Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

दोस्रो वीरगंज गोल्डकप यही फागुन १७ गतेदेखि हुने

spot_img
spot_img

वीरगंज । मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप २०८१ यही फागुन १७ गतेदेखि हुने भएकाे छ । आयाेजक भेट्रान सिटी क्लब वीरगंजले बिहिबार पत्रकार सम्मेलन गर्दै वीरगंजस्थित आर्दशनगर रंगशालामा हुने प्रतियाेताकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ ।

राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता रहने प्रतियाेगिता फागुन २४ गते सम्पन्न हुने भेट्रान सिटी क्लब वीरगंजका उपाध्यक्ष सागर समशेर जबराले वताए । उनका अनुसार फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्न दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएकाे उनले जानकारी दिए ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगंज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ ।

अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ । विगतमा वीरगंजमा चर्चित फुटबलका गतिविधि हुने गरे पनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुरमुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक श्रीवास्तवले बताए ।

प्रथम वीरगन्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगंज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...