Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन पर्साको क्रिकेट प्रतियोगिताको उपाधिका लागि मूनलाइट र विद्यासागर भिड्ने

spot_img
spot_img

वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्त मूनलाइट र विद्यासागर विद्यालयबीच हुने भएको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा विद्यासागरले ज्ञानदालाई १३ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विद्यासागरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ११७ रनको योगफल तयार पारेको थियो । ११८ रनको लक्ष्य ज्ञानदाले पूरा गर्न सकेन ।
ज्ञानदा ७ विकेट गुमाएर १०४ रनमै समेटियो । सो खेलमा विद्यासागरका जुनैद आलम प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै मंगलवार नै भएको पहिलो सेमिफाइनल खेलमा मूनलाइटले साउथ जोनलाई ५६ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको मुनलाईटले ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।
साउथजोन १४.३ ओभरमा ८० रनमै अलआउट भयो । मूनलाइटका लागि अर्धशतक बनाउने दिलरंजन यादव खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

यसअघि भएको अन्तिम क्वाटरफाइनलमा ज्ञानदाले सेन्ट जेभियर्सलाई २ विकेटले पराजित गरेको थियो । सेन्ट जेभियर्सले १४.२ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ज्ञानदाले १३.५ ओभरमा २ विकेट बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । सो खेलमा ज्ञानदाका अदिल अन्सारी प्लेयर अफ द म्याच बनेका थिए।

प्रतियोगिताको तेस्रो स्थानका लागि बुधबार बिहान ८ बजे साउथ जोन र ज्ञानदा एकेडेमी भिड्नेछन् भने फाइनल खेल बिहान ११ बजे मूनलाइट र विद्यासागरबीच हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । उनकाअनुसार दिउँसो १ बजे समापन समारोहको आयोजना गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...