Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाटन यही फागुन १५ गते हुँदै

spot_img
spot_img

वीरगंज । पर्साकाे दाेस्राे सरदमुकामकाे रुपमा चिनिने पाेखरियामा स्थापन भएकाे मालपाेत तथा नापी कार्यालयकाे यही फागुन १५ गते बिहिबार उद्घाटन हुने भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ९ स्थित सेमरवारी चाैक संचालनमा आउने मालपाेत तथा नापी कार्यालयकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले वताए ।

पाेखरिया नगरपालिका कार्यालयले आयाेजना गर्न लागेकाे उद्घाटन कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे मेयर चाैहानले जानकारी दिए । लामाे समयकाे प्रयासपछि संचालन  आउन लागेकाे मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन कार्यक्रम सहभागि हुन मेयर चाैहानले सम्पूर्ण नगरबासी तथा क्षेत्र बासीहरुमा अनुराेध समेत गरेका छन् ।

सेवा केन्द्रको उद्घाटन कार्यक्रममा पर्सा कै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाकाे समेत उपस्थिती रहने पाेखरिया नगरपालिकाले जनाएकाे छ । 

पाेखरियामा मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन भएकाे दिन देखि नै कार्यालय संचालनमा समेत आउने आउने जनाइएकाे छ । पाेखरियामा मालपाेत तथा नापी कार्यालयमा संचालनमा आएपछि पाेखरिया सहित ग्रामिण क्षेत्रका जानतालाई भुमि सम्बन्धि सेवा पाउन सहज हुने विश्वास लिइएकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...