Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सिमेन्टकाे चर्काे मूल्य वृद्धि विरुद्ध वीरगंजमा सिमेन्ट कै बाेरा लगाएर प्रदर्शन

spot_img
spot_img

वीरगंज । सिमेन्ट उद्योगको कार्टेलविरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएकाे छ । सर्वोच्च अदालतमा सिमेन्ट उद्योगको कार्टेलविरुद्ध रिट दायर समेत गरेका नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेश सभा सदस्य रहबर अन्सारीकाे नेतृत्वमा सिमेन्टको चर्को मूल्यको विरुद्धमा पृथक शैलीमा प्रदर्शन भएकाे हाे । 

वीरगंजकाे घण्टाघरबाट सुरु भएको प्रदर्शन माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । काेण सभालाई सम्बाेधन गर्दै मधेस प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका रहबरले सिमेन्टको मूल्यमा भएको कार्टेलको विरुद्धमा ध्यानाकर्षण गराउन सडकमा उत्रिनुपरेको बताए । 

उनले भने, ‘सिमेन्टको मूल्य आकासिएको छ, हामी नेपाली जनतालाई लुट्ने र ठग्ने काम भइरहेको छ । भारतमा प्रतिबोरा २ सय ८० रुपैयाँमा निर्यात नेपाली सिमेन्ट नेपालीले भने ८ सय रुपैयाँ तिर्नुपरी रहेको छ । यसले आम नागरिकको घर बनाउने सपनालाई हाइज्याक गरेको छ ।’ 

सिमेन्टको मूल्यकै कारण  ४ कोठे घर बनाउनका लागि १० लाख रुपैयाँ अतिरिक्त तिर्नुपर्ने अवस्था आएको उनले दाबी गरे । सिमेन्टको मूल्यमा भइरहेको सिन्डिकेटले गर्दा यहाँका निर्माण व्यवसायीदेखि मजदुरसम्मको काम प्रभावित भएको अन्सारीको भनाई छ ।

उनले थपे, ‘यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन् । उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन् ।’ अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न उनले अपिल गरे । बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए ।

रहबर सहित प्रदर्शनमा सहभागिहरुले ‘सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’ सिमेन्टको बोरा शरीरमा पहिरिएका थिए । प्रदर्शनमा सहभागिहरुले ‘मूल्य बढेको बढै–हामी हेरेको हेर्‍यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा ।’ लगायतका चर्काे नारा समेत लगाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...