Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वीरगंजमा नोबेल इन्स्टिच्युट खुल्याे, मेयर सिंहले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजमा नोबेल इन्स्टिच्युट वीरगंज प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ । गुणस्तरीय शिक्षाको अभाव रहेको वर्तमान अवस्थामा विद्यार्थीहरूलाई व्यावसायिक र प्रतिस्पर्धात्मक ज्ञान प्रदान गर्ने लक्ष्यसहित यो संस्थाले आफ्नो शैक्षिक यात्रा प्रारम्भ गरेको छ ।

इन्स्टिच्युटकाे उद्घाटनकाे एक कार्यक्रमकाे बिच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । इन्स्टिच्युटकाे उद्घाटन गर्दै मेयर सिंहले नोबेल इन्स्टिच्युटले विद्यार्थीहरूलाई नवीनतम शिक्षण प्रविधि, अनुभवी शिक्षकहरू तथा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

उनले विद्यार्थीहरूलाई सीपमूलक तथा रोजगारमूलक शिक्षा प्रदान गर्ने, विदेशी भाषा र कम्प्युटर तालिमद्वारा उनीहरूको दक्षता अभिवृद्धि गर्ने कामले वीरगंजमा सिपमुलक युवाहरू उत्पादन हुने बताए । यो संस्थाले स्थानीय विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्तिको अवसर पनि प्रदान गर्ने योजना बनाउनुपर्ने बताए ।

यसका साथै आर्थिक रूपमा कमजोर तथा उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्न उनले अ‌ाग्रह गरे । नोबेल इन्स्टिच्युटका सञ्चालक समितिमा सन्दीप शाह, शुभाङ्क ठाकुर, जितेन्द्र कुशवाहा, सुरज पटेल रहेका छन् ।

संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । वर्तमान समयमा विभिन्न प्रलोभन देखाएर विद्यार्थीहरूलाई ठग्ने घटनाहरू बढिरहेका बेला नोबेल इन्स्टिच्युटले पारदर्शी, नैतिक तथा उच्चस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको संस्थाले जनाएको छ ।

इन्स्टिच्युटले अंग्रेजी भाषा प्रशिक्षण, कम्प्युटर सम्बन्धी विभिन्न कोर्सहरू, कक्षा ९, १० देखि प्लस टु, स्नातक (BBS, BBA), ब्रिज कोर्स तथा विभिन्न भाषा शिक्षासमेत उपलब्ध हुनेछ । संस्थाले आधुनिक प्रविधि प्रयोग गर्दै व्यावहारिक शिक्षा प्रणाली लागू गर्ने र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बनाउने योजना बनाएको सञ्चालक सन्दीप शाहले बताए ।

कार्यक्रममा ग्लोबल बिजनेस कलेजका संस्थापक अशोक सरार्फ, कादम्बरी एकेडेमीका प्रधानाध्यापक राजेन्द्र आचार्य, किड्स प्लानेटका संस्थापक तथा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उमेश चौरसिया, हेरिटेज पब्लिक सेकेन्डरी स्कुलका संस्थापक एवं प्रधानाध्यापक मंकेश्वर प्रसाद यादव, मनकामना स्कुलका प्रधानाध्यापक सीताराम कँडेल, नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद, महासचिव डा. अभिषेक तिवारी, मधेस प्रदेश अध्यक्ष विशाल झा, सल्लाहकार डा. सरोज साह, मनकामना क्याम्पस कलैयाका प्रधानाध्यापक श्रीराम शाह, ज्ञानदा कार्यक्रम प्रमुख सन्देश कुशवाहा, वरिष्ठ शिक्षिका पद्म पौडेल, वरिष्ठ शिक्षक रामबाबु प्रसाद चौरसिया, हेरिटेज सेकेन्डरी स्कुलका कोअर्डिनेटर मुकेश श्रीवास्तव तथा मिनिल्यान्ड क्याम्पसका संस्थापक एवं कोअर्डिनेटर दीपक पटेल लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...