Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 349

अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको उपाधि नेशनल इनफाेटेकले जित्याे

वीरगंज । अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको उपाधि नेशनल इनफाेटेक कलेजले जितेकाे छ । टुर्नामेन्टकाे शनिबार भएकाे फाइनल खेलमा ग्लाेबल बिजनेश कलेजलाई १६ रनले हराउँदै नेशनल इन्फाेटेक कलेज विजयी भएकाे हाे ।

सुरुमा टस जितेर ब्याटिङ राेजेकाे नेशनल इन्फाेटेक कलेजले पुरै २० ओभर खेल्दै पुरै १० विकेटकाे नाेक्सानीमा १ सय २२ रन बनाएकाे थियाे । त्यसपछि १२३ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे ग्लाेबल बिजनेश क्लेजले पुरै २० ओभर खेल्दै ६ विकेटकाे नाेक्सानीमा १ सय ६ रन मै समेटिएपछि नेशनल इन्फाेटेक विजयी घाेषित भएकाे थियाे । 

टुर्नामेन्टकाे बेस्ट ब्याट म्यान निरज यादव, बेस्ट बाँलर वासिम अली मन्सुरी र प्लेर अफ द टुर्नामेन्ट सन्दिप सिंह घाेषित भएका थिए ।

टुर्नामेन्टका विजेता र उप विजेता टिमलाई अल्पाईन माद्यमिक विद्यालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले ट्रफीले सम्मान गरेका थिए ।

अल्पाईन माध्यमिक विद्यालयकाे आयाेजनामा माघ २७ गतेदेखि वीरगंजस्थित नारायणी रँगशालामा सुरु भएकाे प्रतियाेगितामा वीरगंजका १६ वटा विद्यालयहरु भाग लिएका थिए ।

नियम मिचेर जेसीसका अध्यक्ष बनेका चौधरीको सदस्यता खारेज गर्न उजरी

0

वीरगंज । जेसीसको बिधानलाई नै चुनौती दिदै वीरगंज जेसिस २०२४ का अध्यक्ष भएका अजय चौधरीको सदस्यता खारेज गर्नु भन्दै जेसीसमा उजुरी परेको छ ।

जेसीसको बिधानले सदस्यता हुनका लागि १८ बर्ष पुरा हुनु पर्ने एवं ४० बर्ष नकटेको हुनु पर्ने नियम अंगिकार गरेको छ । तर हाल सम्म भएको अधिबेशनमा निर्वाचन समितिको चरम लापरवाहीका कारण उमेर ढाटेर अजय चौधरी अध्यक्ष भएका छन् । बिधानको मर्मलाई धज्जी उठाएको भन्दै वीरगंज जेसीस भितै चरम बिवाद देखिएका छन् ।

जेसीजको विधानको परिच्छेद–४ को स्थानिय संगठन सदस्य अन्तर्गत धारा ४.२ मा योग्यताको सम्बन्धमा व्यवस्था भए अनुसार “शाखाले त्यस्ता व्यक्तिगत सदस्यहरुको उमेर अठार (१८) बर्ष भन्दा नघटाईकन र चालिस (४०) बर्षमा नबढाईकन सिमित गर्नुपर्ने छ“ भन्ने व्यवस्था उल्लेख गरेको छ । साथै वीरगंज जेसीजको आन्तरिक विधान २०७८ को परिच्छेद ३ को ५ मा १८ (अठार) वर्ष देखि ४० (चालिस) वर्ष सम्मको युवा नागरिकहरु यस संस्थाको सदस्यता हुन सक्ने छन् भन्ने व्यवस्था उल्लेख भएको देखिन्छ ।

तर विरगंज जेसीज वर्ष २०२४ का लागि अध्यक्ष हुनु भएका जेसी अजय चौधरी मिति २०८० मंसिर १६ गते शनिवार (तदानुसार ०२ डिसेम्बर २०२३) बीरगंज जेसीज वर्ष २०२३ को बार्षिक साधारण सभा तथा निर्वाचन एवंम २०८० पौष २७ गते ÷ तदानुसार १२ जनवरी २०२४) शुक्रवारका दिन सम्पन्न वीरगंज जेसीजको ५१ औं पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम भन्दा अगावै संलग्न नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी बमोजिम ४० वर्ष भन्दा बढी उमेर कटिसकेको कारण विधान बमोजिम स्वतः जेसीजको सदस्यता नरहने हुँदा सदस्यको लागि अयोग्य व्यक्ति अध्यक्ष हुन नसक्ने देखिएको छ ।

अध्यक्ष भनिएका अजय चौधरीलाई सो पदबाट हटाउनु पर्ने भन्दै बीरगंजका उपाध्यक्ष उमेश गुप्ता २०२३ ले काठमाडौं थापाथलीमा रहेको जेसीसको सचिवालयमा उजुरी दिएका छन् । उनले चौधरी बिधानत स्वतः सधारण सदस्यबाट हटि सकेको बताउँदै बिधानमा उल्लेख रहेको नियमलाई कार्यवन्यन गर्नु उजुरीमा उल्लेख गरेका छन् ।

ध्यानाकर्षण सम्बन्धी परिपत्रमा उमेर हदका विषयमा नेपाल जेसीजको सचिवालयमा यदि कुनै निवेदन वा पत्र पूर्ण प्रमाणका साथ दर्ता हुन आएमा उक्त विषयमा नेपाल जेसीज तत्काल कारवाहीको प्रक्रिया अगाडी बढाउने“ भन्ने व्यहोराको पत्र प्राप्त हुदां समेत शाखामा कुनै चासो नदेखएको जानकारी गराउँदै नेपाल जेसीजबाट नियम अनुसार आवश्यक छानविन गरि विधान विपरित उमेर हद कटेका बीरगंज जेसीज बर्ष २०२४ का अध्यक्ष पदमा रहेका भनिएका जेसी अजय चौधरीज्यू अयोग्य रहेको हुदाँ निजलाई तत्कालै पदीय हैसियतमा कुनै कामकारवाही गर्न नपाउने गरी अध्यक्ष पदवाट हटाई विधान सम्मत रुपमा गरिमामय संस्थालाई वैधानिक रुपमा सञ्चालन गरिपाऊँ भन्दै केन्द्रिय अध्यक्ष समक्ष माग पेश गरेको छ ।

जीतपुरसिमरा महोत्सव सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

वीरगंज । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबारदेखि जीतपुरसिमरा महोत्सव २०८० शुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै यादवले खस्किदै गरेको अर्थतन्त्रलाई महोत्सवले टेवा पुर्याउने बताए । मधेश प्रदेशलाई केन्द्र सरकारले बिभेद गर्दैै आएको भन्दै मुख्यमन्त्री यादवले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण गर्न २५ लाख रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले मधेशको विकासमा संघिय सरकारले विशेष भुमिका खेल्नुपर्ने बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएकाे कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी शाह, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता कुमारी यादव, संविधान सभा सदस्यहरु शोभाकर पराजुली, जयराम दहाल, मधुशाही ठकुरी, बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देव नारायण चौधरी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जनमत पार्टीकाे केन्द्रीय समिति बैठक वीरगंजमा बस्ने

वीरगंज । जनमत पार्टीले केन्द्रीय समिति बैठक वीरगंजमा बस्ने भएकाे छ । केन्द्रीय समितिको बैठक वीरगंजमा बस्ने तय भएकाे पार्टीका सचिव बिपी साहले जानकारी दिए ।

आगामी चैत ३ र ४ गते पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाइएको सचिव साहले जानकारी दिए ।

उनका अनुसार बैठकमा सचिवालयमा प्रस्तुत भएको पार्टी अध्यक्ष सिके राउतको राजनीतिक प्रतिवेदनबारे छलफल हुने छ । साथै बैठकमा पार्टीको सांगठनिक अवस्थाबारे पनि छलफल हुनेछ ।

‘अहिले वडा र पालिका तहका कमिटीहरूको अधिवेशन जारी छ, त्यसबारे पनि छलफल हुनेछ,’ उनले भने । यसैबीच जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि भन्दै आन्दोलनको उद्घोष गरेको छ। यसबारे पनि केन्द्रीय कमिटीमा छलफल हुने जनाइएकाे छ ।

लागु औषध गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी उदयपुर घुर्मीबाट खटिएको चेकिङ टोलीले परवानीपुर गाउँपालिकाकाे वडा नं.५ बहुअरी निवासी २६ बर्षिय दिपक पटेललाई पक्राउ गरेकाे हाे ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. २७ रामपुरस्थित सडकखण्डमा बिहिबार दिउसाे ३:०० बजेको समयमा खटिएको चेकिङ टोलीले नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म.प्र.०३-०२६ प ००९७ नम्बरका मोटरसाईकललाई रोकी चेकजांच गर्दा ६ के.जी.२०० ग्राम लागु औषध गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
 
पक्राउ परेका पटेलले मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा फेला परेको हुँदा उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दियो : प्रधानमन्त्री प्रचण्ड

वीरगंज । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् । शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रम भ्रमण वर्षको उद्घाटन समारोहमा मात्रै सीमित नभएर प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह बन्न पुगेको बताएका हुन् ।

‘भ्रमण वर्षको मात्रै उद्घाटन समारोह भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह पनि भयो । यो सरकार र निजी क्षेत्रका नयाँ संकल्पनको उद्घाटन समारोह पनि भयो । समृद्धिको यात्रामा हामीसँगै छौं भन्ने सन्देश पनि गए,’– उनले भने ।

उद्घाटन समारोह निकै अर्थपूर्ण प्रमाणित भएको प्रचण्डले बताए । भ्रमण वर्षको आकार्षणअन्तर्गत अन्तर्राष्ट्रिय सफारी मार्ट, जंगल फेष्टिभल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्यिक कार्यक्रम, र्‍याली म्याराथुन, मेमिनार, लेखकहरुको भ्रमण, जातीय, सांस्कृतिक कार्यक्रम रहेको उनले बताए ।

उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, समाजवादीको सम्मानित नेता झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको सहभागिता थियो ।

प्रहरीद्वारा वीरगंजबाट ५ हजार २२० किलाे प्याज बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा प्रहरीले ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उनका अनुसार १३३ बोरामा बेवारिसे अवस्थामा बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ । 

यस्तै प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ ईदगाह चौकबाट भन्सार छलीका सामग्री बरामद गरेको छ । २ जना व्यक्तिहरुले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विभिन्न सामग्री बरामद गरेको हो ।

प्रवक्ता थापाका अनुसार ३५० मीटर थान कपडा, मार्किन कपडा ७२ मिटर, लेडिज कट्टु १५५ पिस, अण्डरवेयर ९८ पिस, होली कुर्ता १० पिस, तौलीया १२ पिस, कुर्ता सुरुवाल ८ पिस, लुंगी ३ पिस, गम्छा ५ पिस बरामद गरिएको हो ।  

३ लाख ३ हजार ३१० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक अनुसन्धानका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

संघीयता देशबाट जान्छ भन्ने कल्पना नगरे हुन्छ : मुख्यमन्त्री यादव

गाउँपालिका अध्यक्ष यादवकाे पहलमा ब्यक्तिले अतिक्रमण गरेकाे सरकारी जग्गा फिर्ता

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहलमा नेपाल सरकारको जग्गा फिर्ता भएको छ ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ टोल बिजबनियामा बर्षौदेखि अतिक्रमण गरि ब्यक्तिको नाउँमा गएकाे ३ बिघ्घा १८ कठ्ठा जग्गा पुन: नेपाल सरकारको नाउँमा कायम भएकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए ।

चन्दकलिन कुर्मी नाउबाट नेपाल सरकारकाे नाउमा कायम भएकाे जग्गाकाे लालपुर्जा पनि आफुहरु बिहिबार पाइसकेकाे अध्यक्ष यादवले वताए ।

मिति २०८० फागुन १५ गतेकाे निर्णय अनुसार तथा जगरनाथपुर गाउँपालिकाकाे च.न. २१२६ मिति २०८० भदाै १९ काे पत्र अनुसार साविक विजबनिया गाविस वडा नं. २ मा रहेकाे किता नं. ६२ काे ३ विघा १८ कठा जग्गा नेपाल सरकारकाे नाउमा कायम भएकाे मालपाेत कार्यालय पर्साले जनाएकाे छ ।

पटेर्वासुगाैलीमा बाघको आक्रमणबाट पुन: एक युवक घाइते

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघकाे आक्रमणबाट पुन: एक युवक घाइत भएका छन् ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मिपुरमा बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय सरोज प्रसाद अधिकारी घाइते भएका हुन् । बाघले बाख्रालाई मारेको खबर थाहा पाएसँगै बाघ धपाउन पुगेका युवाको समूह मध्येका सरोजलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुर टाडीसहितको टोलीले घाइते सराेजकाे उद्धार गरेको हो । 

घाइते सराेजकाे श्रीपुरस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि थप उपचारकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको थियाे ।

केही दिन पहिला मात्र पटेर्वा सुगाैली मै बाघकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे थियाे । त्यसकाे केही दिन मै मेरी अर्काे युवक बाघकाे आक्रमणमा परि घाइते भएकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विजय गैरेले वताए ।

बाघकाे आक्रमणका कारण नजिकका गाउँलेमा अझ बढी त्रास बढेको वताउँदै उनले जति सक्दो चाढो बाघको नियन्त्रण गर्नका लागि सम्बन्धित निकायमा पुन: अनुरोध समेत गरेका छन् । उनले यस तर्फ सम्बन्धित निकुञ्जको ध्यान आक्रषण समेत गराएका छन् ।