Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । राैतहटकाे मौलापुर नगरपालिकामा आयाेजित मधानी महोत्सव २०८१ काे विशेष सांस्कृतिक कार्यक्रम बुधबार भव्य रुपमा सम्पन्न भएकाे छ ।
 
मधानी महायज्ञलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न तथा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गराउने संकल्पका साथ मौलापुर नगरपालिकाद्वारा अयोजित मधानी महोत्सव २०८१ विशेष सांस्कृतिक समरोह अपार उत्साहवर्धक जनसैलाबका साथ सम्पन्न भएको हाे ।
 
माैलापुर नगरपालिकाकी मेयर रिना साहकाे अध्यक्षतामा भएकाे सांस्कृतिक कार्यक्रमकाे उद्घाटन आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गरेका थिए ।
 
कार्यक्रममा भारतका भाेजपुरी सुपरस्टार गायक रितेश पाण्डे, वरिष्ठ संगीतकर्मी एंव पूर्व मन्त्री विनय बिहारी, भाइरल गर्ल मोनालिसा, निर्देशक सनोज मिश्रा, सिखर संतोष, प्रिया सोहानी तथा नेपालका चर्चित कलाकार प्रीति पासवान, रचना सिवकोटी, सुनील पण्डित, विशाल यादव, दीपलाल यादव, नन्दू श्रीवास्तव, सुनिल पण्डित, रेविका अधिकारी सहितका कलाकर्मीहरूको सान्दर प्रस्तुतिसमेत राखेका थिए ।
त्यसअघि कार्यक्रम सहभागि चर्चित कलाकारहरूले महाशिवरात्रिको अवसरमा मौलापुर नगरपालिका स्थित पतौराधाम शिवमन्दिरमा दर्शन समेत गरेका थिए । मधानी महोत्सवमा सहभागिता जनाउन पुगेका कलाकारहरूले विशेष पूजाआजा समेत गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...