Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

माओवादी केन्द्रकाे मधेश प्रदेश सदस्यमा पर्साका चार विद्यार्थी नेता सिफारिस

spot_img
spot_img

वीरगंज । नेकपा (माओवादी केन्द्र)काे मधेश प्रदेश कमिटीमा पर्साका ४ जना विद्यार्थी नेता सिफारिस भएका छन् । माओवादी केन्द्रकाे केन्द्रिय कार्यालयले पर्साका प्रभाकर गुप्ताससहित चार जनालाई प्रदेश सदस्यकाे लागि सिफारिस गरेकाे हाे ।

कार्यालयले अनेरास्ववियूका (क्रान्तिकारी) का उप महासचिव प्रभाकर गुप्तालाई प्रदेश समितिकाे सचिवालय सदस्यमा सिफारिस गरेकाे छ । त्यसैगरी प्रदेश सदस्यमा संगठनका सचिव इशक कुमार पासवान, महमद जुवेर आलम र शिवम कुमारलाई पनि सिफारिस भएका छन् ।   

माओवादी केन्द्रले विद्यार्थी संगठनमा ३२ वर्ष उमेर हदका कारण संगठनबाट विधानतः बिदा भएका युवा विद्यार्थीहरूको व्यवस्थापनको गर्दै प्रदेश सदस्यमा सिफारिस गरेकाे हाे ।

केन्द्रीय कार्यालयद्वारा गत माघ ४ गते उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा हिमाल शर्मा र पन्चा सिंह सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरेकाे थियो । उक्त कार्यदलले देश भरिका विद्यार्थी संगठनबाट पार्टीकाे विभिन्न प्रदेश कमिटीमा १५१ जनालाई सिफारिस गरेकाे छ ।

जसमा मधेश प्रदेश समितिमा परेका १८ जनामा पर्साका ४ जना पर्न सफल भएका छन् । प्रदेशसँग सम्बन्धित सिफारिसहरुलाई सम्बन्धित प्रदेश पार्टी कार्यालयहरुमा सिफारिस कै रूपमा परिपत्र गरिदिनका लागि अध्यक्ष क. प्रचण्डबाट निर्देशन भए बमोजिम सिफारिसकाे परिपत्र गरिएको महासचिव देव गुरुङले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...