा, घोंगी, केकडा(गंगटो) मारी सोको तरकारी बनाई सेवन गर्नु बिषेशता नै रहेका छन । जिराभवानी मन्दिरसंगै पूर्वमा रहेका चमरी खोला त्यती बेला जंगलको बिचमा पर्दथ्यो ।

सो क्षेत्रमा जंगली जनावरको डरले दिउसै मानिसहरुले आवागमन गर्न जो कोइलाई चुनौती हुन्थ्यो भने भनाई रहेका छन । तर महादेवपट्टी निवासी बिशुन महतोले खोकी(माछा मार्ने जाल) लिई माछा मार्न सोही चमरी खोलामा पुगेका थिए । खोलाको पानीमा खोकी राख्दा एउटा पनि माछा नै नपरी एउटा कालो ढुंगा पर्ने गरेको भनाई छ ।

सो ढूंगालाई फाली फेरी पानीमा खोकी राख्दा सोही कालो ढुंगा खोकीमा परी रहने तर माछा भने एउटा पनि परेको थिएनन । अन्त्यमा दिक्क लागी सो कालो ढुंगालाई खोलाको किनारमा फाली बेलुका रितै घर फर्के । घर पुग्दा परिवारले माछाको बारेमा सोध्दा बिशुनी महतो थारुले सबै कुरा बताए ।

राती सुत्दा उनले सपना देखे कि सो ढुंगा समान्य ढुंगा भगवान शिवलिंग भएको र ढुंगा फालिएकै ठाउमा मन्दिर निर्माण गरिनु पर्ने सपना देख्यो।भोलीपल्ट बिहानै थारुले सो शिवलिंग खोज्न खोलाको किनारमा पुगे । शिवलिंग भेटेपछि सोही ठाउमा राखी सानो झोपडी निर्माण गरी बिहान बेलुका पूजा अर्चना शुरु गर्न थाले ।

सो कुरा बिस्तारै फैलिन थाल्यो र भगवान शिवप्रति आस्था र बिस्वास संगै बिभिन्न चाडवाडमा पूजाअर्चना गर्न जनसमुदायको भिड बढन थाल्यो र हरेक बर्ष महाशिवरात्रीका दिनदेखि मेला लाग्ने परम्परा शुरु भएका थिए । मठ स्थापनाको करीब ४०/५० बर्षपछि यस क्षेत्रका जनताहरुले सो ठाउँमा मंदिर निर्माणका लागि धान गहू चन्दा उठाउन थालियो र जिरा भनिने मिस्त्री(डकर्मी) ल्याई पक्की मन्दिर निर्माण गरियो ।

निर्माण कार्य सम्पन्न भएपछि सोही स्थानमा जिरा मिस्त्रीको मृत्यू भयो जसले गर्दा आसपासको समपूर्ण जनता भगवान शिव रिसाएको भन्दै समुदायमा खैलाबैला मच्चिएका थिए तर तत्कालिन स्थानिय बुद्धिजिवीहरुले मन्दिरमा भवानी दुर्गाको स्थान नदिइएका कारण सो मिस्त्री मृत्यू भएको ठहर गर्दै भवानी दुर्गाको मन्दिर स्थापना गरी डकर्मी जिराकै नामबाट जिरा भवानी माईको नामले नामाकरण गरेका र शिवमन्दिरलाई बाबा बटेश्वर नाथको नामले प्रसिद्ध हुन थालेको स्थानियहरुको भनाई रहेका छन ।

जिराभवानी मन्दिर स्थापनापछि यस क्षेत्रमा आइ पर्न सक्ने संकटबाट जिराभवानी माईले जोगाउदै गरेका जनबिश्वास रहेका छन । साथै यस मन्दिरमा बर्षभरी नै नेपालको बिभिन्न जिल्लाका साथै भारतको बिहार र यूपी सम्मका श्रद्धालुभक्तहरुको घुइचो लाग्ने गर्छन ।

पर्साको ग्रामिण किसानहरुले आफूहरुले लगाउने गरेका मूख्यबाली धानको पहिला केही अंश स्वरुप धानको बालाको झोटी बनाई जिराभवानी मन्दिरमा महाशिवरात्री मेलामै अर्पण गर्ने परमपरा रहि आएका छन । बर्षैभरि यहा भक्तजनहरुको भीड भएपनि महाशिवरात्रिका दिनदेखि दश दिनका लागि ठूलो मेला गर्दछन ।

मेलाबाट ग्रामिण किसानहरुलाई चाहिने कृषि तथा अन्य सामग्रीहरु पनि यही मेलाबाट आपूर्ती गर्ने गरेका छन । किसानहरुले सालभरीसम्म पुग्ने गरी कोदालो, बन्चरो, खुकुरी,हसिया,हलोमा लगाउने फाली, हेङ्गाको डारर, खुर्पी त्यस्तै भाडाकुडामा गाग्री, बाल्टीन, कराई, थाल, कुकर लगायतका घरेलु सामग्रीहरु खरीद गर्दछन ।

यो मेलाको फलमा बयर , भाडाकुडामा कराई र कृषि सामग्रीमा कोदालो भने एकदमै प्रख्यात रहेका छन । यही ऐतिहासिक मन्दिरको नामबाट यस गाउँपालिकाको नामकरण गरिएका छन । जिरा भवानी मन्दिर परिसरको करिब १० बिघा जग्गामा रहेका लाखौ मूल्य बराबरको बगैचा भएपनि राष्ट्रीय स्तरबाट यसको संरक्षणमा कुनै किसिम्मको पहल देखिएका थिएन ।

स्थानीय बासिन्दाहरुको पहलमा चन्दा संकलन गरी यहा आधा दर्जनभन्दा बढी देबीदेवताको मन्दिर निर्माण भएका छन भने पर्खाल, बिबाह मण्डप, चौतारा, प्रतिक्षालय निर्माण भईसकेका छन । खुल्ला दिसामुक्त क्षेत्र अभियान अन्तगर्त तत्कालिन जिबिस पर्साले पाचकोठे पक्की शौचालय समेत निर्माण गरिएका छन ।

संघियता लागू भएसंगै मन्दिरको संरक्षणमा सुधार गर्न थालिएका छन । तर स्थानीय सरकार गठन भएपछि स्थानीय, प्रदेश सरकारले मन्दिर लगायत अन्य संरचनाका बिकास गर्छै आएका छन । मन्दिरको संरक्षण तथा सम्बर्द्धनका लागि गत बर्ष बैधानिक रुपमा समिति समेत गठन भएका छन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...