Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाटन यही फागुन १५ गते हुँदै

spot_img
spot_img

वीरगंज । पर्साकाे दाेस्राे सरदमुकामकाे रुपमा चिनिने पाेखरियामा स्थापन भएकाे मालपाेत तथा नापी कार्यालयकाे यही फागुन १५ गते बिहिबार उद्घाटन हुने भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ९ स्थित सेमरवारी चाैक संचालनमा आउने मालपाेत तथा नापी कार्यालयकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले वताए ।

पाेखरिया नगरपालिका कार्यालयले आयाेजना गर्न लागेकाे उद्घाटन कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे मेयर चाैहानले जानकारी दिए । लामाे समयकाे प्रयासपछि संचालन  आउन लागेकाे मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन कार्यक्रम सहभागि हुन मेयर चाैहानले सम्पूर्ण नगरबासी तथा क्षेत्र बासीहरुमा अनुराेध समेत गरेका छन् ।

सेवा केन्द्रको उद्घाटन कार्यक्रममा पर्सा कै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाकाे समेत उपस्थिती रहने पाेखरिया नगरपालिकाले जनाएकाे छ । 

पाेखरियामा मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन भएकाे दिन देखि नै कार्यालय संचालनमा समेत आउने आउने जनाइएकाे छ । पाेखरियामा मालपाेत तथा नापी कार्यालयमा संचालनमा आएपछि पाेखरिया सहित ग्रामिण क्षेत्रका जानतालाई भुमि सम्बन्धि सेवा पाउन सहज हुने विश्वास लिइएकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...