Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जि.एस.टेक्निकल स्कुलकाे शाखा वीरगंजमा खुल्याे, उपसभापति गुप्ताद्वारा उद्घाटन

spot_img
spot_img

पर्सा । वीरगंज महानगरपालिकाकाे वडा नं. १० आदर्शनगरमा प्राबिधिक विद्यालय संचालनमा आएकाे छ । काठमान्डौ‍को शम्भुमार्गमा सँचालित रहेको जि.एस.टेक्निकल स्कुल प्रा.लि. काे शाखाकाे रुपमा वीरगंजमा संचालनमा आएकाे प्राविधिक विद्यालयकाे बुधबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ताले उद्धघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उपसभापति गुप्ताले आजकाे युग टेक्निकल र टेक्नाेलाेजीकाे युग भएकाे वताए । उनले भने “आजकाे समयमा किताबी ज्ञान भएर मात्र हुँदैन, एक्कै सताब्दीमा टेक्निकल र टेक्नोलोजीकाे युग भएकाेले प्राविधिक ज्ञान पनि जरुरी रहेकाे छ ।”

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उप सभापति गुप्ताले पर्सेली युवाहरूलाई दक्ष जन शक्ति निर्माणमा जि.एस.टेक्निकल स्कुल प्रा.ली.ले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास समेत ब्यक्त गरे ।

विद्यालयका संस्थापक चँख राईले मात्र संघिय राजधानी केन्द्रित भएर दक्ष जनशक्ति उत्पादन गरी नहुने भएकाेले राजधानी बाहिर समेत यसकाे आवश्यकतालाई महसुस गरेर वीरगंजमा शाखा संचालनमा ल्याइएकाे वताए । उनले अब बिस्तारै विद्यालयका शाखाहरू अन्य सहरहरुमा पनि बिस्तार गर्दै जाने वताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधाँशु चौरसिया, लक्षुमण मण्डल, असरफ शदिक,  ब्यवस्थापक- नजबुल्लाह अँसारी, बाजार ब्यवस्थापक-श्याम बाबू प्रसाद, निर्देशक एम.डी. जुनैद अँसारी लगाएतकाे उपस्थिति रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...