Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

जि.एस.टेक्निकल स्कुलकाे शाखा वीरगंजमा खुल्याे, उपसभापति गुप्ताद्वारा उद्घाटन

spot_img
spot_img

पर्सा । वीरगंज महानगरपालिकाकाे वडा नं. १० आदर्शनगरमा प्राबिधिक विद्यालय संचालनमा आएकाे छ । काठमान्डौ‍को शम्भुमार्गमा सँचालित रहेको जि.एस.टेक्निकल स्कुल प्रा.लि. काे शाखाकाे रुपमा वीरगंजमा संचालनमा आएकाे प्राविधिक विद्यालयकाे बुधबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ताले उद्धघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उपसभापति गुप्ताले आजकाे युग टेक्निकल र टेक्नाेलाेजीकाे युग भएकाे वताए । उनले भने “आजकाे समयमा किताबी ज्ञान भएर मात्र हुँदैन, एक्कै सताब्दीमा टेक्निकल र टेक्नोलोजीकाे युग भएकाेले प्राविधिक ज्ञान पनि जरुरी रहेकाे छ ।”

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उप सभापति गुप्ताले पर्सेली युवाहरूलाई दक्ष जन शक्ति निर्माणमा जि.एस.टेक्निकल स्कुल प्रा.ली.ले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास समेत ब्यक्त गरे ।

विद्यालयका संस्थापक चँख राईले मात्र संघिय राजधानी केन्द्रित भएर दक्ष जनशक्ति उत्पादन गरी नहुने भएकाेले राजधानी बाहिर समेत यसकाे आवश्यकतालाई महसुस गरेर वीरगंजमा शाखा संचालनमा ल्याइएकाे वताए । उनले अब बिस्तारै विद्यालयका शाखाहरू अन्य सहरहरुमा पनि बिस्तार गर्दै जाने वताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधाँशु चौरसिया, लक्षुमण मण्डल, असरफ शदिक,  ब्यवस्थापक- नजबुल्लाह अँसारी, बाजार ब्यवस्थापक-श्याम बाबू प्रसाद, निर्देशक एम.डी. जुनैद अँसारी लगाएतकाे उपस्थिति रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...

मुकेश चौरसियाको छैटौँ स्मृति सभा सम्पन्न

वीरगञ्ज । सहिद कमरेड मुकेश कुमार चौरसियाको छैटौँ स्मृति सभा शनिबार सम्पन्न भएको छ। सहिद मुकेश कुमार चौरसिया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुनिता चौरसियाको अध्यक्षतामा...

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...