Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेशनल प्याब्सनकाे आठाैं राष्ट्रिय महाधिवेशन वीरगंजमा सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काे आठाैं राष्ट्रिय महाधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित नगर सभा गृहमा सम्पन्न महाधिवेशनले गीता क्षेत्री राणाकाे अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

नयाँ कार्य समितिकाे वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र मोहन भट्टराई, सूयं बहादुर अधिकारी, बजेन्द्र मिश्रा, सुबोध डांगी, कमल बहादुर सिंह उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बर बहादुर कार्की, उपाध्यक्ष कुसुम रानाभाट, कृष्ण कुमार उप्रेति, धर्मराज रेग्मी, डा. नन्दन यादव, महासचिवमा प्रताप बहादुर थापा, काेषाध्यक्षमा कुबेर बस्नेत, उप महासचिवमा कृष्ण प्रसाद पौडेल, बम देव न्यैपाने, सह काेषाध्यक्षमा महेन्द्र पुन, शिव दत तिवारी चयन भएका छन् ।

यसैगरी समितिकाे सदस्यमा अली महमद अंसारी, राज् रोकाया, राजु पाण्डे, बिक्रम ढुकुछु, प्रकाश गैरे, ईन्द्र देव शाह, सन्त बहादुर तमाङ्ग, चुडामणी बुढाथोकी, श्याम बहादुर कुँवर, तेन्जी भोटिया, राम प्रसाद अधिकारी, काशीनाथ कोईराला, राम प्रसाद पाण्डे, रविन प्रसाद पौडेल, चन्द्र नारायण मण्डल, राजु कार्की, रामकृष्ण वि.क., मेतिबुल राईन, श्याम पार्की (कौनी), विजय खरेल, युवराज शाही, गायत्री राना, खेमराज कोईराला, सिता चौधरी, राम बाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोईरी, ई. विनय श्रेष्ठ, नरायणा प्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य, जीत बहादुर के.सि., डा नवरथ बानियाँ, रमयस झा र थनेशवर प्रसाद साह चयन भएका छन् ।

नेशनल प्याब्सनले वर्तमान संविधान र संविधानले अंगिकार गरेको संघियता अनुसारको शिक्षा ऐन आउन नसकिरहेको अवस्थामा ऐन र कानुन प्रष्ट नहुदा निजी विधालय संचालनमा देखा परेको अन्यौलता र अर्कमन्यताको विचचाट निजी विद्यालय अगाडि बढ्न पर्ने बाध्यता नै आजको मुख्या समस्याको रुपमा विद्यमान रहेकाे जनाएकाे छ । 

नेशनल प्याब्सनले आठाैं अधिवेशन सम्पन्न पश्चात गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष राणाले सफलता पूर्वक सम्पन्न महाधिवेशन मुलुको शैक्षिक विकासका विषयमा र यस भित्र संचालन प्रकृयामा रहेका चुनौतीहरुलाई निर्मलीकरण गर्ने बाटोमा कोशे ढुङ्गा सावित हुने वताइन । उनले मधेश प्रदेशकाे आर्थिक नगरि वीरगंजमा फाल्गुन १५ र १६ गते दुई दिन भएको यस राष्ट्रिय महाधिवेशनले यो मुलुकको शैक्षिक विकासमा अझै योगदान पुर्याउन विभिन्न किसिमकाे आफ्ना शैक्षिक गतिविधिहलाई अगाडि बढाउनको लागि नयाँ कार्य समिति निर्वाचित गरेको जानकारी गराइन ।

महाधिवेशनमा मुलुक भरका लगभग ९०० संस्थापक र प्रिन्सिपलहरुको सहभागिता रहेको अध्यक्ष राणाले वताइन ।  यस महाधिवेशनले शिक्षक तथा कर्मचारीहरुको वृतिविकासका लागी ठोस कार्यक्रम अगाडि बढाउन पहलकदमी अगाडी बढाउन स्पष्ट दिशा निर्देश गरेको उनले वताइन । यस महाधिवेशनले शैक्षिक सुधार शैक्षिक जनशक्तीको उत्पादन, तयारी, तालिम तथा थप विकासका कार्यक्रमहरु संचालन गर्न आवश्यक प्रकृया अगाडी बढाउन दिशा निर्देश गरेको पनि वताइन ।

यस अघि नेशनल प्याब्सनकाे सातौ राष्ट्रिय महाधिवेशन २०७८ सालमा लम्बिनी प्रदेशको बाके जिल्ला नेपालगंजमा सम्पन्न भएकाे थियाे  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...