Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन वीरगंज अन्तर विद्यालय जुनियर महिला र अन्डर १२ क्रिकेट प्रतियोगिताकाे उपाधि ओम नेशनल र गौतम स्कुललाई

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वीरगंजद्वारा आयोजित अन्तर विद्यालय जुनियर महिला र अन्डर १२ क्रिकेट प्रतियोगिता २०८१ को फाइनल खेलमा गौतम स्कुल र नेशनल एकेडेमी विजयी भएका छन् ।

मङ्गलवार वीरगंजस्थित ज्ञानदा एकेडेमीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा महिला तर्फ गौतम स्कुलले ओम नेशनल एकेडेमीलाई २१ रनले पराजित गर्‍यो भने अन्डर १२ क्रिकेट प्रतियाेगिता तर्फ ओम नेशनल एकेडेमीले विद्या सागर स्कुललाई ४७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

महिला तर्फको फाइनल खेलमा गौतम स्कुलले पहिले ब्याटिङ गर्दै ८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओम नेशनल एकेडेमीले ८ ओभरमा २ विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो ।

गौतम स्कुलकी श्रेस्का बस्नेतले २९ बलमा ५९ रनको शानदार पारी खेल्दै १ विकेट पनि लिइन् । उत्कृष्ट प्रदर्शन गरेबापत उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

त्यस्तै अण्डर १२ क्रिकेट तर्फको फाइनलमा ओम नेशनल एकेडेमीले विद्या सागर स्कुललाई ४७ रनको फराकिलो अन्तरले हरायो । ओम नेशनल एकेडेमीले पहिले ब्याटिङ गर्दै १० ओभरमा ६ विकेट गुमाएर १४५ रनको विशाल योगफल खडा गर्‍यो । जवाफमा विद्या सागर स्कुलले १० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र जोड्न सक्यो ।

ओम नेशनल एकेडेमीका सन्देश यादवले २३ बलमा ७४ रनको विस्फोटक पारी खेल्नुका साथै १ विकेट पनि लिए । उत्कृष्ट प्रदर्शनीले उनलाई ‘प्लेयर अफ द म्याच’ को उपाधि दिलायो । 

प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवकाे अध्यक्षतामा भएकाे प्रतियोगिताको समापन समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले विजेता टिम र खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, गौतम स्कूलका निर्देशक सोनाम लामा, प्याब्सन वीरगंजका पूर्व अध्यक्ष आलोक कुमार चौरसिया, राज हाेजियरीका संचालक राज साह, लिटल बडी प्रि स्कुलका प्रिन्सपल विजय बाल लगायतको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन प्याब्सन वीरगंजका सचिव तथा प्रतियोगिताका संयोजक अमित आलोकले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...