Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मुनलाईट स्कुलले जित्यो प्याब्सन पर्साकाे इन्टर स्कुल क्रिकेटको उपाधि

spot_img
spot_img

वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी ईन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मुनलाईट स्कुलले जितेकाे छ । बुधवार नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा विद्यासागर स्कुललाई १७ रनले पराजित गर्दै मुनलाईटले उपाधि जित्न सफल भएकाे हो ।

टस जितेर पहिला ब्याटिङ्ग गरेको मुनलाईट स्कुलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको थियो । जसका लागि सेराज हवारी एक रनले अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४९ रन बनाए ।

११४ रनको लक्ष्यसहित मैदान उत्रिएको विद्या सागर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९६ रनमै समेटियो । प्रतियोगिताको प्लेयर अफ दी म्याच सेराज हवारी भए । सेराज प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी पनि भए । प्रतियोगिताकै उत्कृष्ट ब्याटरको उपाधि पनि उनले नै पाए ।

यति मात्रै नभएर उत्कृष्ट बलरको उपाधि पनि सेराज हवारीकै नाममा रह्यो । उत्कृष्ट फिल्डर दिलरन्जन यादव भए भने उत्कृष्ट विकेट किपर अनुप कुवर भए । विद्यासागरका जुनैद आलम ईमर्जिङ् प्लेयर घोषित भए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा पूर्व वन तथा वातावरण मन्त्री एवं प्रतिनिधि सभा सदस्य बिरेन्द्र प्रसाद महताेले विजेता मुनलाईटलाई रु १५ हजार नगदसहित शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्तले पुरस्कृत गरे । यस्तै उपविजेता बनेको विद्यासागरले रु १० हजार नगद र तृतिय भएको साउथ जोन स्कुलले रु ५ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसबाहेक विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि नगदसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य महतोकाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्य, वीरगंज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, प्याब्सन मधेश प्रदेश बरिष्ठ सल्लाहकार इमामुद्दिन अहमद, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, पर्व केन्द्रिय सदस्य प्रकाश उपाध्याय, वीरगंज १३ का वडाध्यक्ष हिरालाल गिरी, जिल्ला शिक्षा समन्वय ईकाई पर्साका प्रमुख मोतिप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल मेडिसिटी बयाेधा अस्पतालका एमडि विजय रिमाल, क्यान मधेश प्रदेशका काेषाध्य सुवास जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...