स्रोत नखुलेको भारतिय रुपैयासहित ४ जना पक्राउ
जनमत पार्टीसहितका ३ दल बिच सहकार्य गर्न सहमती
वीरगंज । जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल तथा तराई-मधेश लोकतान्त्रिक पार्टी बिच सहकार्य गर्न सहमती भएकाे छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठी र तराई-मधेश लाेकतान्त्रिक पार्टीका बृषेशन्द्र लाल बिच आइतबार भएकाे छलफलमा सहकार्य गर्ने लिखित सहमती भएकाे हाे ।
देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै ७ बूँदाहरु प्राथमिकतामा राखी दी र्घकालिन् समाधानका लागि सतत प्रयत्नशील रहने प्रणका साथ ३ दल सहमत भएका हुन् ।
तीन दलले सार्वजनिक गरेकाे सहमतीमा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न पहिलाे बुंदामा छ ।
त्यसैगरी तराई-मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्न, देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशिल रहन पनि उल्लेख छ ।
त्यसैगरी उद्योग-धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित् गर्न सहकार्य गर्न सहमति पत्रमा उल्लेख छ ।
तीन दल उपरोक्त विषयहरूमा सहमत अन्य दलहरुलाई पनि यस सहकार्यको अभियानमा सरिक हुन अनुरोध समेत गरेकाे छ ।
पटेर्वा सुगौलीकाे गदियानीमा ४ महिलासहित १८ जनाद्वारा रक्तदान
वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ गदियानीमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहज सेवा शीप विकास केन्द्र पटेर्वा सुगौलीकाे आयाेजनामा भएकाे कार्यक्रममा ४ महिलासहित १८ जनाले रक्तदान गरेका हुन् ।
गदियानीस्थित मदर्षा प्राङ्गणमा भएकाे कार्यक्रममा श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास,अफताव आलम गदी, सन्जित साह कानु, राम कुमार चौधरी, अनिल राउत थारु, सन्तोषी कुमारी राम, नन्दकिशोर चौधरी, कान्ति चाैधरी लगायतले रक्तदान गरेकाे संस्थाकी कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले जानकारी दिइन ।
वडाध्यक्ष फरमान मियाँ अन्सारीकाे अध्यक्षतामा भएको रगतदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी, प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर, वडा सदस्य हैदर अलि अन्सारी, कार्यक्रम संयोजक मुना तिवारी, नारायण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।
रगतको अभाव भए सङै रगतदान जीवन दान, रगतदान महादान सेवा नै धर्म हो भनी मुल नाराको साथ पटेर्वा सुगौली गाउँपालिकाको सहयो र वडा नं.१ कार्यालयको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएकाे आयाेजक संस्थाका संयोजक मुमा तिवारीले बताए ।
कार्यक्रममा रक्त संन्चार केन्द्र पर्साका प्राविधिक जितेन्द्र कुसवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक सहयोग गरेका थिए ।
सानो पाइलाद्वारा स्कुल अफ वुमेन्स् इन्टरप्रेनियोरसिपको उद्घाटन
वीरगंज । सामुदायिक संस्था सानो पाईलाले महिलालाई उद्यमी बनाउने परियोजनाको शुभारम्भ गरेको छ । स्कुल अफ वुमेन्स इन्टरप्रिनरशिप नामक परियोजनाको शुभारम्भ पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री पर्सा क्षेत्र नम्बर ४ का प्रतिनीधि सभा सदस्य रमेश रिजाल, पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रतिनीधि सभा सदस्य मनिष झा, प्रदेश सभा सदस्य श्याम पटेल लगायतको उपस्थितीमा शुभारम्भ भएको हो ।
सशक्त समुदायको निर्माणका लागि सानो पाईलाले इट्टा थप्ने काम गरेको पूर्व मन्त्री रिजालले बताए । एकल महिला तथा हिंसामा परेका महिला र विपन्न महिलालाई सीप सिकाएर स्वरोजगार बनाउने कार्यको सह्राना गर्दै उनले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसियाले महिला सशक्तीकरणका लागि सीप अनिवार्य भएको बताए । सीप सिकेर आत्मनिर्भर बनेमा स्वतः आत्मविश्वास बृद्धि हुने उनको धारणा छ ।
अधिकांश तालिम बजेट सकाउने उद्देश्यले सञ्चालन हुने गरेको भएपनि सानो पाईलाले सञ्चालन गर्ने परियोजना वास्तवमै प्रभावकारी हुने गरेको प्रतिनीधि सभा सदस्य मनिष झाले बताए । उनले भने, ‘सानो पाईलाले तालिम मात्रै दिँदैन, स्रोतको व्यवस्थापन गर्छ र रोजगारी समेत प्रदान गर्छ । वास्तवमै अहिलेको समयमा यस्तै तालिमको खाँचो छ ।’
कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, जि टु एसियाका नेपाल प्रतिनीधि सुरेश तामाङ्, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेशलाल चौधरी लगायतले महिला उद्यमशीलता र स्वरोजगारका बारेमा चर्चा गरेका थिए ।
सानो पाईलाका संस्थापक अध्यक्ष कञ्चन झाले सम्मुनत समाज निर्माणमा टेवा पु¥याउने हेतुले स्थापित संस्थाका परियोजनाको प्रभावकारीताका बारेमा प्रकाश पारेका थिए । सानो पाईलाका सञ्चार अधिकृत विवेक कर्णले संस्थाले सञ्चालन गरेका गतिविधि र परियोजनासँगै तिनको उद्देश्य र उपलब्धीका बारेमा प्रस्तुती दिएका थिए । सञ्चार अधिकृत कर्णकाअनुसार यस परियोजनामा महिलालाई विभिन्न सीप सिकाइनेछ । जसअन्र्तगत पर्साको पटेर्वासुगौली गाउँपालिकामा ३ महिनासम्म आवासिय हस्तकला सामग्री उत्पादन सम्बन्धी तालिम दिइनेछ भने ललितपुरमा कास्य परियोजनाअन्र्तगत गरगहना बनाउने तालिम सञ्चालन हुनेछ ।
सानो पाइलाद्वारा सञ्चालित कास्य परियोजनाकी बरिष्ठ कलाकार मिना नेपालले सांकेतीक भाषामा अतिथीहरुलाई स्वागत गरेकी थिइन् । दोभाषेको रुपमा अर्चना कर्णले सहयोग गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।
मार्चपासमा माउन्ट मकालु स्कुल प्रथम
वीरगञ्ज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शुरु भएको छ ।
वडा समितीको आयोजनामा शुक्रबारबाट सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको बरिष्ठ उद्योगी तथा साहित्यकार गणेश लाठले उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसरमा वडाभित्रका ७ वटा विद्यालयले मार्चपास प्रदर्शन गरेका थिए । मार्चपासमा माउन्ट मकालु मावि प्रथम भएको थियो । रामचरण पन्नालाल मावि र लिटल एंजल मावि क्रमशः द्वितिय र तृतिय भएका थिए ।
सहभागी विद्यालयहरुलाई शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो ।
मधेश प्रदेशका भाषा एवं साहित्य सृजनाकाे स्थिति विषयक विमर्श गाेष्ठी
वीरगंज । मधेश प्रदेशका भाषा एवं साहित्य सृजनाकाे स्थिति विषयक विमर्श गाेष्ठी शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।
नेपाल भाेजपुरी समाज र मधेश प्रज्ञा-प्रतिष्ठानकाे संयुक्त आयाेजनामा भएकाे कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भाषा आयाेगका सदस्य गाेपाल अश्कले मधेस प्रदेशमा बोलिने भाषाहरुको स्थलगत सर्वेक्षण गराई त्यसको अभिलेखीकरण गर्नु पर्ने वताए ।
साथै मैथिली, भोजपुरी र बज्जिका जस्ता विकसित तथा समृद्ध भाषामा पाठ्यक्रम तथा पाठ्यपुस्तकको लेखन गर्न, मधेस प्रदेशमा भाषागत बाहुल्य क्षेत्रमा सम्बन्धित भाषामा मातृभाषामा शिक्षा प्रदान गराउने कार्य गर्न, मैथिली, भोजपुरी र बज्जिका जस्ता विकसित भाषाको भाषिक तथा साहित्यिक इतिहासको लेखन गराउन, मधेस प्रदेशमा कम मातृभाषीहरू भएका भाषाहरूका वक्ताहरुलाई आ-आफ्ना भाषा बोल्न र जीवनमा प्रयोग गर्नका लागि सम्यक वातावरण बनाउने प्रयत्न गर्न उनले सुझाव प्रस्तुत गरे ।
नेपाल भाेजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन मधेश प्रज्ञा प्रतष्ठान मधेश प्रदेश जनकपुरधामका अध्यक्ष रामभराेस कपाडीले गरेका थिए ।
क्लासिक ब्यांकेटमा भएकाे कार्यक्रममा भाेजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, बरिष्ठ साहित्यकार डा. विश्वम्भर शर्मा, उद्याेग वाणज्य संघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठ, ठाकुर राम बहुमुखि क्याम्पसका उप प्रध्यापक कुमार सच्चिदानन्द सिंह, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।
भाेजपुरी समाजका उपाध्यक्ष रितु राज पटेलले संचालन गरेकाे कार्यक्रममा स्वागत मन्तव्य भाेजपुरी समाजकी सलमा खातुनले राखेकी थिइन ।
प्रसौनी विर्तामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २३ प्रसौनी विर्तामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उपकार सेवा नेपाल संस्थाको आयोजना र प्रभु अस्पताल तथा रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा प्रसाैनीस्थित शिव मन्दिरको प्राङगणमा शिविर सम्पन्न भएको हो ।
११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा महाशिवरात्रीको अवसरमा भएकाे शिविरमा दुई सय ६५ जनाको चेकजाँच गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए । शिविरमा सहभागिहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको थारुले बताए ।
शिविरमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, फिजिसियन राजु रञ्जन, नवजात तथा शिशु रोग विशेषज्ञ डा. असलम अन्सारी लगायतले स्वास्थ्य जाँच गरेका थिए ।
नेपाली बालिकालाई भारतकाे केरला लग्न खाेज्ने इस्राफिल पक्राउ
वीरगंज । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् ।
अन्सारीलाई भारतकाे उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुकाे साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।
बालिकाले साेधपुछकाे क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेकाे ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणकाे बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए ।
उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए ।
युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नाे छाेरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।
काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् ।
सोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएकाे छ ।
लिभिङ्ग विथ इनभाइरोन्मेन्ट पर्सा शाखाकाे पदास्थापन तथा सम्मान कार्यक्रम सम्पन्न
वीरगंज । लिभिङ्ग विथ इनभाइरोन्मेन्ट पर्सा शाखाकाे पदास्थापन कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । संस्थाकाे साधारण सभाले चयन गरेकाे जिल्ला शाखाकाे नयाँ नेतृत्वकाे पदस्थापन कार्यक्रम सम्पन्न भएकाे हाे ।
संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वयक अनमिका तिवारी, उप समन्वयक लकी बर्णावल, सचिव आयुष्मा सोनी, काेषाध्यक्ष सुमन ठाकुर, कार्यक्रम समन्वयक आलोक मण्डल, सार्वजिक सम्पर्क अधिकारी उज्वल राउत, सदस्यहरू प्रार्थना शाह, बिकी सिंह, धिरज कुशावाहालाई प्रमाण पत्र वितरण गर्दै पदास्थापन गराइएकाे थियाे ।
साथै संस्थाकाे साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले जानकारी दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदेले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताए । उनले भने “उमेर त एउटा कुराहो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित हुनुहुँदैन ।”
उनले आजको काम गर्ने विषय नै वातावरण भएकाे वताए । स्वच्छ वातावरण नभए बाँच्न नसकिने वताउँदै पर्यावरण बचाउन अभियानमा युवाहरु लाग्नु पर्ने वताए । वातावरणले चाैतर्फी विकासमा समेत याेगदान पुर्याउने गरेकाे उनकाे भनाई थियाे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउने कुरा सम्बिधानले ग्यारेन्टी गरेको वताए । मानव जिवनमा स्वच्छ वातावरण नभई नहुने भएकाे वताउँदै यसकाे क्रियान्वयनमा सरकार उदासिन रहेको वताए ।
उनले स्वच्छ वतावारणको मुद्धा बिश्वब्यापीनै उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पोखरी सैन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलीकपनलाई नष्ट गर्ने काममा सरकारहरुले गरेकोको भन्दै आलोचना गरे ।

कार्यक्रममा संस्थाका पूर्व सदस्यहरु कृष्ण चौरसिया, राजन रौनीयार, दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार सन्तोष मिश्र, बिमला गुप्ता लगायतको सहभागिता रहेको थियो ।
पर्यावरण अनुसंधान र संरक्षणमा समर्पित, वातावरणः जिउने आधार नाराकाे साथ वतावरणकाे क्षेत्रमा संस्थाले २०७४ सालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएकाे संस्थाकी सचिव साेनीले वताइन ।
नारी दिवसकाे अवसरमा वीरगंजका चार महिला सम्मानित
वीरगंज । रोट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसले शुक्रबार ११४ औं अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ४ जना महिलाहरुलाई सम्मान गरेकाे छ ।
क्लबले आयाेजना गरेकाे उज्यालाेका किरण नामक कार्यक्रममा नारायणी अस्पताल वीरगंजकी प्रसूति वार्डकी नर्सिङ इन्चार्ज हेमा थापा, सिद्धार्थ इन्टरनेशनल क्लेज वीरगंजकी निर्देशक एवम् क्याम्पस प्रमुख डा. सुस्मा तिवारी द्विवेदी, उमेन्स स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास र चिल्ड्रेन वर्लड स्कुलकी संचालक रेनुका गिरीलाई सम्मान गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिका पूर्व मेयर विजय कुमार सरावगीले चारै जनालाई सम्मान पत्रले खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मेयर सरावगीले महिलाहरुले अहिले पनि सम्पुर्ण अधिकार नपाएकाे वताए । उनले संविधानले दिएकाे अधिकार पनि महिलाहरुले नपाएकाे वताए । पूर्व मेयर सरावगीले महिला कमाउन थाले मात्र सशक्त हुने वताए ।
पूर्व मेयर सरावगीले महिलाहरुले धेरै काम गरेपनि त्यसकाे मूल्यांकन नभएकाे वताए । महिलाहरुले घरमा धेरै काम गर्ने गरेकाे उनकाे भनाई थियाे । महिलाहरुले फुर्सदकाे समयकाे सदुपयाेग परि पैसा कमाउनु पर्ने धारणा राखे ।
उनले भने “अहिलेकाे अनलाइन युगमा घरबाट पैसा कमाउन सकिन्छ । त्यही भएर घरकाे काम बाहेक महिलाहरु घर मै बसेर अनलाइन ब्यापार गरेर पैसा कमाउन सक्छन् ।”
क्लबकी अध्यक्ष रेसु अग्रवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई, राेट्रेक्ट डिस्ट्रिक ३२९२ का इन्टरनेशनल सर्भिस डाइरेक्टर सन्दिप ओझा, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे ।
वीरगंजस्थित म्याजिक बेलमा भएकाे कार्यक्रमकाे संचालन विना प्रजापतीले कार्यक्रम संचालन गरेकी थिइन ।
शिक्षा, स्वास्थ्य र समाजिक क्षेत्रमा महिला भएर पनि राम्राे काम गरेका र आफ्नै क्षेत्रमा उलेखनिय काम गरेकाेलाई सम्मान गरिएकाे क्लबका उपाध्यक्ष दिपु बर्णवालले वताए ।


